Saturday, April 25

प्रदेश ६

कर्णाली प्रदेशमा सल्यानका ६ सहित थप ११ जनामा संक्रमण पुष्टि
प्रदेश ६, समाचार, स्वास्थ्य

कर्णाली प्रदेशमा सल्यानका ६ सहित थप ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार,  सुर्खेत ।  कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सो प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार पुष्टि हुने संक्रमितमध्ये ६ जना सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका पुरुष हुन्। तीमध्ये बनगाड कुपिन्डे २, ३, ५ र ६ वडाका एक–एक जना र सो नगरपालिकाको वडा नम्बर ४ का दुई जना छन्। त्यसैगरी सुर्खेत भेरीगंगा नगरपालिका ७ र ८ का एक–एक जना पुरुष, दैलेख महावु गाउँपालिका १ का एक पुरुष र एक महिला र रुकुम पश्चिम मुसिकोट नगरपालिका १२ का एक पुरुष छन्।...
भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो
प्रदेश ६

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो

नेपाल अखबार, सुर्खेत । रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या १९औँ गुणाले बढेर आयो । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे आउने क्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिक कर्णाली भित्रिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए। ‘कर्णाली भित्रिनेमा सबैभन्दा बढी नागरिक दैलेखका करिब १४ हजार र दोस्रोमा सुर्खेतका ११ हजार २४२ नागरिक रहेका छन्’, उनले भने– ‘त्यस्तै, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार ५२१, सल्यानका तीन हजार ५१८, रुकुमपश्चिमका एक हजार ४४७, मुगुका एक हजार ३५०, जुम्लाका एक हजार २५७ र हुम्लाका २७५ नागरिक कर्णाली प्रवेश गरेका छन् ।’ डोल्पा जिल्लामा भने भारतबाट आउनेको ...
बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ
प्रदेश ६, राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

बलात्कार प्रयासको आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

नेपाल कम्युनिस्ट पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका अक्कल रावल बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) आरोपमा पक्राउ परेका छन् । फागुन १५ गते एक महिलाले दायर गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले खबरहबलाई जानकारी दिए । एसपी गिरीका अनुसार जिल्ला अदालत कैलालीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति दिएको थियो । बुधबार प्रदेश सभा बैठकमा सहभागी हुन धनगढी आएको अवस्थामा रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रावल पक्राउ गरेको विषयमा सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभा अध्यक्ष (सभामुख)लाई समेत जानकारी गराइएको जनाएको छ । रावल अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । उनी तत्कालीन नेकपा माओवादी केन्द...
शनिबार एकाबिहानै भूकम्पको धक्का
प्रदेश ६

शनिबार एकाबिहानै भूकम्पको धक्का

शनिबार बिहानै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३।७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।