बज्र मनासलुको दौडमा पवित्रा प्रथम
गाेरखा । रोट्र¥याक्ट क्लब अफ बज्र मनासलुले आयोजना गरेको दौड प्रतियोगितामा पवित्रा बलयकोटी प्रथम भएकी छिन् ।
१ सय १० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवशका अवसरमा क्लबले आयोजना गरेको दौडमा वलयकोटी प्रथम भएकी हुन ।
गोरखा सदरमुकामको रंगशालाबाट सुरु भई हरमटारी–बिसौनीमोड–बसपार्क–ठूलोआँगन–पाटेचौर–अस्पतालमाार्ग हुदै पुनः रंगशालामा आएर टुंगिएको प्रतियोगितामा वलयकोटीले १२ मिनेट १२ सेकेण्डमा पार गरेकी थिइन् । सो दुरी साडे दुई किलोमिटर रहेको क्लबले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा १२ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सविता पुलामीमगर दोस्रो भइन भने १२ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गर्ने सुजिता लामिछाने तेस्रोे भएकी छिन ।
दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिएको छ । क्लबका अध्यक्ष अनुशा श्रेष्ठको अध्यक्षतामा भएको कार...
