कास्कीमा थप २ जनामा कोरोना पुष्टि गण्डकीमा थपिए १९ संक्रमित
नेपाल अखबार, पोखरा । कास्कीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार दिउसो पोखरा महानगरपालिकाका एक ४० बर्षीय पुरुष र मादी गाउँपालिकाका १९ बर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सम्बधित पालिकाको क्वारेन्टिनमा रहेका उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याउने तयारी भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा आइबार दिउसो थप १९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।
आइबार दिउसो कास्कीका २ जना सँग, बागलुङका ५ जना स्याङजाका १० जना, तनहुँका १ जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यस अघि आइबार बिहान प्रदेशका बागलुङ, म्याग्दी, पर्वत र तनहुँ जिल्लाका थप १६ जनामा कोरोना भाइरस पुष...
