Tuesday, July 14

समाचार

तोकिएकै मितिमा भएरहित निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
राजनीति, समाचार

तोकिएकै मितिमा भएरहित निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री

नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् । ‘आगामी फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्थतालिका सार्वजनिक भइ सोही बमोजिम तयारी भइरहेको अवस्था छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्धारित मितिमा निर्वाच्न सम्पन्न गर्न सरकार दृढ भएर लागेको छ ।’ शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण सिर्जनमा प्रदेश सरकारको पनि भूमिका उत्तिकै हुने उनको भनाइ थियो । गृहमन्त्री अर्यालले सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपछिका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको गोष्ठीमा जानका...
जेनजी घाइते युवाको धर्ना सिंहदरबार गेटमा
समाचार, समाज

जेनजी घाइते युवाको धर्ना सिंहदरबार गेटमा

नेपालअखबार,काठमाडौं । सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । अहिले उनीहरूलाई प्रहरीले धर्ना रोकेर वार्तामा सहभागी हुन आग्रह गरिरहेका छन् ।
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश
राजनीति, समाचार

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक विशेष समारोहका बीच  राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेकी प्रधानमन्त्री कार्कीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। नेपालको संविधानको धारा २६६ को उपधारा (३) को संवैधानिक व्यवस्था बमोजिम उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।...
समयमै चुनाव गर्नु सरकारको दायित्व : राष्ट्रिय सभा अध्यक्ष
राजनीति, समाचार

समयमै चुनाव गर्नु सरकारको दायित्व : राष्ट्रिय सभा अध्यक्ष

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यक्ता औँल्याएका हुन् । संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्त्व कति छ भन्ने कुराको अनुभूति सम्बन्धित सबै पक्षलाई भएको पनि स्पष्ट पारे । उनले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसद्को भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । ‘लोकतन्त्रको सुन्दर र उन्नत पक्ष भनेको निर्वाचन हो । त्यसमा जनविश्वास र जनचासो अडिएको हुन्छ । अहिले अन्तरिम सरकारको मुख्य काम भनेको आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु हो । यो निर्वाचन प्रतिनिधिसभा विघटन भएपछि...
सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ
कर्पोरेट, समाचार

सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ

नेपालअखबार,काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ ।  तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य रेकर्ड ...
मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
समाचार, समाज

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

नेपालअखबार,खोटाङ। प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन्। विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन्। मंसिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मंसिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। दुई पक्षबीच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए। लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले गत चैतमा पनि उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । जग्गाधनीले मुआब्जा नदिएसम्म जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्ने चेतावन...
आलुको बीउमा आत्मनिर्भर जलजला गाउँपालिका
कृषि, समाचार, समाज

आलुको बीउमा आत्मनिर्भर जलजला गाउँपालिका

नेपालअखबार,म्याग्दी । पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको पुरानो बीउलाई विस्थापित गरी गुणस्तरीय बीउ उत्पादन गरिएको हो । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्वमूलबीउलाई पिबिएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार उत्पादन क्षमता कम भएको पुरानो बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएपछि २०७९ सालमा जलजला गाउँपालिका–६ लाम्पाटाको बराहटोलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० सय दाना रोपेर पहिलो पुस्ताको बीउ उत्पादन थालिएको थियो । पिबिएम प्रविधिबाट उत्पादन भएको आलुको बीउ पाँच पुस्तापछि खानयोग्य हुन...
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ- सभामुख घिमिरे
राजनीति, समाचार

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ- सभामुख घिमिरे

नेपालअखबार,काठमाडौँ। सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन्। संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण कर्मचारी साथीहरूलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका हुन्। आजभन्दा १९ वर्षअघि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ। राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्म...
इजरायलको हवाई हमलामा हमासका वरिष्ठ कमाण्डर मारिए
विश्व, समाचार

इजरायलको हवाई हमलामा हमासका वरिष्ठ कमाण्डर मारिए

नेपालअखबार,गाजा । इजरायलले गाजाभित्र एउटा गाडीमा गरेको हमलामा हमासका एकजना वरिष्ठ कमाण्डर मारिएको दाबी गरेको छ। इजरायली सेना र सुरक्षा निकाय शिन बेटले संयुक्त विज्ञप्ति जारी गर्दै हमासको सैन्य शाखा, अल-कसम ब्रिगेडका हतियार उत्पादन प्रमुख रायद सादलाई गाजा सहरमा ‘निष्क्रिय पारेको’ घोषणा गरेका छन्। सादलाई अल-कसमका सबैभन्दा प्रमुख कमाण्डरहरूमध्ये एक मानिन्थ्यो र उनले ७ अक्टोबरमा गाजा सहरको पूर्वमा रहेका इजरायली बस्तीहरूमा हमासको हमलाका क्रममा धेरै ब्रिगेडहरूको नेतृत्व गरेका थिए। हमास-शासित नागरिक सुरक्षाका प्रवक्ता महमुद बसलले बीबीसीलाई बताएअनुसार यस हमलामा चार जनाको मृत्यु भएको छ। उनले विस्फोटका कारण बाटोमा हिँडिरहेका अन्य थुप्रै मानिसहरू पनि घाइते भएको बताए। गाजाका एक स्थानीय हमास अधिकारीले बीबीसीलाई बताएअनुसार यस हमलामा सादका सहयोगी र अर्का तल्लो दर्जाका अधिकारी अबू इमाद अल-लाबा...
भारतीय राजदूत श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी
समाचार, समाज

भारतीय राजदूत श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी

नेपालअखबार,काठमाडौँ। भारतीय राजदूत नवीन श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी छ। शनिबार चम्पादेवी मन्दिरमा हाइकिङ जाँदा हृदयघात भएपछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार मुटुको देब्रे नशामा अवरोध भएको हो। अस्पतालमा ल्याएर स्टेन्ट हालिएको हो। उनलाई उपचारका लागि सिसियूमा राखिएको छ। राजदूत श्रीवास्तवको उपचारमा डा. रन्जित शर्मा र डा. नरेश महर्जन संलग्न छन्।...