Thursday, October 29

खेलकुद

बागलुङमा भलिबल प्रशिक्षण केन्द्र
खेलकुद

बागलुङमा भलिबल प्रशिक्षण केन्द्र

नेपाल अखबार,बागलुङ । व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ । शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् । बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ । “शुरुमा भर्नासहित रु। दुई हजार शुल्क तोकेको छौँ, त्यसपछि मासिक रु. १५ सय तिरे पुग्छ”, उनले भने । भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनेछन् । ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताए । मासिक रु। पाँच हजार भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ । खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जन...
१० खेलाडीमा सिमित बार्साद्वारा सेल्टा भिगो पराजित
खेलकुद

१० खेलाडीमा सिमित बार्साद्वारा सेल्टा भिगो पराजित

नेपाल अखबार, एजेन्सि। अन्सु फाती स्पेनिस ला लिगामा बार्सिलोनका लागि १० गोल पूरा गरे दोस्रो १७ वर्षीय खेलाडी बनेपछि टोलीले सेल्टा भिगोलाई हराउँदै लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । फातीले फिलिपे काउन्टिन्होको पासमा गोल गर्दै खेलको ११ औँ मिनेटनमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिनज दुई खेलमा उनको यो तेस्रो गोल हो । तर, क्लेमेन्ट लेङलेटले दोस्रो पहेँलो कार्ड पाएपछि पहिलो हाफको अन्त्यमा रोनाल्ड कोम्यानको टोली १० खेलाडीमा सिमित बन्यो । खेलको दोस्रो हाफमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो । खेलको अन्त्यतिर सर्जी रोबर्टोले तेस्रो गोल गर्दै बार्सिलोनको जीत सुनिश्चित गरे । फातीअघि बोजानले १७ वर्षको उमेरमा बार्साका लागि १० गोल गरेका थिए । फातीले २७ लिगमा सो उपब्धि हासिल गरेका हुन् । मेस्सीलाई यो उपलब्धि हासिल गर्न ३० खेल लागेको थियो ।...
गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने
खेलकुद, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेपछि अब प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकूद विधेयक सदनमा दर्ता गराएकामा प्रदेशसभाले सोे विधेयक बुधबार पास गरेपछि प्रदेशमा परिषद् गठनको बाटो खुलेको हो । सभाले पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ । प्रदेशमा खेलकूदको विकास, विस्तार, प्रवद्र्धन तथा अध्ययन, अनुसन्धान गरी खेलकूद गतिविधि सञ्चालनका लागि प्रदेश खेलकूद परिषद् स्थापना गरिने सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताउनुभयो । खेलकूदको माध्यमबाट मुलुकको राष्ट्रिय एकता प्रवद्र्धन गर्दै स्वस्थ, सक्षम र अनुशासित खेलाडी तथा सिर्जनशील नागरिक तयार गर्ने र खेलाडीको व्यावसायिक सुरक्षा गर्न...
चेल्सीलाई पेनाल्टीमा हराउँदै स्पर्स क्वार्टरफाइनलमा
खेलकुद

