महाकवि देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ सार्वजनिक
नेपालअखबार,काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ आज सार्वजनिक भएको छ ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘बुवाहजुर’ महाकाव्य सार्वजनिक गरिएको हो ।
कवयित्री मन्जिला शर्मा उप्रेती अर्थात् मन्जिला अनिलद्वारा लिखित महाकाव्य सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महाकवि देवकोटाका पुत्र प्रा पद्प्रसाद देवकोटाले महाकविका विषयमा लेखिएको यो १५ औँ महाकाव्य भएको जानकारी दिए ।
भागवत कुञ्जका अध्यक्ष अजितप्रसाद गौतमले महाकवि देवकोटाका विषयमा चलेका केही अफवाह अन्त्य गर्न महाकाव्य सफल भएको बताए । तथ्य विनाका ती हल्लालाई महाकाव्यले छन्दोबद्ध कविताका हरफमा प्रमाणसहित अन्त्य गर्न सफल भएको उनको भनाइ थियो ।
‘बुवाहजुर’ महाकाव्यका बारेमा समीक्षा गर्दै प्राडा देवी नेपाल र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले महाकवि ...









