Saturday, October 31

खेलकुद

फिफा विश्वकप : आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदै
खेलकुद, विश्व, समाचार

फिफा विश्वकप : आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदै

नेपालअखार,काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । स्पेनलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ । उता स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो । यस्तै समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौ...
१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने
खेलकुद, समाचार

१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने

नेपालअखबार, पोखरा । ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित ‘१७ औं प्यावसन स्पोर्टस मिट २०७९’ यहि मंसिर २५ देखि २९ गते सम्म पोखरामा हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन, कास्कीले सोमबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी १७ औं संस्करणको प्यावसन स्पोर्टस मिट हुने भएको जनाएको हो । स्पोर्टस मिट अन्तर्गत कक्षा १ र १० सम्मका विद्यार्थीहरू बिच छात्र सिनियर तथा जुनियर फुटबल, छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा टेबल टेनिस, छात्र÷छात्रा एथलेटिक्सहरु आयोजना हुने प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् । १७ औं संस्करणको प्यावसन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का...
आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी
खेलकुद, समाचार

आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

नेपालअखबार,पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्पm एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणको बाटो खोले । अर्को खेलमा नेपालका आर्यन गिरीले भारतका धिरज रेड्डीलाई ७–६, ६–४ ले पराजित गरे । पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका पवन गणेशले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–४ ले पराजित गरे । भारतका श्रीनिखेत कन्दनले रसियाका फेडोर सोसेस्ड्किनलाई ६–२, ६–२ ले, भारतका भत्साल मणिकन्तनले भारतकै स्मित निलेशभाई पटेललाई ३–६, ६–२ र ६–३ ले, कोरियाका जिवन पार्कले भारतका देवर्शी सेनलाई ६–४, ६–० ले, मलेशियाका केजन केथ जोनाथनले भारतका विभु चलागुण्डलालाई ६...
पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि
खेलकुद, समाचार

पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि

नेपालअखबार, पोखरा । अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमले ४० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रायोजन विगतका वर्षझै यसपटक पनि प्रा.डा. भरत खत्रीले गरेका छन् । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिसकिएको संयोजक गिरीले जानकारी दिए । विगत...
आज फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल
खेलकुद, विश्व, समाचार

आज फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल

नेपालअखबार, काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ । अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह एदेखि समूह ईसम्मका विजेता र उपविजेताको छिनोफानो भइसकेको छ । यस्तै समूह जी बाट ब्राजिल तथा समूह एचबाट पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् । अब आजको खेलपछि अन्तिम दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् र अन्तिम १६ को समीकरण पनि पूरा हुनेछ । अहिलेसम्म सबै...
बेन ह्वाइटले छाडे इंग्लिस टिम
खेलकुद, विश्व, समाचार

बेन ह्वाइटले छाडे इंग्लिस टिम

नेपालअखबार, काठमाडौं । इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटले कतारमा भइरहेको फिफा विश्वकप २०२२ छाडेर घर फर्किएका छन् । इंग्लिस फुटबल संघले बुधबार व्यक्तिगत कारण ह्वाइट घर फर्केको जनाएको छ । फुटबल संघले यसबारे थप केही खुलाएको छैन । संघले आर्सनलका यी सेन्टर ब्याक अब कतार विश्वकपमा फर्कने अपेक्षा नरहेको पनि जनाएको छ । ‘बेन ह्वाइट इङ्गल्याण्डको अल बक्राहमा रहेको प्रशिक्षण केन्द्र छोडेर व्यक्तिगत कारणले घर फर्केका छन् । आर्सनलका डिफेन्डरले बाँकी प्रतियोगिताका लागि टोलीमा फर्कने अपेक्षा गरिएको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यस समयमा खेलाडीको गोपनीयतालाई सम्मान गर्छौँ ।’ २५ वर्षीय ह्वाइटले इंग्ल्याण्डले समूह चरणमा खेलेको इरान र अमेरिकाविरुद्ध खेलेनन् भने वेल्स विरुद्धको खेलमा अनुपस्थित थिए । समूह ‘बी’ को विजेता बनेको इंग्ल्याण्डले अन्तिम १६ मा सेनेगल विरुद्ध खेल्नेछ ।...
समूह एफ प्रिभ्यु : अन्तिम १६ मा पुग्ने होडमा क्रोएसिया, मोरक्को र बेल्जियम
खेलकुद, विश्व, समाचार

