चलचित्र आँखा असोज ११ मा प्रदर्शन, नयाँ पोष्टर सार्वजनिक
नेपालअखबार, काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टीमले नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको सिनेमालाई जोन योंजनले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा स्मिता लामिछाने, आर के मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल, मोहन अभिलाषी लगायत थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । बाल कलाकारको भुमिकामा प्रसन राई रहेका छन् । राईले चलचित्र गाउँ आएको बाटोमा समेत मुख्य भुमिका निर्वाह गरेका थिए ।
चलचित्रको पोष्टर र मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा...










