Sunday, October 4

समाचार

लोककल्याणकारी विज्ञापनको दररेटसम्बन्धी निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति
समाचार, समाज

लोककल्याणकारी विज्ञापनको दररेटसम्बन्धी निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति

नेपालअखबार,काठमाडौँ। सरकारले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पत्रपत्रिकालाई २०८३ असोज महिनासम्म साविककै दररेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासङ्घले त्यसप्रति आपत्ति जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विज्ञापन बोर्डले यससम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागतयोग्य भए पनि आफ्ना माग पूर्ण रूपमा सम्बोधन नभएको जनाएको हो। महासङ्घले कुनै वैज्ञानिक आधार र कारणबिना सरोकारवाला पक्षसँग सामान्य परामर्शसमेत नगरी छापामाध्यमलाई धरासायी बनाउने उद्देश्यले स्वेच्छाचारी ढङ्गबाट ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ निर्माण गरिएको आरोप लगाएको छ। उक्त कार्यविधि तत्काल खारेज गरी सरोकारवाला पक्षसँगको सहमतिका आधारमा मात्र नयाँ व्यवस्था लागू गर्न महासङ्घले पुनः जोडदार माग गरेक...
हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११
समाचार, समाज

हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११

नेपालअखबार,काठमाडौं । मनाङ हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला परेको छ । हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जनाएको छ । आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी  राखेको थियो । एसोसिएसनले शेर्पालाई उद्धृृत गर्दै चार शव फेला परेको जनाएको छ । यससँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ । ९ असोजदेखि प्रतिकूल बनेको मौसमले यस हिमालमा हिम पहिरो निम्त्याएको थियो । हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।...
प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको भन्दै संसद्‌मै खेद प्रकट
राजनीति, समाचार

प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको भन्दै संसद्‌मै खेद प्रकट

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले संसद्लाई अपमान गरेको भन्दै खेद प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले राष्ट्रसंघको ८१ औं महासभामा देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन शाह गएको स्मरण गरे । महासभामा प्रधानमन्त्री बालेनले देशको साझा राष्ट्रिय एजेण्डाहरू, हिमालमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी त्रिशुली नदीमा आएको हिमालयन सुनामी र त्यसले पुराएको क्षति, जलवायु न्याय, अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग लगायतका विषयमा प्रस्तवहरू राखे । यसप्रति नेकपाका प्रमुख सचेतक दुलालले प्रधानमन्त्री शाह र सरकारलाई धन्यवाद दिए । तर यसबारे संसद्लाई कुनै जानकारी दिएनन् । यसप्रति सांसद दुलालले संसद्मै खेद प्रकट गरेका हुन् । ‘तर महासभामा जानु अघि र आए पछि संसदलाई जानकारी नगराएर प्रधानमन्त्रीले व्यवस्थाप...
अस्ट्रेलियाका राजदूतले भेटे प्रधानमन्त्री शाह
राजनीति, समाचार

अस्ट्रेलियाका राजदूतले भेटे प्रधानमन्त्री शाह

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ। नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कूटनीतिक, शैक्षिक, विकास साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ। विशेषगरी शिक्षा, विकास सहयोग, व्यापार तथा नेपाली समुदायसँगको सम्बन्धले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै आएको दूतावासले जनाएको छ ।प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल-अस्ट्रेलिया सम्बन्धलाई निरन्तरता दिने कूटनीतिक संवादका रूपमा लिइएको नेपालस्थित अस्ट्रेलियन दूतावासले जनाएको छ।...
निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव
प्रशासन, समाचार

निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव

नेपालअखबार,काठमाडौं । सरकारले संघीय निजामती सेवामा नयाँ नेपाल सूचना प्रविधि सेवा थप गर्न लागेको छ । संघीय संसद सचिवालयमा पेश भएको विधेयकमा यसअघिका विभिन्न सेवा बाहेक सूचना प्रविधि सेवालाई नयाँ सेवाको रुपमा प्रस्ताव गरिएको हो । अहिले पनि सूचना प्रविधिको क्षेत्रका कर्मचारी निजामती सेवामा छन् । विविध सेवामा रहेका उनीहरुलाई अब भने नयाँ सेवाको रुपमा थप गर्न थालिएको हो । संघीय तहको मन्त्रालयदेखि सूचना प्रविधिमा आधारित सेवा प्रदायक निकायहरूमा सूचना प्रविधि(आईटी) सेवाका कर्मचारीहरू कार्यरत थिए । यसअघि नेपाल आर्थिक योजना तथा तथ्यांक, इञ्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा सेवा रहेकोमा यो विधेयकमा सूचना प्रविधि सेवा थपिएको हो ।तर कर्मचारीहरूको वृत्तिविकासका लागि हुने क्लष्टरमा भने सूचना प्रविधि सेवा समावेश छैन । सरकारले पाँचवटा क्लष्टरहरूमा कर्मचारीहरूक...
बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
दुर्घटना, समाचार

