Monday, October 12

समाज

शुक्लाफाँटामा जङ्गल सफारी खुला
प्रशासन, समाचार, समाज

शुक्लाफाँटामा जङ्गल सफारी खुला

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ । दसैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो । बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि दसैँ–तिहारमा आउने पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ, दसैँमा पर्यटकहरुले शुक्लाफाँटाको अवलोकन गर्न सक्नेछन्,” उनले भने, “मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको छ ।” पर्यटकले शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुगेर वन्यजन्तु अवलोकन गर्न सक्ने उनले बताए । वर्षा रोकिए एक साताभित्रै निकुञ्जका भित्री रुट पनि सञ्च...
चोरी भएको प्राचीन मूर्तिसहित एक युवक पक्राउ
समाचार, समाज

चोरी भएको प्राचीन मूर्तिसहित एक युवक पक्राउ

नेपालअखबार,विराटनगर। नेपालको मन्दिरबाट चोरी भएको प्राचीन मूर्ति भारत लैजाँदै गर्दा सीमावर्ती जोगबनी क्षेत्रबाट एक नेपाली पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५६औँ वाहिनी, बथनाहा अन्तर्गतको ‘एफ’ कम्पनी जोगबनीले उनलाई सीमा स्तम्भ नम्बर १८० नजिकै रहेको बीसीपी गेटबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भोजपुर जिल्ला निवासी २० वर्षीय सुरज विश्वकर्मा रहका छन् । उनलाई शनिबार दिउँसो जोगबनी सीमामा खटिएको एसएसबीको बोर्डर इन्टिग्रेसन टिम (बीआईटी)ले नियन्त्रणमा लिएको हो । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)ले लिखित सूचना दिएपछि उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । एक मन्दिरबाट ‘माता रानी’ (देवी)को प्राचीन मूर्ति चोरी भएको र उक्त मूर्ति लिएर अभियुक्त भारत प्रवेश गर्न सक्ने आशङ्का सशस्त्र प्रहरीको थियो । उक्त सूचनाका आधारमा एसएसबीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको थ...
पूर्वसूचनाले ज्यान जोगायो, बस्ती र पुल बगाउँदा जनजीवन अस्तव्यस्त
समाचार, समाज

पूर्वसूचनाले ज्यान जोगायो, बस्ती र पुल बगाउँदा जनजीवन अस्तव्यस्त

नेपालअखबार, काठमाडौँ। गोरखाको चुमनुब्रीस्थित स्यार खोलामा गएको सुक्खा पहिरोले नदी थुनिएर फुटेपछि बुढीगण्डकीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रहरूमा भयानक वितण्डा मच्चाएको छ । बाढीले गोरखाका धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा व्यापक भौतिक, संरचनागत तथा आर्थिक क्षति पुर्‍याएको छ । दर्जनौँ घर, विद्यालय र महत्त्वपूर्ण पक्की पुलहरू बाढीको भेलमा बगेका छन् । स्थानीय जनप्रतिनिधि र प्रशासनले बिहान सबेरैदेखि माइकिङ गर्दै ‘अलर्ट’ गराएका कारण यति ठुलो विपद्मा पनि मानवीय क्षति भने टरेको छ । सर्वस्व गुमाएर रित्तो हात भागेका विस्थापितहरूको दैनिक जीवन भने अत्यन्तै कष्टकर बनेको छ । विपद्को सुरुवात चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा खसेको सुक्खा पहिरोबाट भएको थियो । पहिरोले थुनिएको स्यार खोला एक्कासि फुटेर बुढीगण्डकीमा मिसिएपछि तटीय क्षेत्रका ब...
नेपाली सेनाले बेत्रावतीमा बनाएको बेलीब्रिज हस्तान्तरण
प्रशासन, समाचार, समाज

नेपाली सेनाले बेत्रावतीमा बनाएको बेलीब्रिज हस्तान्तरण

नेपालअखबार,नुवाकोट । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज (बेलीब्रिज) गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार उक्त पुल हस्तान्तरण गरेको हो। गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि सेनाले उक्त क्षेत्रमा पुनर्निर्माणको काम अघि बढाएको थियो। फलाकु खोलामा पुल निर्माणका लागि करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँच मार्ग बनाइएको थियो। सेनाले असोज २० गतेदेखि एक्रो ब्रिज जडान सुरु गरेको थियो। असोज २४ गते जडान कार्य सम्पन्न भएपछि आइतबार सडक आयोजनालाई हस्तान्तरण गरिएको हो। ४० टन भारवहन क्षमता भएको उक्त पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ। पुल सञ्चालनमा आएपछि नुवाकोट र रसुवाका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढी प्रभाव...
‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’ : बुढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ
प्रशासन, समाचार, समाज

