Sunday, August 30

स्वास्थ्य

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन
प्रदेश २, समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन

नेपाल अखबार, वीरगञ्ज। वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा  ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् । ५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका क्रममा बिहीबार राति करिब ११ बजे मृत्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए । त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प...
वीरगञ्जका मेयरलाई कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जका मेयरलाई कोरोना संक्रमण

नेपाल अखबार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् । ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उनले भने, ‘काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’ कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् । वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए । उनले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र ...
कास्कीमा १४ सहित गण्डकीमा थपिए ३८ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

कास्कीमा १४ सहित गण्डकीमा थपिए ३८ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। कास्कीमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गरी कास्की सहित प्रदेशका विभिन्न ६ जिल्लामा ३८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । कास्कीमा संक्रमित सबै पोखरा महानगरभित्रका छन् । संक्रमितमा स्याङजामा ११, बाग्लुङमा ६, तनहुँम तीन लमजुङमा २ र नवलपरासीमा १ जना छन् । पछिल्ले विवरण सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४७९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको थियो। संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट  निको हुनेको संख्या एक हजार २३० रहेको छ भने चार जनाको मृत्यु भएको छ ।...
काठमाडौँका ४१ सहित उपत्यकामा थपिए ४५ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौँका ४१ सहित उपत्यकामा थपिए ४५ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४५ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका ४१, ललितपुरका २ र भक्तपुरका २ गरी उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएको हो। याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ। आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८...
नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ। आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ।...
कोरोना संक्रमण युवातिर सोझिँदै : विश्व स्वास्थ्य संगठन
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना संक्रमण युवातिर सोझिँदै : विश्व स्वास्थ्य संगठन

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण युवा वर्गमा बढ्दै गएको बताएको छ। युरोपका लागि डब्लूएचओका निर्देशक डाक्टर ह्यास्न क्लुजले स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमण युवामा बढी देखिने थालेको बीबीसीसँग बताएका हुन्। डाक्टर ह्यान्सले बीबीसी टुडे कार्यक्रममा भने, ‘अब महामारीसम्बन्धी तथ्यांक अलि फरक देखिएको छ। अहिल्यै नै यसको पुष्टि गर्ने पर्याप्त प्रमाण त प्राप्त भइसकेको छैन तर हामीलाई प्रशासन र स्वास्थ्य अधिकारीबाट जुन रिपोर्ट प्राप्त भइरहेका छन्, त्यसअनुसार अहिले बढिरहेको कोरोना संक्रमितमा युवा बढी देखिएका छन्।’ यससँग सम्बन्धित आँकडाबारेको प्रश्नमा उनले केही उदाहरण दिए : –जुन महिनाको मध्येमा स्विडेनमा ४९ वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण तीव्र देखिएको थियो, अहिले भने युवामा संक्रमण हुने क्रम केही घटेको छ। तर अहिले पनि एक लाख संक्रमितमा २० देखि ...
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघ्यो, एकै दिन ५२ हजारमा संक्रमण
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघ्यो, एकै दिन ५२ हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमणकाे कारण ज्यान गुमाउनेकाे संख्या ३५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा भारतमा सात सय ७९ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ३५ हजार तीन पुगेको वर्ल्डओमिटरले जनाएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार दुई सय ४९ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या १५ लाख ८४ हजार तीन सय ८४ पुगेको छ। गएको २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार तीन सय ६६ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै ब्राजिलमा एकै दिन ७० हजार आठ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी अमेरिकामा ७१ हजार ६ सय नौ, दक्षिण अफ्रिकामा ११ हजार तीन सय ६२, कोलम्बियामा आठ हजार र मेक्सिकोमा सात हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६ सय २६ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ। सबैभन्दा धेरै ब्राजिलमा १५ सय ५४ जनाको कोरोनाको कारण ...
बारा  र पर्सामा स्वास्थ्यकर्मी, सेना सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

बारा र पर्सामा स्वास्थ्यकर्मी, सेना सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

इफान अलि, वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान थिए । ११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जनाएको छ । अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरु...
अमेरिकामा कोरोनाद्वारा संक्रमित पहिलो कुकुरको मृत्यु
विश्व, स्वास्थ्य

अमेरिकामा कोरोनाद्वारा संक्रमित पहिलो कुकुरको मृत्यु

नेपाल अखबार, एजेन्सि। बड्डी सात वर्ष पुग्नै लागेको थियो तर अप्रिलको मध्यतिर उसलाई सास फेर्न समस्या भयो । त्यसको ६ हप्तापछि बड्डी कोरोनाभाइरसको संक्रमण देखिने अमेरिकाको पहिलो कुकुर बन्यो । जुलाई ११ मा बड्डीको मृत्यु भयो । बड्डीका मालिक माहोनिजद्वारा प्रदान गरिएको मेडिकल रिपोर्ट नेशनल जोग्राफिकका दुई भेटेनरियनले बड्डी सम्भवतः लिम्फोमा नामको एक प्रकारको क्यान्सरसँग जुधिरहेको बताएका छन् । मृत्यु हुनुअघि उनमा त्यस्तै लक्षण देखिएको भेटेनरियनको निष्कर्ष छ । यद्यपि, यी दुई भेटनरियन बड्डीको उपचारमा भने संलग्न थिएनन् । माहोनिजले बड्डीको मृत्यु भएको दिनमात्रै उसको मृत्यु हुनुको सम्भावित कारण लिम्फोबारे थाहा भएको जानकारी दिए । त्यसअघि उनीहरुलाई यसबारे केही जानकारी थिएन । बडीको अतिरिक्त परीक्षण गरेपछि मात्रै यसबारे पत्ता लागेको निष्कर्ष निकालिएको छ । यद्यपि, क्यान्सरका कारण बड्डीलाई कोरोनाभाइरसको संक्र...
कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

नेपाल अखबार, एजेन्सि । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन् । अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ ।...