पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
नेपालअखबार,तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो ।
चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक अनुभूति हुन्छ । यहाँ अन्य स–साना थुप्रै गुफा छन् । प्राकृतिक रूपमै मिलेर बसेका ढुङ्गाका थाक, ठुल्ठूला चट्टान, पहरा, विभिन्न प्रजातिका वनस्पति र चराचुरङ्गीक...










