भक्तपुरमा यसरी मनाइँदैछ फागुपर्व
नेपालअखबार, भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ । विजयको हर्षोल्लासको रुपमा एक आपसमा रङ दलेर खुसी साटासाट गरी मनाइने यो पर्व भक्तपुरमा बेग्लै परम्परागत शैलीमा मनाइन्छ ।
दिल खोलेर नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वको रुपमा प्रचलित फागुपर्वलाई भक्तपुरमा विशेषगरी यौन रसयुक्त गीत गाउँदै स्थानीय धिमे बाजा खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरु आर्दशस्थित भिं द्यो(परदेशी भिमसेन) मन्दिर गएर समेबजी खाई एकापसमा अविर दलेर मनाउने गर्दछ ।
भक्तपुरमा फागु पर्वको सुरुवात नै अन्यत्रभन्दा भिन्न हुन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी चीर गाडेपछि फागु पर्व सुरु भएको मानिन्छ । तर भक्तपुरमा फागु पर्व सुरु भएको जनाउ दिन दत्ता...










