Wednesday, May 6

समाज

घाँस काट्न निस्केकी महिलाको हत्या
अपराध, समाचार, समाज

घाँस काट्न निस्केकी महिलाको हत्या

नेपालअखबार, महाेत्तरी। महोत्तरीको मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ। उनको शव बाँसघारीमा फेला परेको थियो। फलामको पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरी सलले घाँटी कसेर उनको हत्या गरेको प्रहरीले जनाएको छ। खातुनको बलात्कार गरी हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ। यद्यपि पोस्टमर्टम रिपोर्ट आएपछि मात्र वास्तविकता खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए। हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ। घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी यादवको भनाइ छ। गत असोज ७ गते बिहान ११ बजे घाँस काट्न भनी अमना घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिई निस्केकी थिइन्। साँझसम्म उनी घर नफर्केपछि छिमेकी तथा आफन्तले उनको खोज तलास सुरू गर्‍यो। नभेटेपछि स्थानीय प्रहरीलाई खबर गरियो। ...
पाल्पामा म्याद नाघेका खाद्यवस्तु नष्ट गरियो
समाचार, समाज

पाल्पामा म्याद नाघेका खाद्यवस्तु नष्ट गरियो

नेपालअखबार, पाल्पा। पाल्पाको माथागढीमा बजार अनुगमन गरी म्याद नाघेका खाद्यवस्तु नष्ट गरिएको छ । माथागढी गाउँपालिकाले बुधबार वडा नं. ३ को कसेनीको सराई बजारमा अनुगमन गरेको छ । सराईको ओझापुल, खिरौली, फूलबारी चोकलगायतका बजारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बेकरी, मसला, हलुका पेय पदार्थ, चाउचाउ, शृङ्गारका सामग्रीलगायतका सामग्री म्याद नाघेका भेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिए । अनुगमनमा अधिकांश पसल दर्ता भएको तर पसलको दर्ता अनुमति नवीकरण नगरेकाले नवीकरण गर्न र मुल्य सूची टाँस गर्न निर्देशन गरिएको छ । अनुगमनमा पालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेमगरको नेतृत्वमा भएको हो । अनुगमनमा भेटिएका म्याद नाघेका खाद्यवस्तु जंगलमा लगेर नष्ट गरिएको ज्ञवालीले बताए ।...
गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता
समाचार, समाज

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

नेपालअखबार, । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले  ६० वर्षकी भइन्। उनको जीवनकालमा ५० वटाभन्दा धेरै दसैंको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०/१२ वटा दसैं भने सीतादेवीलाई दसैंजस्तो लागेको छैन। करिब १२ वर्षअघि माटोको घर भत्काएर कङ्क्रिट र सिमेन्टबाट नयाँ घर बनाएपछि रातो माटो र कमेरोले घर लितपोत गर्नु त परै जाओस् तिनलाई देख्नसमेत नपाएको उनी बताउँछिन्। ‘जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा पहिल्यै अघिदेखि नै पहेंलो र  रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दसैं आएझैं लाग्थ्यो तर अहिले सुख भए पनि दसैं जस्तो लाग्दैन’, सीतादेवीको भनाइ छ। उनीजस्तै रातो माटो र कमेरोले पोतेका घर नदेख्दा ७० काटेकी हुप्सेकोट–३ की खगिसरा काफ्ले पनि आजकलको दसैं खल्लो लाग्ने गरेको बताउँछिन्। ‘जमानाअनुसार चल्नैपर्ने के के हो के के रङ लगाएर घर त रङ्ग्याइन्छ तर रातो माटो र कमेरो जस्तो हुँदोरहेनछ’, उनी भन्छिन्। ...
झापामा छ लाख ६३ हजार मतदाता
समाचार, समाज

