Sunday, May 31

अपराध

पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ
अपराध, प्रशासन, समाचार

पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको महाराष्ट्र, पश्चिम बंगाल, कलकता घर भई पोखराका चार वटा फरक–फरक वडामा बस्ने ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कोलकताका ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र भारतकै ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् । उनीहरु कालीगढ र सुनचाँदीकै काममा संलग्न रहेको खुलेको छ । उनीहरुलाई पोखरा महानगरपालिका २, ३, ४ र ९ नम्बर वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीय...
चक्रे मिलनसहित १९ जना थप ५ दिन हिरासतमा रहने
अपराध, प्रशासन, समाचार

चक्रे मिलनसहित १९ जना थप ५ दिन हिरासतमा रहने

नेपालअखबार,काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यो सँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए । उनीहरु सँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो । १९ जनालाई भने परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । हिरासतमा रहनेहरूमा चक्रेसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का छन् । त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्र...
भक्तपुर प्रहरीले चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्ने
अपराध, प्रशासन, समाचार

भक्तपुर प्रहरीले चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्ने

नेपालअखबार,काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने भएको छ । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि भक्तपुर प्रहरीले अनुसन्धान गर्न लागेको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेो बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरी पछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन । त्यतिबेला रायमाझीको दुवै...
३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ
अपराध, प्रशासन, समाज

३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ

नेपालअखबार,काठमाडौँ । प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन् । आरोपीहरूको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले  बताए । उनीहरू लु‍.९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् । उनीहरूलाई रकम दिने व्यक्तिबारे अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।...
श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
अपराध, समाचार, समाज

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

नेपालअखबार,मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी मानबहादुरले घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको अभियोगमा मानबहादुरलाई पक्राउ गरिएको प्रनाउन अर्यालले बताए । पक्राउ परेका मानवबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनाबमा आई श्रीमतीको घाँटी थिची हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ...
चक्रे मिलनसहित १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने
अपराध, प्रशासन, समाचार

चक्रे मिलनसहित १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने

नेपालअखबार,काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो । पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, म्याद थप भएसँगै चक्रे मिलनसहित  गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालाई हिरासतमा राखेर अनुसन्धान हुनेछ । त्यस्तै, यामु पौडे...
डेढ किलो कोकिनसहित विमानस्थलमा महिला पक्राउ
अपराध, प्रशासन, समाचार

डेढ किलो कोकिनसहित विमानस्थलमा महिला पक्राउ

नेपालअखबार,काठमाडौं । प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको छ । महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३५ वर्षीया महिला रुबिना अब्दुल्लाह शेख छिन् । ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ । ‘कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन गरिएको जस्तो देखिन्छ’, उनी भन्छन्, ‘उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा कोकिन लिन आएका अर्का भारतीय नागरिक समेत पक्राउ परेका छन् ।’ लागूऔषध लिन आएका बेला पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय अरुणप्रताप छन् । प्रहरीले ती उनलाई बुधबार पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ । यसैबीच, प्रहरीले नाग...
पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश
अपराध, प्रशासन, समाचार

पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश

नेपालअखबार,काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । ४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो । अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए ।...
मधेसका पूर्वप्रमुख अहिराजविरूद्ध बलात्कारको मुद्दा दायर
अपराध, राजनीति, समाचार

मधेसका पूर्वप्रमुख अहिराजविरूद्ध बलात्कारको मुद्दा दायर

नेपालअखबार,काठमाडाैं । मधेस प्रदेशका पूर्वप्रमुख अहिराज भन्ने राजेश झा (अहिराज) विरूद्ध बलात्कारको मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दायर गरेको हो। उनी साउन ४ गते पक्राउ परेका थिए। पक्राउ परेको १० औं दिनमा मुद्दाको अनुसन्धान तथा अभियोजन सकेर अदालतमा दायर गरेको हो। उनीमाथि बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोप छ। गत माघ ३ गते उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थिएन। अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका हुन्। घटना २०८१ जेठ ४ गतेको हो। अहिराजलले त्यस दिन आफ्नो कोठामा कोही नभएको बेलामा...
एक वर्षमा थाइल्याण्डबाट २ सय किलो गाँजा आयो
अपराध, समाचार, समाज

एक वर्षमा थाइल्याण्डबाट २ सय किलो गाँजा आयो

नेपालअखबार,काठमाडौं। पछिल्लो समय थाइल्याण्डबाट नेपाललाई ट्रान्जिट बनाउँदै लागु औषध गाँजा तस्करी हुने गरेको पाइएको छ । लागु औषध नियन्त्रण ब्यूरोको तथ्यांकअनुसार पछिल्लो एक आर्थिक वर्षमा थाइल्याण्डबाट आएको २०७ किलो गाँजा बरामद भएको छ । यसरी थाइल्याण्डबाट नेपाल भित्रिएर उक्त गाँजा भारत जाने गरेको ब्यूरोले बताएको छ । थाइल्याण्डको गाँजा उच्च गुणस्तरको भएकाले तस्करी हुने गरेको ब्यूरोका अधिकारीहरु बताउँछन् । त्यसैगरी पछिल्लो एक आर्थिक वर्षमा ब्यूरोले लागु औषध कोकिन १८ किलो ९१९ ग्राम बरामद भएको छ । हेराइन २५ किलो २३७ ग्राम, अफिम २८ किलो एम्फेटामाइन २७२ ग्राम बरामद गरेको छ ।ब्यूरोले आर्थिक वर्ष २०८१/८२ मा लागु औषधका १ हजार १३२ मुद्दा चलाएको छ । यो आर्थिक वर्षमा १ हजार ६७५ जना पक्राउ परेको ब्यूरोले बताएको छ ।...