नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता आर्चरी खेलाडी सम्मानित
नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीमा गण्डकी प्रदेशका पदक जितेका खेलाडी तथा प्रशिक्षक पोखरामा सम्मानित भएका छन् ।
शनिबार गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लवले संयूक्तरुपमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् ।
पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आर्चरीमा गण्डकी प्रदेश ७ स्वर्ण, ४ वटा रजत र एक कास्य पदक जित्दै च्याम्पियन भएको थियो ।
पदक विजेता खेलाडीलाई साउथ एशियन तथा नेपाल आर्चरी संघका केन्द्रिय अध्यक्ष दीपक गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका निमित्त सदस्य सचिव घनश्याम पौडेल, गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष बसन्त थकाली, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन, अन्नपूर्ण आर्चरी संघका अध्यक्ष बसन्त गौचनले अविर, माला र सम्मानपत्रले सम्मान गरे ...










