Monday, September 7

समाचार

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
विश्व, समाचार

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

नेपालअखबार,काठमाडाैँ। मेक्सिकोको मध्य क्षेत्रमा पर्ने मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका पड्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् । राज्य सरकारले दिएको जानकारीअनुसार शनिबार राति करिब साढे ९ बजे स्थानीय समयअनुसार एउटा चर्चमा उक्त विस्फोट भएको हो । विस्फोटका कारण चर्चको छानोको केही भाग र नजिकैको पर्खाल भत्किँदा केही मानिस भग्नावशेषमा पुरिएका थिए । घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो । घाइतेहरूलाई उपचारका लागि आसपासका अस्पतालमा लगिएको छ । घटनापछि उद्धार तथा सुरक्षाका लागि नागरिक सुरक्षा टोली, सशस्त्र सेना र राज्य प्रहरी परिचालन गरिएको थियो । घटनास्थलमा बाँकी रहेको विस्फोटक सामग्रीको जाँच गरी थप जोखिम हुन नदिन विशेषज्ञमार्फत त्यसलाई सुरक्षित रूपमा निष्क्रिय पार्न आवश्यक सुझाव दिइएको अधिकारीहरूले बताए...
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव
राजनीति, समाचार

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपालअखबार,काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनर्स्थापना र पुन र्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो । बैठकले राहत, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको वि...
नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई ४० हजार सहयोग
समाचार, समाज

नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई ४० हजार सहयोग

नेपालअखबार,धादिङ । भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले रु ४० हजार उपलब्ध गराउन थालेको छ । नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर उक्त रकम उपलब्ध गराएका हुन् । भोटेकोशीको बाढीमा ३८ जना नगरवासी परेको प्रारम्भिक विवरण रहेको छ । तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन भएको जनाइएको छ । केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरिया सुरु गरेका छन् ।सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।...
विदुर नगरपालिकाले  बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार १० हजार दिने
समाचार, समाज

विदुर नगरपालिकाले बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार १० हजार दिने

नेपालअखबार,काठमाडाैँ। भोटेकोशी बाढीबाट प्रभावित भएकालाई विदुर नगरपालिकाले कोठा भाडाबापत रकम उपलब्ध गराउने भएको छ। आइतबार बसेको नगर कार्यपालिकालको १३४औं बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीहरुलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडावापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई बस्न प्रतिपरिवार १० हजार रूपैयाँ कोठा भाडावापत नगद उपलब्ध गराउने निर्णय गरेको हो। बाढी प्रभावितलाई ‘होल्डिङ सेन्टर’ को बसाइ छोट्याउन तथा यहाँबाट विस्थापित भएर अन्यत्र जान बाध्य भएकालाई पुनःस्थापनामा प्रोत्साहन गर्दै कोठा भाडा लिएर बस्न अनुरोधसहित त्यसवापत प्रतिपरिवार दस हजार नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको हो। नगरप्रमुख श्रेष्ठको अनुसार घर भाडा रकम उपलब्ध गराउने र परिवारको लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा...
जाजरकोटमा भूकम्प : ८२ विद्यालय र स्वास्थ्य संस्था निर्माण, ४४ अझै निर्माणाधीन
समाचार, समाज

जाजरकोटमा भूकम्प : ८२ विद्यालय र स्वास्थ्य संस्था निर्माण, ४४ अझै निर्माणाधीन

नेपालअखबार, सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थामध्ये दुई आर्थिक वर्षमा ८२ वटा भवन निर्माण सम्पन्न गरेको छ । निर्माण सम्पन्न भएकामध्ये ६७ वटा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य संस्था रहेका छन् । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र सल्यानका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक संरचनामा ठूलो क्षति पुगेपछि प्रदेश सरकारले प्राथमिकताका आधारमा पुनर्निर्माण अघि बढाएको थियो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सीडीई प्रेम वलीका अनुसार हालसम्म ८२ वटा संरचना निर्माण सम्पन्न भएका छन् भने थप ४४ वटा संरचना निर्माणाधीन अवस्थामा छन् । दुई वर्षमा ६७ विद्यालय निर्माण  प्रदेश सरकारको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन वटा विद्यालय र एउटा स्वास्थ्य संस्था नि...
महाधिवेशन रोकिएन भने कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक
राजनीति, विचार, समाचार

