Thursday, July 9

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी

नेपालअखबार, दुबई । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानै इरानी ड्रोनले आक्रमण गरेको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गरेको थियो, जसका कारण उक्त क्षेत्रमा ठूलो आगलागी भएको हो।

Advertisement

कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै आधिकारिक प्रवक्ता अब्दुल्लाह अल राज्हीले प्रारम्भिक रिपोर्ट अनुसार आक्रमणबाट भौतिक क्षति मात्र भएको जानकारी दिएका छन्। घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।

Advertisement
Advertisement

आक्रमण लगत्तै अधिकारीहरूले आपतकालीन सुरक्षा संयन्त्र परिचालन गरेका थिए। दमकल र सम्बन्धित निकायका टोलीहरूले तत्कालै घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।

Advertisement

अहिले विमानस्थलको उक्त क्षेत्रलाई सुरक्षित राख्दै क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।