तीन हजार एकसय ७५ गुम्बालाई मान्यता प्रदान
नेपालअखबार,काठमाडौँ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार एकसय ७५ गुम्बालाई मान्यता दिएको छ ।
देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी एकसय पाँच गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो ।
लामा धर्म गुरुको बौद्ध दर्शन सम्बन्धी अध्ययन तथा विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक होमबहादुर दोङले जानकारी दिए । उनका अनुसार बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण, संवर्द्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्न स्थापित समितिले पञ्च वर्षीय रणनीतिक योजना–२०७१ समेत तयार गरी त्यसका आधारमा भौतिक रुपले जीर्ण गुम्बाको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गरिएको छ ।
समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्द्धन तथा नेपालमा रहेका गुम्बा, विहार, वहा, वहीलगायत बौद्ध सम्पदाको संरक्षण गर्दै ...









