लकडाउन बाहेक अरु केहि बिकल्प छैन त सरकार संग
लिला गिरी , पोखरा । चिनको वुहान प्रान्त बाट फैलिन सुरु भएको कोरोना भाईरस कोभिड १९ ले हाल विश्व नै हायलकायल भएको छ । यो भाइरस एक मान्छेबाट अर्को मान्छेमा सर्ने एकप्रकारको संक्रमण रोग भएको कारण यसबाट जोगिन का लागि मानिस मानिस बिचको दूरी अपनाउन विश्व स्वास्थ्य संगठन WHO ले नै आग्रह गरिरहेको छ । अहिले सम्म यो भाइरसको कुनै औषधी आविष्कार नभएकोले मानिस मानिस बिच दूरी कायम राख्न विश्वका अधिकांश देशहरु लकडाउनमा छन् । हुन त लकडाउन बिना कोरोना नियन्त्रण नै नभएको पनि होइन । फेरि लकडाउन नै नगरी कोरोना महाव्याधिबाट जोगिएका देशहरु पनि रहेका छन् ।
लकडाउनको उद्देश्य भनेको संक्रमण फैलिन नदिनु हो । तर संक्रमण फैलिएपछिको लकडाउनले आशातित प्रतिफल दिँदैन यसको उदाहरण हामीले शक्तिशाली राष्ट्र अमेरिकालाई नै हेर्न सक्छौ । पटक पटक गरी थपिएको नेपालमा लकडाउन तेस्रो महिना प्रवेश गरेको छ । यस समयमा कयौँ नागरिकहरुले रोजगा...
