Wednesday, September 16

धर्म/संस्कृति

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो
धर्म/संस्कृति, प्रदेश ६, समाचार

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो

नेपाल अखबार, कर्णाली । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । ‘मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ,’ प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएका छौँ ।’ अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्गले अ...
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्‍यो दशैँको साइत
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्‍यो दशैँको साइत

नेपाल अखबार काठमाडाैं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ। नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ। घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागव...
इतिहासमा आज – मक्कादेखि मदिनासम्म मोहम्मदको हिजरत
धर्म/संस्कृति, समाचार, हाइलाइट-समाचार

इतिहासमा आज – मक्कादेखि मदिनासम्म मोहम्मदको हिजरत

नेपाल अखबार, एजेन्सि। आज २४ सेप्टेम्बर । सन् ६ सय २२ मा ईस्लाम धर्मका संस्थापक पैगम्बर महोम्मदले मक्कादेखि मदिनासम्म हिजरत (धार्मिक यात्रा) पूरा गरेका थिए । मोहम्मद आफ्नो समयका प्रभावशाली धार्मिक, राजनीतिक तथा सामाजिक नेता हुन् । मक्कामा उनको जन्म ५ सय ७० मा भएको थियो । उनी जन्मनुअघि नै बाबुको निधन भइसकेको थियो, ६ वर्षको छँदा आमाको निधन भयो । ८ वर्षको छँदा हजुरबुबाको निधन भएपछि मोहम्मदलाई हुर्काउने काम काका अबु तलिबले गरे ।  सुरुमा मक्कामै बसेर मोहम्मदले व्यापार गरिरहेका थिए । यसक्रममा उनी एक सत्यवादी तथा इमान्दार व्यक्तिका रुपमा प्रसिद्ध थिए । उहाले ४०बर्षको उमेरमा नुबुवत(आफू अल्लाहका सन्देष्टा भएको कुरा)अरुको अघि घोषणा गर्नुभएको थियो। यसपछि उनले इस्लाम धर्मअनुसार एक ईश्वर  अल्लाहकाे प्रथाना गर्न सल्लाह दिए । मक्कामा उनले झन्डै १ सयको हाराहारीमा आफ्ना अनुयायीहरु बनाएका थिए । तर, यी अनुयाय...
पशुपतिनाथ मन्दिर खोल्ने तयारी
धर्म/संस्कृति, समाचार

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

नेपाल अखबार, काठमाडौं । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ ।  कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई–दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताए । मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए । कार्यकारी निर्देशक डा.खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्...
असोज २ गतेदेखि ३० गतेसम्म मलमास
धर्म/संस्कृति, समाचार

असोज २ गतेदेखि ३० गतेसम्म मलमास

नेपाल अखबार, पाेखरा। यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ । महिनामा दुईवटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् । असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् । द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।। अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्...
तनहुँको देवघाटमा शालिग्राम संकलन गरिदै
धर्म/संस्कृति, समाचार, समाज

तनहुँको देवघाटमा शालिग्राम संकलन गरिदै

नेपाल अखबार, दमौली । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ । निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको हो । क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिनुभयो । कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल शुरु गरेको उहाँले जानकारी दिनुभयो । “वेदशास्त्रमा पनि गण्डकी र शालिग्रामको विशेष महिमा रहेको बताइन्छ, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा हुन्”, उहाँले भन्नुभयो, “कतिपयले श...
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

नेपाल अखबार, जनकपुर। सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् ।  यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्...
रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

नेपाल अखबार, काठमाडाैं। कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले बताए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीहरुको भनाइ छ । “पितृपक्ष समेत परेका बेलामा कसरी साइत दिन मिल्छ ? कोरोनाको त्रास फैलिरहेका बेला उपत्यकामा चैत्र शुक्ल पक्षमा मनाइने सेतो मच्छिन्द्रनाथ, भक्तपुरमा वैश...
आज दिउँसो मच्छिन्द्रनाथको रथ तान्ने तयारी
धर्म/संस्कृति, समाचार, समाज

आज दिउँसो मच्छिन्द्रनाथको रथ तान्ने तयारी

नेपाल अखबार, काठमाडाैं। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ। यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याएर राख्ने तयारी भएको हो। १८ भदौमा स्थानीय युवाले निषेधाको अवज्ञा गर्दै जबर्जस्ती रथ तान्दा ललितपुरको पुल्चोक क्षेत्र दिनभर तनावग्रस्त भएको थियो। तनाव मत्थर पार्न १९ भदौमा स्थानीय प्रशासनले ललितपुरको चत्रपथ क्षेत्रमा कफ्र्यु लगाएको थियो। आज बिहानैदेखि १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए । ‘मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा...
आज हरितालिका तीज
धर्म/संस्कृति, समाचार, समाज

आज हरितालिका तीज

नेपाल अखबार, पाेखरा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।    धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्म...