दर्ता बिनै चल्छन् गोरखाका अधिकांश प्रतिष्ठान
गोरखा । जिल्लामा सञ्चालित आर्थिक कारोबारमा संलग्न प्रतिष्ठानहरु दर्ता बिनै चल्ने गरेको पाइएको छ । तथ्यांक कार्यालय गोरखाले अघिल्लो बर्ष गरेको आर्थिक गणनाको नतिजाले यस्तो देखाएको हो ।
२०७५ सालको बैशाख र जेठमा जिल्लाभर भएको गणनाको अन्तिम नतिजा सार्वजानिक गर्दै कार्यालयले बिना दर्ता चल्ने प्रतिष्ठानको संख्या बढी रहेको बताएको छ । ‘हामीले अघिल्लो बर्ष जिल्लाको तल्लो तहसम्म गणक खटाएर आर्थिक तथ्यांक लिएका थियौ’ कार्यालयका प्रमुख जीवनाथ आचार्यले भने ‘हामीले लिएका तथ्यांकलाई केलाउदा दर्ता गरेर चलेका प्रतिष्ठान, फर्महरु कम भेटिए ।’
सदरमुकाममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कार्यालयले तथ्यांक सार्वजानिक गरेको हो । जसअनुसार जिल्लाभर ५ हजार ५ सय ४१ प्रतिष्ठान बिना दर्ता चलेका छन् भने ५ हजार ४ सय ३१ को दर्ता रहेको भेटिएको हो । जुन ४९ दशमलव ५ प्रतिशत मात्...
