Thursday, August 27

स्वास्थ्य

नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ६२११ पुगे
समाचार, स्वास्थ्य

नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ६२११ पुगे

नेपाल अखबनर, काठमाण्डौ । नेपालमा सोमबार थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार दिउसो थप ४ सय ५१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिए  । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । नेपालमा संक्रमित मध्ये १ हजार ४१  जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घन्टामा ६७ जनाले स्वास्थ्य लाभ गरेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।...
तनहुँका थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित २०४
प्रदेश ४, समाचार, स्वास्थ्य

तनहुँका थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित २०४

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार तनहुँका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण देखिनेहरुमा तनहुँको घिरिंङ गाउँपालिकाको क्वारेन्टाइनमा क्वारेन्टिनमा रहेका  ४५, २२, २७, २७, र ४६ का ५ जना  पुरुष रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमितलाइ तनहुँको  जीपीकोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको  छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४३ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ९ जना पुरुष, पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका १४ जना पुरुष र १ महिला तथा कास्कीका ५...
आरडीटी पोजिटिभ देखिएका युवकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी
समाचार, स्वास्थ्य

आरडीटी पोजिटिभ देखिएका युवकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

नेपाल अखबार, बुटवल। गुल्मीमा कोरोना संक्रमणकोे आशंका गरिएका युवकको मृत्यु भएको छ ।  हिजो गुल्मीको धुर्कोट गाउँपालिका ३६ वर्षीय पुरुषको  तम्धासमा उपचारका मृत्यु भएको थियो भने आज सोही ठाउँमा ४२ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापाले बताए । आज मत्यु भएकोको युवकको आरडीटी पोजिटिभ आए र पीसीआर परीक्षणका लागि पठाइएकोले रिपोर्ट आउन बाँकी रहेको डा. थापाले भनाइ छ । ’शनिबार आइसोलेसन अस्पताल लैजानका लागि ल्याइएको थियो’, उनले भने, ’खोकी, श्वास फोर्न समस्या भएर ल्याइएको थियो ।’ प्रादेशिक अस्पतालमै राखेर उपचार गरिएकामा आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको थापाले बताए । उनी भारतबाट ८ दिनअघि आएर स्थानीय क्‍वारेन्टिनमा बसेका थिए । यसअघि गुल्मीकै ३६ वर्षीय युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...
पर्सामा १७ नयाँ कोरोना संक्रमित पुष्टी
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा १७ नयाँ कोरोना संक्रमित पुष्टी

इरफान अलि, पर्सा। पर्सा जिल्लामा १७ नयाँ कोरोना संक्रमित आज आइतवार बिहान पुष्टी भएकाे छ । पोखरीया का १० जना सहीत बाकी बिन्दवासनी, जिराभवानी, धोबीनी, पर्सगढी र पटेर्वा सुगौलीका क्वारेन्टाइनमा बसेका हुन । सब जना भारतबाट नेपाल आएका हुन । सब जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । विभिन्न मितिमा नेपाल  आएका क्वारेन्टाईन बसेकाे पर्सा जिल्लका थप १७ जनामा काेराेना पुष्टि भएकाे छ । संक्रमित हुनेहरुमा ३ महिला सहित १४ पुरुष गरि १७ जना रहेका नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका बताए । भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुरले बताए । पर्साका संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष समूहका रहेका छन् । गत जेठ २४ मा उनीहरुको स्वाब संकलन गरिएको थियो । पर्साका १७ ...
सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक
समाचार, स्वास्थ्य

सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक

नेपाल अखबार, कैलाली। सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२।८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । सङ्क्रमितमध्ये दुईजनाको मृत्यु र २६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीका अनुसार  सङ्क्रमितमध्ये २३४ जना भारतबाट फर्किएकाहरुमा देखिएको छ । त्यसैगरी सुदूरपश्चिममा भारतबाट बाहेक एकजना दुबईबाट फर्किएका धनगढीका युवकमा यहाँ पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् । “अहिले तीन सुरक्षाकर्मी, चार स्वास्थ्यकर्मी र दुईजना सवारी चालकमा समेत सङ्क्रमण देखिएको छ” निर्देशनालयका तथ्याङ्क सहायक गिरीले भने, “सङ्क्रमितमध्ये ९२.८५ प्रतिशत भारतबाट फर्क...
नेपालमा आज कहाँ कति भेटिए कोरोना संक्रमित ? (तथ्यांकसहित)
समाचार, स्वास्थ्य

