Tuesday, May 5

समाज

हेलम्बु राजमार्ग अवरुद्ध
समाचार, समाज

हेलम्बु राजमार्ग अवरुद्ध

नेपालअखबार, सिन्धुपाल्चोक । लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडकखण्ड अवरुद्ध भएको छ । जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए । वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन ।...
ज्येष्ठ नागरिकसंग मनाउनु भयो मन्त्री बरालले आफ्नो जन्मदिन
समाचार, समाज

ज्येष्ठ नागरिकसंग मनाउनु भयो मन्त्री बरालले आफ्नो जन्मदिन

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले ज्येष्ठ नागरिकहरुसंग भलाकुसारी गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ । पोखरा २५ स्थित हेमजामा रहेको मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुसंग सोमबार भेटघाट गर्दै मन्त्री बरालले आश्रमको पूर्वाधार विकासमा आवश्यक सहयोगको लागि प्रयास गर्ने बताउनु भयो । आश्रममा आश्रित १ सय ३ जना ज्येष्ठ नागरिक सहितका व्यक्तिहरुलाई विहानको खाना (२० हजार बराबरको) साथमा ३० हजार मुल्य बराबरको फ्रिज समेत गरी ५० हजार सहयोग गर्दै मन्त्री बरालले आफ्नो जन्म दिनको अवसरमा सानो सहयोग गरेको बताउनु भयो । विभिन्न कारणले गर्दा आश्रममा आश्रित हुन पुगेकाहरुको पालन पोषणामा लाग्नु नै ठुलो धर्म हुने मन्त्री बरालको भनाई थियो । हरेक छोरा छोरीहरुले आफ्नो बाबु आमा प्रतिको उत्तरदाहित्व बहन गर्न नसक्दा बृद्धाश्रम तथा यस्ता आश्रममा आउने व्यत्तिहरुको सङख्यामा ...
तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता
समाचार, समाज

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

नेपालअखबार, दमौली । तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष ०७८/७८ मा मात्रै अदालतमा सम्बन्ध विच्छेदका ९३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदको मात्रै रहेको अदाललते जनाएको छ । अदालतले सो वर्ष ६८६ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । सम्बन्ध विच्छेदका २५१ मुद्दा फर्छ्यौट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरिआएको छ । कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि अदालतमा सम्बन्ध विच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा .जस्ता कारणले सम्बन्ध विच्छेदको मुद्दा बढेको बताइएको छ । यसैगरी लेनदेनतर्फ एक सय १९ म...
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित
समाचार, समाज

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित

नेपालअखबार  । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् । काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव समारोहबीच उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सम्मान गरेका हुन् । समारोहमा मन्त्री कुँवरले सम्मानपत्र, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले माला तथा समाजका अध्यक्ष महेशजंग कुँवरले माला लगाएर सम्मान गरेका थिए । आदर्श समाज राष्ट्रिय दैनिक, पोखराका प्रधानसम्पादक समेत रहेका बास्तोलालाई सामाजिक रुपान्तरणका लागि पत्रकारिता माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । त्यस अवसरमा बास्तोलालगायत विभिन्न क्षेत्रका २२ जना व्यक्तिलाई सम्मान गरिएको थियो । समारोहमा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विभिन्न क्...
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको मनोमानि  करार सेवाका १८  कर्मचारीको अझै भएन हाजिर
समाचार, समाज

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको मनोमानि करार सेवाका १८ कर्मचारीको अझै भएन हाजिर

लेखनाथ शिकारु,  कामाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पशुपति क्षेत्र विकास कोषले हटाएका १८ जना करारका कर्मचारीहरुको हाजिर नगरिंदा उनीहरूको रोजिरोटीमा समस्या आएको छ । लामो समयसम्म काम गरेका करारका कर्मचारीहरू मध्ये १८ जना करारका कर्मचारीहरूको हाजिर नगरिंदा समस्या भएको करारका कर्मचारीहरुले दुखेसो गरेका छन् । परिषदको निर्णय विपरीत विकास कोषले उस्तै प्रकृतिका करारका केही कर्मचारीलाई राख्ने र केही कर्मचारीलाई हटाउने लगायत कोषको प्रवृत्तिविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन । कोषमा कार्यरत एक सय ४ जना करार कर्मचारी मध्ये पहिलो चरणमा ३८ जनालाई मात्र हाजिर गराइएको थियो भने एकीकृत ट्रेड युनियन महासंघ , नेपालको आन्दोलनको बलमा पछिल्लो चरणको आन्दोलन पछि ४८ जनाको हाजिर भएको थियो । सोही प्रकृतिका अन्य १८ जना कर्मचारीको भने अहिले सम्म हाजिर भएको छैन । पशुपति क्षेत्र विकास कोषमा पशुप...
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
समाचार, समाज

मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ। यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ। बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ। खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिएका छन्। तालामारांका स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर  अर्यालले बताए। त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ। राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरूद्ध भएको छ। त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। जोखिममा परेका सुरक्षित स्थानमा...
नुवाकोट केन्द्रविन्दु भएर भूकम्प
समाचार, समाज

नुवाकोट केन्द्रविन्दु भएर भूकम्प

नेपालअखबार, काठमाडाैं । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।...
झापाको पालिया खोलामा शिशुको शव फेला
समाचार, समाज

झापाको पालिया खोलामा शिशुको शव फेला

नेपालअखबार, झापा। झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।  रासस...
हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिको आक्रोश
समाचार, समाज

हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिको आक्रोश

नेपालअखबार,  विराटनगर । ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन्। नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसीमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गरेका छन्। हुलाकी राजमार्ग निर्देशनालयको इटहरीस्थित योजना कार्यालयद्वारा विराटनगरमा आज आयोजित योजनाको प्रगति विवरण तथा समस्याको पहिचान विषय छलफलमा सहभागी वक्ताहरूले यस्तो आक्रोश व्यक्त गरेका हुन्। उक्त कार्यालयको मातहतमा सुनसरी, मोरङ, झापा र सप्तरी जिल्ला गरी कूल ३३५ किमी मिटर सडक बाटो निर्माण गर्नु पर्दछ। महेन्द्र राजमार्गदेखि हुलाकी राजमार्गसँग जोडिएको उत्तर दक्षिण बाटो १६८ किमी र झापादेखि सप्तरीसम्म पूर्व–पश्चिम १६७ किमी बाटो निर्माणका लागि उक्त  कार्यालयले आव २०६६/६७ म...
आज गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार, समाज

आज गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालअखबार, पाेखरा । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो  देशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती भने गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका स्थानहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।...