सुदूरपश्चिममा संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि, ९०४ जना घर फर्किए
नेपाल अखबार, कैलाली । सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या ९०४ पुगेको छ ।
सोमबार प्रदेशका बिभिन्न अस्पतालबाट २४२ जना संक्रमित निको भएपछि घर जानेको संख्या ९०४ पुगेको हो ।
बझाङ्गबाट १०, अछाम बाट १५,बैतडी अस्पतालबाट २४२ जना संक्रमित निको भएर घर गएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले बताए ।
उनले सोमबार मात्र सेती प्रादेशिक धनगढी प्रयोगशालाबाट कैलालीका ३ जना पुरुष र १ जनामहिलामा मात्र कोरोना पुष्टि भएको बताए ।
काक्रीका अनुसार अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ६३१ रहेको बताए ।
संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म २२ हजार ९६८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १९ हजार ४२६ मा नेगेटिभ आएक...
