Wednesday, August 26

स्वास्थ्य

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

नेपालअखबार,झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ । उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए ।...
सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
समाचार, समाज, स्वास्थ्य

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

नेपालअखबार,चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी) देखिएको उनले बताए । ढुसीजन्य रोगका नौ प्रतिशत, सिसिआरडी चार प्रतिशत, साल्मोनेलोसिस तीन दशमलव पाँच प्रतिशतमा देखिएको छ । यस्तै, एभिएन ‘इन्फ्लुएन्जा’, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रम...
काङ्गोमा फैलिरहेको इबोला अहिलेसम्मकै घातक बन्ने जोखिम: विश्व स्वास्थ्य सङ्गठन
विश्व, समाचार, स्वास्थ्य

काङ्गोमा फैलिरहेको इबोला अहिलेसम्मकै घातक बन्ने जोखिम: विश्व स्वास्थ्य सङ्गठन

नेपालअखबार, न्युयोर्क । डेमोक्रेटिक रिपब्लिक अफ काङ्गोमा फैलिरहेको इबोलाको नयाँ सङ्क्रमण इतिहासकै सबैभन्दा घातक बन्ने दिशातर्फ गइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गति कायम रहेमा यो प्रकोपले सन् २०१४-२०१६ को महामारीलाई पनि जित्ने बताएका हुन्। उक्त महामारीमा कम्तीमा ११ हजार मानिसको ज्यान गएको थियो। यस वर्षको मे १५ मा औपचारिक घोषणा गरिएको यो प्रकोपबाट हालसम्म ४ हजार ३ सय भन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सङ्गठनले तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने आशा राखेको छ। तर यसको अर्थ महामारी पूर्ण रूपमा अन्त्य हुनु नभई सङ्क्रमणको दरलाई घटाउनु मात्र रहेको चेतावनी पनि दिइएको छ। मे महिनामा मात्र औपचारिक घोषणा गरिए पनि य...
भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति
समाचार, समाज, स्वास्थ्य

भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति

नेपालअखबार, काठमाडौं । भारतले डेंगी विरूद्धको खोपलाई पहिलो पटक स्वीकृति दिएको छ। जापानस्थित ताकेदा बायो-फार्मास्युटिकल्सले उत्पादन गरेको डेंगी विरूद्धको खोपलाई भारतको औषधि नियामक निकायले स्वीकृति दिएको हो। कम्पनीले 'क्युडेंगा' (QDENGA) नामको उक्त खोपलाई बजार अनुमति दिइएको सोमबार घोषणा गरेको भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' ले लेखेको छ। हिन्दुस्तान टाइम्सका अनुसार क्युडेंगा भारतमा प्रयोगका लागि स्वीकृति पाउने पहिलो डेंगी खोप हो। 'भारतको ड्रग्स कन्ट्रोलर जनरलले ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगी रोगको रोकथामका लागि यो खोप प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ,' ताकेदा बायो-फार्मास्युटिकल्स इन्डियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो खोप पहिले डेंगी संक्रमण भएको वा नभएको दुवै अवस्थाका मानिसलाई कुनै परीक्षण नगरिकनै दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो खोप डें...
गणेश नेपालीबारे वीर अस्पतालले भन्यो– कुनै पनि समयमा अवस्था बिग्रन सक्छ
समाचार, समाज, स्वास्थ्य

गणेश नेपालीबारे वीर अस्पतालले भन्यो– कुनै पनि समयमा अवस्था बिग्रन सक्छ

नेपालअखबार, काठमाडौँ ।  त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन वीर अस्पतालले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा विशेषज्ञ टोली २४ सै घण्टा उपचारमा खटिएको जनाएको छ। गणेशको अवस्थाबारे अहिले नै ठोस रूपमा भन्न नसकिने र कुनै पनि समयमा अवस्था बिग्रन सक्ने पनि अस्पतालको भनाइ छ। ‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ। बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि गणेशको अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ। ...
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
समाचार, समाज, स्वास्थ्य

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

नेपालअखबार, ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । डा उपाध्यायका अनुस...
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
विश्व, समाचार, स्वास्थ्य

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

नेपालअखबार,काठमाडौं ।  ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ ।कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि पहिचान गरिएको छ । प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ । महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दाबढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदायस्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको सङ्केत गरेको अधिकारीले बताएका छन् । प्रतिवेदनमा मृत्युपश्चात् नमूना सङ्कलनमा समुदायको असहयोग तथा विशेषगरी उत्तर किभुमा रहेका इबो...
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
समाचार, समाज, स्वास्थ्य

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

नेपालअखबार, पोखरा । कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनुभयो। स्वस्थ्य नागरिक नै भाबी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भाबी नागरिक अहिलेका बालबालिकाको स्वस्थ्य अबस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभाबकारी भएको उल्लेख गर्नुभयो । सो अबशरमा स्वास्थ्य मन्त्रालयका सचिब डा. युबानिधी बसौला ,मन्त्रालयका अतिरिक्त सचिब खिम बहादुर खड्का ,जि स स का...
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
समाचार, समाज, स्वास्थ्य

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

नेपालअखबार, कास्की । निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ । निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए । “स्वास्थ्य उपपचारका सम्बन्धमा निजामती अस्पतालसँग एक साताअघि सम्झौता भएको थियो । त्यसपछि केही व्यवस्थापनको काम बाँकी सकेर अहिले सेवा दिन सुरु गरेका छौँ”, सूचना अधिकारी अर्यालले भने । यस व्यवस्थाअनुसार निजामती कर्मचारी र उनीहरूका परिवारले ओपिडी, भर्ना, प्रयोगशाला परीक्षण, शल्यक्रिया तथा अस्पताल उपलध रहेका सबै सेवा निजामती कर्मचारी अस्पतालले निर्धार...
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
प्रशासन, समाचार, स्वास्थ्य

‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

नेपालअखबार,काठमाडौँ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ । पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् । सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए । दाहालका अनुसार केही सातअघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्डफ्लुपछि महोत्तरी, बारा, चितवन हुँदैपछि काठमाडाैँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्डफ्लु फैलिएको छ । “यसको उपचार नै छैन । एकमात्र उपाय रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु हो । त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन । त्यसैले रोग...