क्रान्ती कुमारको विराट स्वरूप ।
पुरुषोत्तम पौडेल ,। हेटौडा क्रान्ती कुमार अहिले हाम्रो देशको चर्चित नाम हो । अहिले देशमा वहाको विशेष हाली मुहाली छ । देश भरी क्रान्ती कुमारका गाडी गुडिरहेका छन । हेलिकोप्टर उडिरहेका छन । रेल हुईकी रहेका छन । पानी जहाजमा झण्डा फहराई रहेको छ । चार्टर विमान समेत नियमित छन । क्रान्ती कुमारको झण्डा वुलन्द छ । चारै तिर प्रशंसा मात्र छ । यत्र तत्र सर्वत्र क्रान्ती गीत गुञ्जायमान छ । विशुध्द नया संसार । विशुध्द नया जीवन । आखिर क्रान्तिकुमार न हो ।
हरेक सवरीमा क्रान्ती कुमार कै चर्चा छ । क्रान्तीकुमारको तरिका पनि गज्जब छ नी । डोटीमा डोटेली भएर । पोखरा मा पोख्रेली भएर । सिन्धुपाल्चोकमा फुर्के धोती लाएर । लमजुङमा भाङ्ग्रो भीरेर मन्द मुस्कान सहित क्रान्ती कुमारका स्वर लहरीहरू गुन्जी रहेका हुन्छन । देशमा राजनीतिक क्रान्ती सकियो । अव आर्थिक क्रान्ती गर्ने हो । आर्थिक क्रान्ति गर्नकै निम्ती जनताले मलाई ...
