Sunday, September 21

अन्तरवार्ता

प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने सुजित क्षेत्री पक्राउ
अन्तरवार्ता, प्रशासन, समाचार

प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने सुजित क्षेत्री पक्राउ

नेपालअखबार, पोखरा ।  पोखरा १६ बाटुलेचौरका प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने सुजित क्षेत्री पक्राउ ।  काम ठगी  ह्वाट्सएप र टेलिग्राम मार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्दै जिल्ला प्रहरीमा काम भए गरिदिन्छु भन्छन् । केही समयपछि फेरि सम्पर्क गरेर केही रकम माग गर्छन् । घटना दोहोरिएपछि पीडितहरूले प्रहरीलाई जानकारी गराउँछन् । प्रहरी कार्यालयबाट खटिएका प्रहरीले २१ वर्षका सुजित क्षेत्रीलाई लामाचौरबाट पक्राउ गर्छ । उनले धेरै व्यक्तिहरूसँग प्रहरी कार्यालयमा आइपर्ने काम आफूले मिलाइदिने र त्यसका लागि अहिले नै केही रकम सहयोग गर्न म्यासेज पठाएका प्रमाणका आधारमा पक्राउ गरेको हो । कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार क्षेत्रीलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको छ ।...