समूह एफ प्रिभ्यु : अन्तिम १६ मा पुग्ने होडमा क्रोएसिया, मोरक्को र बेल्जियम

नेपालअखबार, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा अहिले हरेक समूहको अन्तिम खेलहरु भइरहेका छन् । नकआउट चरणमा पुग्नका लागि अन्तिम खेलहरु रोमाञ्चक बन्दै गएका छन् । बिहीबार पनि समूह चरणका चार खेल हुनेछन् । समूह एफमा हुने यी चार खेलहरुबारे यस लेखमा चर्चा गरिएको छ। समूह एफमा साविक उपविजेता क्रोएसिया, फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम, अफ्रिकन राष्ट्र मोरक्को र क्यानडा छन् । दोस्रो पटक विश्वकप खेलेको क्यानडा दुई खेल हार्दै यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । त्यसैले अब अन्तिम १६ मा पुग्नका लागि क्रोएसिया, मोरक्को र बेल्जियम मात्र होडमा छन् । यी तीन मध्ये दुई टिमले अन्तिम १६ मा स्थान बनाउनेछन् । बिहीबार राति पौने ८ बजे क्रोएसिया र बेल्जियम तथा मोरक्को र क्यानडाबीच हुने खेलपछि तीन दुई टिमको टुङ्गो पनि लाग्नेछ । एक जित र एक बराबरीबाट ४ अंकसहित क्रोएसिया हाल शीर्ष स्था...
२० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा पुग्दा प्रशिक्षक सिसेको संयोग
खेलकुद, विश्व, समाचार

२० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा पुग्दा प्रशिक्षक सिसेको संयोग

नेपालअखबार, काठमाडौं । सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको छ । मंगलबार इक्वेडरलाई २-१ ले पराजित गरेपछि सेनेगल ६ अंक जोड्दै समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । सेनेगल २० वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्दा हालका प्रशिक्षक अलिओउ सिसेको रमाइलो संयोग जोडिएको छ । सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा नै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । दोस्रो पटक २०१८ मा विश्वकप खेल्दा समूह चरणबाटै बाहिरिएको सेनेगल तेस्रो पटक खेल्दा फेरि नकआउट चरण पुग्न सफल भयो । सेनेगलको यो दुवै टिमको हिस्सा थिए अलिओउ सिसे । सन् २००२ मा साविक विजेता फ्रान्सलाई नै हराएर शनसनी मच्चाउँदै क्वाटरफाइनल सम्म पुग्दा सिसेले नै सेनेगलको कप्तानी गरेका थिए । दुई दशकपछि सेनेगलले विश्वकपको समूह चरण पार गर्दा टच लाइनमा उनै सिसे प्र...
विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने
खेलकुद, विश्व, समाचार

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

g]kfncvaf/, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ । पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् । आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई-दुई टोलीको टुङ्गो लाग्नेछ । जसले गर्दा समूह चरणका अबका खेलहरु महत्वपूर्ण बनेका छन् । समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । य...
विश्वकपको म्याच बल ‘अल रिहला’को इण्डोनेसियाली कनेक्सन
खेलकुद, विश्व, समाचार

विश्वकपको म्याच बल ‘अल रिहला’को इण्डोनेसियाली कनेक्सन

नेपालअखबार, काठमाडौं । इण्डोनेसिया भलै विश्वकपमा छनोट हुन सकेको छैन तर, जाभामा रहेको एक कम्पनीले आधिकारिक म्याच बल निर्माताका रुपमा विश्वकपमा आफ्नो उपस्थिति देखाएको छ । कतारका विश्वकप २०२२ का लागि आधिकारिक फुटबल ‘अल रिहला’को निर्माण इण्डोनेसियाको पूर्वी जाभास्थित मडियुन क्षेत्रमा भएको हो । स्थानीय खेल सामग्री उत्पादक कम्पनीले यहाँ सन् २०१९ मा कारखाना स्थापना गरेको हो । उसको आधिकारिक वेवसाइटअनुसार त्यहाँ २ हजारभन्दा बढी कामदार छन् । मडियुनका एक बासिन्दा अहमद दवामीले विश्वकपको आधिकारिक म्याच बल आफ्नो क्षेत्रमा उत्पादन हुनु गर्वको क्षण भएको बताए । उनका अनुसार यो कम्पनीले सन् २०२० देखि नै स्थानीय अर्थव्यवस्था बढाउन सहयोग गरेको छ । ‘यहाँ सन् २०२० मा कारखाना स्थापना हुनु नै हाम्रो लागि गर्वको कुरा थियो । यो कारखाना हाम्रा लागि सबैथोक हो,’ दवामीले अलजजिरासँग भनेका छन् । अल रिहलाको अरे...