Sunday, October 25

समाचार

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला
समाचार, समाज

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

नेपालअखबार, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए । स्थानीयवासीले खोलामा फालिएको बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।सूचना पाएलगत्तै प्रहरी प्रमुख उपरीक्षक मल्लसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । गुप्ताको मृत्यु कसरी भयो र घटनामा को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रमुख मल्लले बताए । रासस...
सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता
दुर्घटना, समाचार, समाज

सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता

नेपालअखबार, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटनापछि सुनसरीको बराहक्षेत्रस्थित प्रहरी चौकीबाट खटिएको टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, करिब ७ वर्षीया एक बालिका र करिब ४०–५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था ...
देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते
प्रशासन, समाचार, समाज

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

नेपालअखबार, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा भएका यी घटनाबाट मानवीयसँगै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपद्मा परी घाइते भएका...
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
समाचार, समाज

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

नेपालअखबार, डडेल्धुरा । अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक रु २५ हजार बचाउछन्। १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका हुन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउछन्। घरको जेठो छोरा रहेका दीपकका भाइ पनि पढ्दै छन् । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले सुनाए । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ । दीपकजस्तै अमरगढी –७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आएका छन्। विगत छ वर्षदेखि यस क्ष...
कृषि आधुनिकीकरण कार्यक्रमले बढायो तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल
कृषि, समाचार, समाज

कृषि आधुनिकीकरण कार्यक्रमले बढायो तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल

नेपालअखबार,तनहुँ । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका तरकारी र धान जोनमार्फत खेतीको क्षेत्रफल बढ्नुका साथै हजारौँ किसान लाभान्वित भएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई गोरखाका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तनहुँमा तरकारी जोन सुरु भएयता दुई सय १८ हेक्टर र धान जोन सुरु भएयता ८५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ । तनहुँमा आर्थिक वर्ष २०७५/७६ देखि तरकारी जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवातमा पाँच सय पाँच हेक्टर क्षेत्रफलमा सञ्चालन भएको तरकारी जोन अहिले विस्तार भएर सात सय २३ हेक्टर पुगेको छ । यस अवधिमा तरकारी खेतीको क्षेत्रफल दुई सय १८ हेक्टरले बढेको हो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० देखि धान जोन कार्यक्रम सुरु गरिएको थियो । सुरुवा...
असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बङ्गलादेशतर्फको निर्यात पनि पुनः सुरु
कर्पोरेट, प्रविधि, समाचार

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बङ्गलादेशतर्फको निर्यात पनि पुनः सुरु

नेपालअखबार, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको हो । यसैबिच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । असोज महिनामा भारततर्फ विद्युत् निर्यात दुई माध्यमबाट गरिएको ...
स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा
समाचार, समाज

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

नेपालअखबार, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र शिक्षण संस्था बन्द रहनेछन् । गाउँपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सार्वजनिक बिदा दिइएको छ ।बिरुवा गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिए ।...
दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
दुर्घटना, समाचार, समाज

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

नेपालअखबार,चितवन । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, कडाइका साथ गरिएको स...
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
समाचार, समाज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

नेपालअखबार,कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले विसं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा दुई लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेटेर दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको हो । खोप कार्यक्रमबाट खोरेत, पिपिआर, लम्पी स्किन, रेबिजलगायत पशुमा लाग्ने रोगको जोखिम न्यूनीकरणमा सहयोग पुगेको कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले जानकारी दिए । “पशुमा महामारीजन्य रोगको सङ्क्रमण नियन्त्रण ...
सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद
प्रशासन, समाचार, समाज

सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

नेपालअखबार,सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको छ। सिरहामा सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण तथा सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले बताए ।...