Saturday, May 9

स्वास्थ्य

कान्तिपुर डेन्टलको विशेषज्ञ टोली मनाङमा, ४ दिने दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले लिए सेवा
समाचार, स्वास्थ्य

कान्तिपुर डेन्टलको विशेषज्ञ टोली मनाङमा, ४ दिने दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले लिए सेवा

नेपालअखबार, काठमाडौं । काठमाडौंस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक तथा विशेषज्ञ सहयोगमा मनाङमा सञ्चालन भएको चार दिने नि: शुल्क दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले सेवा लिएका छन्। कात्तिक २८ देखि मंसिर १ गतेसम्म चलेको शिविर दुर्गम हिमाली क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित थियो। यो पहल गोरखा वेलफेयर ट्रस्टले गरेको हो भने मनाङ अस्पताल, चामे नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय मनाङ सह–आयोजकका रूपमा सहकार्य गरेका थिए। शिविरमा सहभागी टोलीको नेतृत्व गरेका केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले स्थानीय समुदायलाई दन्त स्वास्थ्य परीक्षण, उपचार तथा सचेतनामूलक सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार काठमाडौँबाट डा. रविना चौधरी, डा. सिम्फनी श्रेष्ठ, डा. जानकी गुरुङ, डा. आनिय श्रेष्ठसहित दन्त हाइजिनिष्ट र दन्त प्राविधिकसमेत ...
सकेसम्म घरमै बनाएको खाना खान चिकित्सकको सुझाव
समाचार, समाज, स्वास्थ्य

सकेसम्म घरमै बनाएको खाना खान चिकित्सकको सुझाव

नेपालअखबार,काठमाडौं । विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार  पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ। पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो। शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए। उनले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे। ‘सकेसम्म घरकै खाना खानुस्, कामका अनुपातमा खानुस्। अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,’ डा. अधिकारीले भने। मधुमेहका का...
मापदण्ड विपरीत बिक्री गरिएका औषधि बरामद
समाचार, समाज, स्वास्थ्य

मापदण्ड विपरीत बिक्री गरिएका औषधि बरामद

नेपालअखबार,काठमाडौं । प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्तमहाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।उनका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री गरिएको पाइएको छ ।...
गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक : विश्व स्वास्थ्य सङ्गठन
विश्व, समाचार, स्वास्थ्य

गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणमा ७ अर्ब डलर आवश्यक : विश्व स्वास्थ्य सङ्गठन

नेपालअखबार,काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘इजरायली आक्रमणमा गाजामा भएका आक्रमणमा अस्पतालहरूसमेत निशानामा परेका थिए ।’ ‘अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ’, उनले भने । ‘गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ । ध्वस्त बनेको गाजा स्वास्थ्य प्रणालीको पुनर्निर्माणको लागि कम्तिमा सात अर्ब खर्च हुनेछ’, उनले थपे ।...
एक सातामा ४१३ जनामा डेंगु संक्रमण
समाचार, समाज, स्वास्थ्य

एक सातामा ४१३ जनामा डेंगु संक्रमण

नेपालअखबार,काठमाडौं। पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म ५ हजार ८७४ जनामा डेंगु पुष्टि भएको छ। ७५ जिल्लामा डेंगु संक्रमण फैलिँदा ४ जनाको मृत्यु भएको छ। (ईडीसीडी) को तथ्यांक अनुसार पछिल्लो साता गण्डकीमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। गण्डकीमा १५१, बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण पुष्टि भएको हो। एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो। त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेट...
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ
समाचार, समाज, स्वास्थ्य

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ

नेपालअखबार,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पौडेलको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।’ सामान्य बान्ता भएपछि उनलाई शनिबार बिहान साढे ११ बजे अस्पताल लगिएको थियो। अस्पतालका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर छ र चिकित्सकहरूको टोली निरन्तर स्वास्थ्य निगरानीमा छ।...
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
समाचार, समाज, स्वास्थ्य

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् । यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप...
पहिरोले कारागार सहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा
समाचार, समाज, स्वास्थ्य

पहिरोले कारागार सहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा

नेपालअखबार,सङ्खुवासभा ।  शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछिको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ । शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले  जोखिम बनाएको उनले बताए। पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उनको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ । पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । त्यस्तैग...
४२ जिल्लामा फैलियो लम्पी स्किन, १८ सय ८४ पशु मरे
समाचार, समाज, स्वास्थ्य

४२ जिल्लामा फैलियो लम्पी स्किन, १८ सय ८४ पशु मरे

नेपालअखबार,काठमाडौं । मुलुकका ६ प्रदेशका ४२ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । लम्पी स्किनबाट देशभरि १ हजार ८ सय ८४ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । ४५ हजार १ सय ५९ पशुचौपाया यस रोगबाट संक्रमित भएका छन् । हाल सक्रिय संक्रमित पशुको संख्या ५ हजार ४ सय ४० छ । विभागका अनुसार लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ । यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ । ६ असारदेखि ७ साउनसम्म कोशीका १३ जिल्लामा फैलिएको संक्रमणबाट ३० हजार १ सय ५४ पशु संक्रमित भएको र १ हजार १ सय १६ पशु मरेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । लम्पी स्किन संक्रमण मधेश र लुम्बिनीका ८-८ जिल्ला, बागमती र गण्डकीका ५-५ जिल्ला, लुम्बिनीका ३ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि नभएको विभागले जनाएको छ । व...
चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण
समाचार, समाज, स्वास्थ्य

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

नेपालअखबार, चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो । “भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो”, प्रमुख रुपाखेतीले भने । जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो । विगत चार वर्षदेखि जिल्लामा नै ...