नेपालमा आज कहाँ कति भेटिए कोरोना संक्रमित ? (तथ्यांकसहित)

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षीय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो । उनी क्यान्सरका विरामी भएको प्रवक्ता गौतमले बताए ।आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो । प्रवक्ता डा.गौतमकाअनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ ज...
अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने
प्रशासन, स्वास्थ्य, हाइलाइट-समाचार

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

नेपाल अखबार, काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ । सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा  बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएका छन् । नमुना धेरै स‌ंकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न था...
कोरोनाले निम्त्याएको पीडाका १० तस्बिर जसमा स्थान फरक छन् तर भावना उस्तै
विश्व, स्वास्थ्य

कोरोनाले निम्त्याएको पीडाका १० तस्बिर जसमा स्थान फरक छन् तर भावना उस्तै

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसका कारण ज्यान गुमाउने आफन्तले चाहँदा चाहँदै पनि आफ्ना प्रियजनलाई अन्तिम विदाई दिन नसक्ने अवस्था छ । स्थिती यस्तो छ कि न त उनीहरुले आफन्तलाई अन्तिम दर्शन गर्न सक्छन् न राम्रोसँग अन्तिम संस्कार नै । कोरोनाका कारण संसारभरी ४ लाख ३२ हजार बढीले ज्यान गुमाइसकेका छन् । यसका कारण संसारभरी शव गाड्ने स्थानको कमी भइरहेको छ । ल्याटिन अमेरिकी देश ब्राजिलको स्थिती पनि त्यस्तै छ । यहाँको शहर साओ पाउलोमा तीन वर्ष पुरानो चिहान खनेर हड्डी निकालिनेछ र नयाँ शव गाडिनेछ । संसारभरीबाट लिइएका अन्तिम बिदाईका १० तस्बिर जसले बताउँछ कि आफन्त गुमाउनुको पीडा संसारभरी उस्तै छ । ‘कोभिड–१९ चिहान’ सन् २०२० जून ७ मा खिचिएको यो तस्बिर त्रिनिदादको हो । यहाँ यस्तो चिहान पनि छ जहाँ कोभिड–१९ का कारण ज्यान गुमाएकाहरुलाई गाडिन्छ । यसलाई ‘कोभिड–१९ चिहान’ नाम दिइएको छ । आफन्तको बिदाईको अन्तिम समयमा...
भारतमा पहिलो पटक देखिए एकैदिन १२ हजार बढी संक्रमित
विश्व, स्वास्थ्य

भारतमा पहिलो पटक देखिए एकैदिन १२ हजार बढी संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ । शनिबार एकैदिन यहाँ सबैभन्दा धेरै १२ हजार ३१ संक्रमित फेला परेका थिए । यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका छन् । यो आँकडा कोभिढ१९इन्डिया डट ओआरजी अनुसार हो । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ मन्त्री तथा अधिकारीसँग समीक्षा बैठकको आयोजना गरेका छन् । यतिबेला महाराष्टङ र दिल्लीसमेत सबै राज्य–केन्द्र शासित प्रदेशको स्थितीबारे चर्चा भयो । मोदीले १६ र १७ जूनमा छैटौं पटक सबै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सिङ पनि गर्नेछन् । छलफलपछि प्रधानमन्त्रीले देशमा कोरोनाका दुई तिहाई संक्रमित पाँच जिल्लामा भएको बताए । उनका अनुसार ठूला शहरमा धेरै संक्रमण फैलिरहेको छ । यहाँ कोारेनासँग जुध्नका लागि परीक्षण, बेडको संख्या र अत्यावश्यक सेवा बढाउनेबारे चर्चा भयो ।...
थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो
समाचार, स्वास्थ्य

थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

नेपाल अखबार, काठमाडौं ।  नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका– ४ जैसिथोकका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। युवकको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय गुल्मीका प्रमुख डा. भवानी प्रसाद शर्माले जानकारी दिए। मृतक युवा क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ। शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।...