झापामा छ लाख ६३ हजार मतदाता

नेपालअखबार, झापा। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् । पाँच संघीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कूल मतदानस्थल दुई सय ८४ र मतदान केन्द्र सात सय ६६ वटा कायम भएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । उनका अनुसार संघीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार दुई सय ३७, महिलातर्फ ६० हजार एक सय ३८ गरेर एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । यो क्षेत्रमा ४५ वटा मतदानस्थल र एक सय ३४ मतदान केन्द्र छन् । यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ६६ हजार छ सय ५७, महिलातर्फ ६७ हजार चार सय २९ र तेस्रोलिङ्गी पाँच गरी एक लाख ३४ हजार ९१ मतदाता छन् । यो...
आजदेखि बडादसैं पर्व सुरु
समाचार, समाज

आजदेखि बडादसैं पर्व सुरु

नेपालअखबार, काठमाडौं । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।    ् आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । ...
पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु, ३ जना घाइते
समाचार, समाज

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु, ३ जना घाइते

नेपालअखबार, काठमाडौं । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ ।यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएका छन् ।...
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
समाचार, समाज

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

नेपालअखबार, चितवन। पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुप¥यो । गतजेठ महिनायता मात्रै यो सडकखण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा सो सडकखण्डमा साना–ठूला पहिरो खसेका छन् । पृथ्वी राजमार्गको चितवन खण्डा (मुग्लिन मौवाखोल) मा पर्ने घोप्टे भिरमा पनि दुई÷तीन पटक पहिरो खसेको उनले बताए । “पहिरोका कारण कति रात सडकमा बिताएका छौँ,” प्रहरी निरीक्षक अधिकारीले भने ”, “पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ ।” उनले सडकखण्डको भौ...
डडेलधुरामा अविरल वर्षाले राजमार्ग अवरुद्ध
समाचार, समाज

डडेलधुरामा अविरल वर्षाले राजमार्ग अवरुद्ध

नेपालअखबार, डडेलधुरा । लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्गसँगै अन्य ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । आज बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै रोकिएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा पनि पहिरो झरेको छ । पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी सञ्चालमा आएको र त्यहाँ सवारी जाम लागेको यात्रुले बताएका छन् । रासस...
बाराको टाङ्गीयाबस्तीमा बल्यो बिजुली
समाचार, समाज

बाराको टाङ्गीयाबस्तीमा बल्यो बिजुली

नेपालअखबार, बारा । लामो समयदेखि अँध्यारोमा बस्दै आएका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाङ्गीयाबस्तीका बासिन्दाले यस पटकको दसैँ भने उज्यालोमा मनाउन पाउने भएका छन् । सो बस्तीमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपलब्ध गराएको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाङ्गीयाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाङ्गीयाबस्तीका नागरिक अँध्यारोमा बस्न बाध्य थिए । प्राधिकरणको करिब रु दुई करोड ३४ लाख बराबरको लगानीमा प्रसारण लाइन पु¥याएर शनिबारदेखि बत्ती बलिएको हो । टाङ्गीयाबस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालक, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाङ्गीयाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स...
शुभकामना आदानप्रदान एवम् स्वास्थ्य सचेतना कार्यक्रम
समाचार, समाज

शुभकामना आदानप्रदान एवम् स्वास्थ्य सचेतना कार्यक्रम

नेपालअखबार, पोखरा,  ।  कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताउनुभयो । कार्यक्रममा बरिष्ठ युरोलोजिष्ट डा.प्रकाश क्षेत्रीले प्रत्येक व्यक्ति आफ्नो स्वास्थ्यप्रति वेलैमा सचेत बनेमा मृगौला रोगबाट बच्न सकिने बताउनुभयो । पिसाब कम हुने तथा रगत देखा पर्ने, बान्ता हुने, हातखुट्टा तथा अनुहार सुनिने, शरिर चिलाउने, निन्द्रा नलाग्ने, उच्च रक्तचाप बढ्ने, खाना नरुच्ने जस्ता समस्या भएमा मृगौलामा समस्या हुन सक्ने बताउँदै उहाँले त्यस्ता लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिनभयो । सामान्यतः नुन कम खाने, दुखाईका औषधी जे...