महाधिवेशन रोकिएन भने कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

नेपालअखबार,कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए । उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ। लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए। त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता ...
तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
प्रशासन, समाचार, समाज

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

नेपालअखबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो । आज बिहान नामरुङस्थित थेराङ खोलामा बाढी आउँदा यस क्षेत्रमा पदमार्ग, होटल, जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले चुमनुव्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएको प्रशासनले जनाएको छ । ‘मिति २०८३ भदौ २१ गते बिहान करिब ३:३० बजे चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङखोलामा बाढी आई चुमनुव्री गाउँपालिका-४ र २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुल समेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदम...
अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी
राजनीति, विश्व, समाचार

अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी

नेपालअखबार,काठमाडाैँ। इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो । इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो । तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको छैन। यो घटना अमेरिकी सेनाले इरानी तेल ट्यांकर तीनवटामाथि आक्रमण गरेको जनाएको एक दिनपछि भएको हो । अमेरिकी सेनाका अनुसार आफ्ना नौसैनिक युद्धपोतलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणको जवाफमा ती तेल ट्यांकरमाथि कारबाही गरिएको थियो। फेरि चर्कियो अमेरिका–इरान तनाव अमेरिका र इरानबीचको पछिल्लो युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । जुन महिनामा युद्धविराम घोषणा भए पनि दुवै पक्षबीच पूर्ण रूप...
मस्कोमा अमेरिकी टोलीले पुटिनसँग गरे तीन घन्टा छलफल
राजनीति, विश्व, समाचार

मस्कोमा अमेरिकी टोलीले पुटिनसँग गरे तीन घन्टा छलफल

नेपालअखबार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ ज्यारेड कुश्नरले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरेका छन्। मस्कोस्थित क्रेमलिनमा शनिबार भएको भेटमा विटकफ र कुश्नरले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव तथा सम्भावित समाधानका उपायबारे पुटिनसँग छलफल गरेको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। जाडोयाम नजिकिँदै गर्दा दुवै पक्षबीच सैन्य गतिविधि बढेपछि रूस-युक्रेन वार्ता पुनः सुरू गराउने प्रयास स्वरूप अमेरिकी टोली मस्को पुगेको हो। विटकफ र कुश्नर आइतबार युक्रेनको राजधानी किभ जाने तयारीमा छन्। उनीहरूको किभ भ्रमणलाई सहज बनाउन रुस र युक्रेन छोटो समयका लागि हवाई आक्रमण रोक्न सहमत भएको पनि एक्सियसले जनाएको छ। वार्ताको सुरुवातमै पुटिनले रुस–युक्रेनबीचको मध्यस्थतामा अमेरिकी ...
उत्तरी गोरखाको थेराङखोलामा बाढी- बगायो ४ घर र झोलुंगे पुल
समाचार, समाज

उत्तरी गोरखाको थेराङखोलामा बाढी- बगायो ४ घर र झोलुंगे पुल

नेपालअखबार, काठमाडौँ । उत्तरी गोरखास्थित चुमनुब्री गाउँपालिका वडा नम्बर ४ र २ भएर बग्ने थोराङ खोलामा बाढी आउँदा ४ वटा घर र एउटा झोलुंगे पुलमा क्षति पुगेको छ। आइतबार बिहान आएको बाढीले नाम्रुङका ४ वटा घर बगाएको छ। नुर्वु छिरिङ, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ। बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। बाढी आएकोबारे थाहा पाएर स्थानीय भागेर ज्यान जोगाएको उनले बताए। बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ। खोलाको मुहानतर्फ केही बेर थुनिएर लेदोसहित बाढी आएकोले क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ। थोराङखोला बूढीगण्डकी नदीमा मिसिन्छ। उक्त खोलामा बाढी आएकोले बूढीगण्डकी किरानाका बासिन्दालाई सावधानी अपनाउ...