विश्व विजेता अर्जेन्टिनी स्टार एन्जो फर्नान्डेजमा के देख्यो चेल्सीले ?
नेपालअखबार, काठमाडौं । बेनफिकाले एन्जो फर्नान्डेजलाई गत जुनमा ८८ लाख पाउण्डमा अनुबन्ध गरेको थियो । अर्जेन्टिनी क्लब लिभर प्लेटबाट पोर्चुगिज क्लब बेनफिकामा पुगेको ७ महिनामै उनले क्लब छाडेका छन् ।
बेनफिकाले खर्च गरेको भन्दा १० गुणा भन्दा पनि बढी रकममा उनी अब चेल्सीमा अनुबन्ध भएका छन् । विश्वकप विजेता एन्जो प्रिमियर लिगकै कीर्तिमानी रकममा अनुबन्ध भएका छन् ।
युरोपमा आधा सिजनमा मात्र बिताएका एन्जो फ्रनान्डेजलाई चेल्सीले ट्रान्सफर डेडलाइन डे मा १० करोड ७० लाख पाउण्डमा अनुबन्ध गरेको हो । जुन आजको विनिमय दर अनुसार १५ अर्ब २४ करोड नेपाली रुपैयाँ बराबर हुन्छ ।
१० महिनाअघि डिपेन्सा वाई जस्टिकामा लोन पूरा गरेर उनी रिभर प्लेट फर्केका थिए ।
उनी यस सिजन कति राम्रा छन् ?
हामीले यो प्रश्न पहिला पनि सुनेका छौं । खासै चर्चा नभएको खेलाडी विश्वकपमा गरेको प्रदर्शनको सहायताले ठूलो रकम पाउन सफल भए ...