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

नेपालअखबार,काठमाडौं ।  बझाङमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा सुर्मा गाउँपालिका–४ का २७ वर्षीय चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दीपक बिष्टले बताए। दुर्घटनामा जयपृथ्वी नगरपालिका–८ की २५ वर्षीया बिपना बोहरा र भारतको कलकत्ताका ४५ वर्षीय सुवाशिस दास गुप्ता घाइते भएका छन्। घाइतेमध्ये गुप्ताको अवस्था सामान्य रहेको छ भने बोहराको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। बिहीबार बिहान १० बजेतिर कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप सुर्मा गाउँपालिका–४ को दौलीचौरबाट सुर्मा गाउँपालिका–२ को दोगडीतर्फ जाने क्रममा भित्री सडकमा दुर्घटनामा परेको थियो। जिप सडकबाट करिब २० मिटर तल खसेको थियो। जिप स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ जाँदै थियो।...
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
राजनीति, समाचार

दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक

नेपालअखबार, काठमाडौं । नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छिन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन् । सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताइन् । साथै, उनले मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको स्मरण गराइन् । नेपालले विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पुर्‍याएको क्षति दु:खद् रहेको उल्लेख उनले गरिन् । ...
११०० किलो गाँजा बरामद
प्रशासन, समाचार, समाज

११०० किलो गाँजा बरामद

नेपालअखबार,सिरहा। सिरहाबाट सशस्त्र प्रहरी बलले ११०० किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ। गएराति करिब १ बजे सिरहाको सुखीपुर नगरपालिका-१० विश्वकर्मा चोक गागन खोला पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो। गए राती करिब १ बजे  सिरहा जिल्लाको  सुखीपुर नगरपालिका-१० विश्वककर्माचोक गागन खोलापुल बाट गांजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले  बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाजा  नियन्त्रणमा लिएको हो। २६ वटा बोरामा प्याक गरिएको  ११०२.६५५ के.जी. गांजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेको बताए। बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बु...
घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति
समाचार, समाज

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

नेपालअखबार,तनहुँ। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ। यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ । बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो । बाढीपहिरोका कारण पुल तथा सडकमा क्षति पुगेपछि स्थानीयवासीको आवागमनमा समस्या भएको छ । विशेषगरी झोलुङ्गे पुलमा भएको क्षतिले गाउँका विभिन्न बस्तीबीचको सम्पर्क प्रभावित भएको छ। बेलिब्रिज तथा सडकमा भएको क्षतिले यातायात सञ्चालनमा चुनौती थपिएको छ । टो...
यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन
राजनीति, विश्व, समाचार

यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन

नेपालअखबार,काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आतिथ्यता दिएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) को आलोचना गरेका छन्। रेजाईले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा लेखिएको पोस्टमा यूएईको नाम नलिइकन भनेका छन्, ‘जसरी अमेरिकी सैन्य अखडाहरूलाई ठाउँ दिँदा तपाईंहरूले सुरक्षा पाउनुभएन, त्यसैगरी ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा पनि कुनै राम्रो नतिजा निस्कनेछैन।’ उनले आफ्नो पोस्टमा थपेका छन्, ‘हालैको युद्धबाट पाठ सिकौँ, युद्ध बढाउने काम बन्द गरौँ र इरानी टापुहरूबारे आधारहीन दाबी गर्न छोडौँ।’ यूएईले हालै संयुक्त राष्ट्रसङ्घमा फेरि एकपटक इरानको आलोचना गर्दै तीनवटा टापुमा इरानले गरेको भनिएको कब्जाको मुद्दा उठाएको थियो। यी टापुहरूलाई लिएर इरान र यूएईबीच लामो समयदेखि विवाद रहँदै आएको छ।बीबीसीका अनुसार, पछिल्ला महिनाहर...