Monday, August 31

स्वास्थ्य

पोखरामा विहानै ५ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखरामा विहानै ५ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखरामा  कोरोना संक्रमण जोखिम पोखरामा दिनदिनै बढिरहेको छ । आइतबार बिहान पोखरा महानगरका थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । महानगरका २ वटा वडाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले बिहान ५  नं. वडाकी ३३  वर्षीया महिला  तथा वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा  कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ  । संक्रमितलाई अहिले आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।  ...
भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त
विश्व, स्वास्थ्य

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

नेपाल अखबार , एजेन्सि। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ । मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा बृद्धि हुदै गएको जनाएका छन् । सङ्क्रमणमुक्त भएकाहरु मध्ये केही अस्पतालमा उपचार गराईरहेका सङ्क्रमितहरु रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरु रहेका छन् । भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना सङ्क्रमणमुक्त भएको उल्लेख गरिएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्य...
काठमाडौँ महानगरपालिका–१४ सिल गरियो
प्रशासन, समाचार, स्वास्थ्य

काठमाडौँ महानगरपालिका–१४ सिल गरियो

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र  त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ । वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ । अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको...
कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो
समाचार, स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको हो । गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा...
देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ मा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको हो । आज आइसोलेसनमा  ८ सय १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा...
वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

इरफान अली ,वीरगञ्ज ।  काेराेनाकाे शुक्रबार साझ बीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे काेभिड अस्पतालमा उपचारकाे क्रममा कोरोना अस्पतालमा मृत्यु भएको हो । संक्रमित पुरुष श्रावन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । मृतक उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसका रोगी थिए । काेराेनाकाे कारणले मात्रै पर्सामा २२ जनाले ज्यान गुमाएका छन् । यो सगैँ नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।...
गण्डकी प्रदेशमा थप १० जनामा संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप १० जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना पुरुषमा संक्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा दुई जना संक्रमित फेला फेला परेका छन् । वडा नं. ८ मा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् । यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको गोरखा नगरवपालिकामा ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पाइएको छ । उनको वडा...
बारा, पर्सामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

बारा, पर्सामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि , वीरगञ्ज  । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उच्च  अदालतका खरिदार सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ११ वर्षको बालक देखि ६० वर्षका बृद्घ पुरुष रहेका छन् । नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए अनुसार शुक्रबार अबेर राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका २१ जना सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितहरु हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदार रहेका छन् ।...
देशभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ। यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । यस्तै आज ११ हजार ५७५ पीसीआर भएको छ  ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ ।...
भैरहवा हवाई इन्धन डिपोका ४ कर्मचारीलाई कोरोना, डिपो सिल
समाचार, स्वास्थ्य

भैरहवा हवाई इन्धन डिपोका ४ कर्मचारीलाई कोरोना, डिपो सिल

नेपाल अखबार, बुटवाल। नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका ४ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण पुष्टिसँगै १५ दिनका लागि डिपो सिल गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणपछि गराईएको परीक्षणमा चार कर्मचारीमा संक्रमण पुष्टि भएको निगम स्रोतले बतायो । ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरेर परीक्षण गराइएको थियो । केहिबेरअघि जनस्वास्थ्य कार्यालयबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको निगमका एक अधिकारीले बताए । एउटै कार्यालयमा काम गर्ने थप पाँच कर्मचारीलाई पनि आइसोलेसनमा राखिएको र संक्रमितलाई अस्पताल लैजानेबारे छलफल भइरहेको निगमले जनाएको छ ।...