चेल्सीलाई पेनाल्टीमा हराउँदै स्पर्स क्वार्टरफाइनलमा

नेपालअखबार, एजेन्सि। मेसन माउन्टले पेनाल्टी मिस गरेपछि टोटनह्यामले चेल्सीलाई पेनाल्टीमा हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा टोटनह्याम ५–४ गोलअन्तरले विजयी भएको हो । लगातार ९ वटा पेनाल्टी गोलमा परिणत भएपछि माउन्ट १० औँ पेनाल्टी हिर्काउन पुगेका थिए । तर, इंग्ल्याण्डका मिडफिल्डरको प्रयास विफल भएको थियो । यसअघि, खेलको पहिलो हाफमा चेल्सीले नियन्त्रण राख्दै टिमो वेर्नरको गोलको मद्दतले अग्रता लिएको थियो । चेल्सीका लागि उनको यो पहिलो गोल हो । दोस्रो हाफमा भने टोटनह्यामले सुधारिएको प्रदर्शन गर्यो । अन्ततः खेल सकिन ७ मिनेट बाँकी छँदा सर्जियो रेगुलियनको पासमा गोल गर्दै एरिक लामेलाले खेल बराबरी गरे । अतिरिक्त समय नखेलाइ खेल सिधै पेनाल्टीमा पुगेको थियो । जसमा माउन्टले पेनाल्टी मिस गर्दा टोटनह्याम विजयी बन्यो ।...
रोनाल्डोले जोगाए १० खेलाडीमा सिमित युभेन्टसलाई
खेलकुद

रोनाल्डोले जोगाए १० खेलाडीमा सिमित युभेन्टसलाई

नेपाल अखबार, एजेन्सि। क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले १० खेलाडीमा सिमित युभेन्टसले एएस रोमासँग २–२ को बराबरी गर्न सफल भएको छ । आइतबार भएको खेलमा युभे दुईपटक पछि परे पनि रोनाल्डोले टोलीलाई हारबाट जोगाउन सफल रहे । खेलको ३१ औँ मिनेटमा जोर्डन भेरेटाउटले पेनाल्टीबाट रोमालाई अग्रता दिलाए । तर, ४४ औँ मिनेटमा पेनाल्टीबाटै गोल गर्दै रोनाल्डोले युभेलाई खेलमा फर्काए । पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले हेनेरिक मिखितारियनको पासमा गोल गर्दै खेलमा पुनः रोमालाई अग्रता दिलाए । ६२ औँ मिनेटमा एड्रियन रोबियोटले दोस्रो पहेँलो कार्ड पाएपछि युभे १० खेलाडीमा सिमित बन्यो । तर, लगत्तै ड्यानिलोको क्रसमा हेडमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए । बराबरीसँग युभेन्टस लिगको चौथौँ स्थानमा खस्किएको छ । रोमा लिगको १३ औँ स्थानमा रहेको छ ।...
पाँच गोलको थ्रिलरमा रियल विजयी
खेलकुद

पाँच गोलको थ्रिलरमा रियल विजयी

नेपाल अखबार, एजेन्सि। भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) निर्णायक बन्दा रियल म्याड्रिडले पाँच गोलको थ्रिलरमा रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो । फेडेरिको भालभर्डेले रियललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, पहिलो हाफको अन्त्यतिर अलिसा मान्डी र विलियम कालाभारोले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बेटिसलाई खेलमा अग्रता दिलाए । दोस्रो हाफमा एमर्सनको आत्मघाती गोलको मद्दतले रियल खेलमा फर्कियो । पछि लुका मोर्डिचमाथि प्रोफेसनल फल गरेपछि भीएआरले उनलाई रातो कार्ड देखाएको थियो । बेटिसका मार्क बार्टाले ह्यान्ड बल गरेपछि रियलले पुनः भीएआरको मद्दतले पेनाल्टी पायो । खेलको ८२ औँ मिनेटमा कप्तान सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । यो सिजन रियलको यो पहिलो जीत हो । पहिलो खेलमा रियल भालाडोलिडसँग रियल गोलरहित बराबरीम...
आजदेखि सञ्चालनमा आयो फुटसल
खेलकुद, समाचार

आजदेखि सञ्चालनमा आयो फुटसल

नेपाल अखबार, पाेखरा । कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ ।  फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ । सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उनले बताए । विश...
७० करोड युरोको बन्धनमा मेस्सी
खेलकुद