‘सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो’ : बुढीगण्डकी बाढीबारे सेनाको रिपोर्टिङ

नेपालअखबार, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो । श्री नम्बर ३ बाहिनी अड्डालाई आज बिहान ५:५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो । त्यसपछि गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको एकिन गरेको थियो । नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सोही सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछ...
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध
प्रशासन, समाचार, समाज

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

नेपालअखबार,पाेखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।...
पृथ्वी राजमार्गअन्तर्गत गलौदी सडक सञ्चालनमा ल्याउन आज दिनभर लाग्ने
समाचार, समाज

पृथ्वी राजमार्गअन्तर्गत गलौदी सडक सञ्चालनमा ल्याउन आज दिनभर लाग्ने

नेपालअखबार,काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिका–५ गलौदी सडकखण्ड शनिबार अपराह्नपछि सञ्‍चालनमा आउने सम्भावना देखिएको छ । त्रिशूली नदीको कटानमा परी भाँसिएको सडक अवस्था सामान्य रहे अपरान्हदेखि सुचारु हुने सडक विभागले जनाएको छ । ‘स्थानीय निकायसँग छलफल भई ‘ब्याक कटिङ’को कार्य सुरु गरिएको छ,’ सडक विभागले सामाजिक सञ्जाल फेसकुबमार्फत सूचना जारी गर्दै भनेको छ, ‘सम्पूर्ण अवस्था सामान्य रहे करिब ८ घन्टा (अपरान्ह ४ बजे) मा यातायात सुचारू हुनेछ ।’ सूचनामा यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काममा सुरू गर्न नसकिएको पनि उल्लेख छ ।पृथ्वी राजमार्गको गलौदी (गजुरी नजिक काठमाडौंतर्फ) मा सडक भासिएकोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।...
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, दर्जनौं संरचना भत्किए
विश्व, समाचार, समाज

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, दर्जनौं संरचना भत्किए

नेपालअखबार,काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा थियो । भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएका छन् । दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो । भूगर्भविद्हरूले तत्कालका लागि परकम्पलाई मुख्य जोखिमका रूपमा औँल्याएका छन् । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा अवस्थित एल सिटियो होटल भत्किएको छ । होटल भत्किँदा मानवीय क्...
पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट हुँदै
मनोरञ्जन, समाचार, समाज

पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट हुँदै

नेपालअखबार, पोखरा । नेपाली संगीतप्रेमीहरूका लागि चर्चित गायक तथा गीतकार बिपुल क्षेत्री पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने  भएका छन्। बिपुल क्षेत्री तथा उनको ब्यान्डको प्रस्तुति रहने ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ आगामी कात्तिक १३ गते शुक्रबार पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना हुने भएको हो। एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रस्तुतिमा हुन लागेको उक्त कार्यक्रम प्रचार नेपाल प्रालिको आयोजनामा हुन लागेको हो। बिपुलको नेपाल भ्रमणअन्तर्गत सञ्चालन भइरहेको ‘प्रवाह नेपाल टुर २०२६’ को यो एक महत्त्वपूर्ण प्रस्तुति हो। उक्त टुरको व्यवस्थापन तथा सञ्चालन ताक्षक इन्टरटेनमेन्ट र प्रोजेक्ट स्टुडियोले गरिरहेका छन्। कार्यक्रमका लागि प्रारम्भिक चरणका टिकट बिक्री खुला भइसकेका छन्। दर्शकले खल्ती एप तथा अनलाइन प्लेटफर्ममार्फत टिकट खरिद गर्न सक्नेछन्। पोखरामा सांगीतिक माहोल बनाउने तयारी बिपुल ...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
समाचार, समाज

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन् । महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९औँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी शुक्रबार निर्विरोध निर्वाचित भएका हुन् । लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत उनी दर्शक तथा श्रोतामाझ लोकप्रिय छन्। प्रतिष्ठानका विभिन्न पद हुँदै यहाँसम्म आइपुगेका उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । त्यस्तै, प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष पदमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र द्वितीय उपाध्यक्ष (साङ्गठनिक) तर्फका उम्मेदवार पनि निर्विरोध निर्वाचित ...