अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान
नेपालअखबार, । मंगलबारसम्म जर्मनीका महान् खेलाडी लोथर माथाउस विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी थिए । अब यो कीर्तिमान उनले लियोनेल मेस्सीसँग साझा गर्नुपर्ने भएको छ । अर्जेन्टिना कतारमा जारी विश्वकपको फाइनलमा पुगेसँगै अब मेस्सीसँग सो कीर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ ।
सन् १९९८ देखि माथाउसको २५ खेलको कीर्तिमान कसैले तोड्न सकेको थिएन । उनले सन् १९८२ देखि १९८८ सम्म विश्वकप खेलेका थिए । यसबीच उनले सन् १९९० को विश्वकपको उपाधि समेत जितेका थिए ।
यता सन् २००६ बाट विश्वकप खेल्न थालेका मेस्सीको यो पाँचौँ विश्वकप हो । सन् २००६ मा ३ खेल खेलेका उनले सन् २०१० मा ५ खेल खेलेका थिए । सन् २०१४ मा फाइनलसम्म पुग्दा उनले ७ खेल खेले भने सन् २०१८ मा उनले ४ खेल मात्र खेल्न पाएका थिए । सन् २०२२ मा उनले ६ खेल खेलिसकेका छन् । मंगलबार राति क्रोएसियालाई हराउँदै मेस्सीले विश्वकपको उपाधि उचाल्ने दोस्रो म...