७० करोड युरोको बन्धनमा मेस्सी

नेपाल अखबार, एजेन्सि। लियोनल मेस्सीले अन्तत बार्सिलोना नछाड्ने भएका छन् ।  ३३ वर्षीय मेस्सी विगत २० वर्षदेखि क्याटलान क्लबमा आबद्ध छन् र १६ वर्षदेखि माथिल्लो डिभिजनमा खेलिरहेका छन् । गत अगस्टमा उनले क्लब छाड्ने इच्छा व्यक्त गर्दै व्यवस्थापनलाई यसको जानकारी दिएका थिए । तर अहिले आफ्नै निर्णयमा ‘बाध्यात्मक’ रुपमा उनी युूटर्न भएका छन् । अब चाडैँ उनले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा ट्रेनिङ सुरु गर्नेछन् । मेस्सीले नचाहनुको कारण यसरी गोल डटकमसँगको यसरी शेयर गरेका छन् । छोरासहित पुरै परिवार रोयो जब मेस्सीले क्लब छाड्ने विषयमा श्रीमती र परिवारसँग कुराकानी गरे । तब निकै कठिन अवस्था निम्तियो । ‘पुरै परिवार रुन थाल्यो । मेरा छोराहरु बार्सिलोना छाड्न चाहन्नन् । उनीहरु स्कुल फेर्न चाहँदैनन् । तर मैले निके टाढाको सोचेको थिएँ । म माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छु । म च्याम्पियन्स लि...
लिभरपुललाई हराउँदै आर्सनललाई १६ औँ कम्युनिटी सिल्ड
खेलकुद

लिभरपुललाई हराउँदै आर्सनललाई १६ औँ कम्युनिटी सिल्ड

नेपाल अखबार, एजेन्सि। पिएरे एमेरिक आउबामेयाङको प्रेरणामा आर्सनलले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । खेलको १२ औँ मिनेटमा आउबामेयाङले उत्कृष्ट गोलको मद्दतले एफए कप विजेता आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलका सब्सटिट्युट टाकुमी मिनामिनोले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गयो । लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको प्रहार पोस्टमा लागेपछि आउबेमियाङले विजयी गोल गर्दै आर्सनललाई ५–४ को जीत दिलाए । लिभरपुलले लगातार दोस्रो पटक पेनाल्टीमा उपाधि गुमाएको हो । सन् २०१९ मा म्यान्चेस्टर सिटी विजयी बनेको हो । आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको यो १६ औँ पटक हो । आर्सनलभन्दा अघि म्यान्चेस्टर युनाइटेडले सर्वाधिक २१ पटक यो उपाधि जितेको छ । पछिल्ला सात सिजनमा आर्सनलले चार पटक यो उपाधिमाथि क...
धोनीले आफ्नो विवाहको कसैलाई छनकसमेत दिएका थिएनन्, यस्तो छ प्रेम कथा
खेलकुद, विदेश, समाचार

धोनीले आफ्नो विवाहको कसैलाई छनकसमेत दिएका थिएनन्, यस्तो छ प्रेम कथा

नेपाल अखबार, एजेन्सि। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । महेन्द्र सिंह धोनीले इन्स्टाग्राम पोस्ट गरेर अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । आफ्नो इन्स्टाग्राम पोस्टमा धोनीले प्रशंसकलाई धन्यवाद दिँदै आज बेलुका ७ बजेर २९ मिनेटपछि मलाई अवकाशप्राप्त बुझ्नुहोस् । धोनीले यसअघि पनि ठूलो मौनताबीच आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिँदै मानिसहरुलाई चकित पार्दै आएका छन् । वनडे र टी–२० को कप्तानी छोड्नु होस् वा टेस्टबाट सन्सास लिनु होस्, धोनीले यस्ता थुप्रै निर्णयले मानिसहरुलाई छक्का पारेका छन् । धोनीको नीजि जीवन पनि यसको अपवाद होइन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन् २०१० को जुलाई ४ मा साक्षी सिंह रावतसँग चुपचाप विवाह गरे र आफ्ना सबै प्रशंसकलाई सरप्राइज दिए । धोनी र साक्षीले देशरादूनमा ...