Monday, July 27

प्रशासन

सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिँदै
प्रशासन, समाचार

सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिँदै

नेपालअखबार, काठमाडाै । ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ। विसं २०२८ अघिसम्म यहाँको कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो। दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँले सुन्दरी तोपलाई आज गढीमा पुनःस्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनले गढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिने गरी हस्तान्तरण गर्न लागिएको बताए। गुल्मपति चौलागाईँले सुन्दरी तोप यहाँको ऐतिहासिक कोतगढीमा पुनःस्थापना गरेपछि दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। विसं २०२८ मा कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्‍याइएको थियो। सुन्दरी तोप ५० वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन। संघीयतापछि यहाँका राज...
मन्त्री आलेले जोगाइदिए निगमको ३५ लाख फजुल खर्च
प्रशासन, समाचार, हाइलाइट-समाचार

मन्त्री आलेले जोगाइदिए निगमको ३५ लाख फजुल खर्च

विलम विष्ट,  काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफु निकट कर्मचारी र आसेपासेलाई १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइ दिएका छन् । निगमको वाइडबडी विमान अन्नपुर्ण (A330, 9N–ALY) जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ । तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछी मन्त्री आलेले फजुल खर्च रोकेका हुन् । यो निर्णयले कोभिड महामारीक...
घुस प्रकरणमा मुछिएका न्यायाधीश कोइरालामाथि छानबिन गर्न जाँचबुझ समिति गठन
प्रशासन, समाचार

घुस प्रकरणमा मुछिएका न्यायाधीश कोइरालामाथि छानबिन गर्न जाँचबुझ समिति गठन

नेपालअखबार, काठमाडाैं । घुस प्रकरणमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको छ । ४५ दिनको समय दिएर प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको छ । न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहने गरी जाँचबुझ समिति गठन गरिएको छ । समितिलाई यसबारे सत्य तथ्य बुझी छानबिन गरी प्रतिवेदन पेस गर्न ४५ दिनको समय दिइएको छ । न्याय परिषद् ऐन, २०७३ को दफा १७, १८ र १९ मा उच्च तथा जिल्ला अदालतका न्यायाधीशमाथि छानबिन गर्नेबारे उल्लेख छ । दफा १७ मा उजुरीको अध्ययन गर्ने उल्लेख छ भने दफा १७ बमोजिम अध्ययन गर्दा कैफियत देखिएमा दफा १८ बमोजिम प्रारम्भिक छानबिन गर्ने व्यवस्था छ । प्रारम्भिक ...
गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु
प्रशासन, समाचार

गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जग्गाको बर्गीकरण गर्ने आधारको रुपमा रहेको भू-उपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण नभइसकेको र अनिश्चितकालसम्म जग्गा धितो बन्धी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कुरामा अनुचित असर पर्न जाने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ । अदालतको यो ...
आउँदो  वर्षबाट दूतावासबाटै  मतदाता नामावली संकलन हुन्छ : थपलिया
प्रशासन, समाचार

आउँदो वर्षबाट दूतावासबाटै मतदाता नामावली संकलन हुन्छ : थपलिया

नेपालअखबार, काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् । काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तत्पर छ । जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मतगणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार छ ।’ साथै उनले कानुनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण रहेको बताए । थपलिया भन्छन्, समानुपातिक निर्वाचन प्रणालीतर्फक...
प्रशासन, समाज
नेपालअखबार, काठमाडाैं। दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिन्छु भनी सात लाख रूपैयाँ ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो काठमाडौंको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालकसमेत रहेका कार्कीले दुबईको आर्म्स गार्डमा एक लाखसम्म मासिक तलब हुन्छ भनी पीडितसँग सात लाख ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।...
तनहुँमा एकैदिन पक्राउ परे २६ फरार प्रतिवादी
प्रशासन, समाचार

तनहुँमा एकैदिन पक्राउ परे २६ फरार प्रतिवादी

नेपाल अखबार,तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार एकैदिन २६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका प्रतिवादी छन्। वन मुद्दामा नौ वर्षदेखि फरार ऋषिङ गाउँपालिका–५ पीपलटार बस्ने ५२ वर्षीय कुलबहादुर दरै पक्राउ परेका छन्। निजलाई जिल्ला अदालतले विसं २०६८ असार २३ गतेको फैसलाले पाँच महिना २६ दिन कैद र रु ३८ हजार २२० जरिमाना तोकेको थियो। त्यस्तै प्रहरीले जारी, कुलोपानी, मानिसक तथा शारीरिक हिंसा र सवारी ज्यान मुद्दामा एक-एक, वन, नाता कायम, लुटपिट, करकाप, जालसाजी, लागुऔषध र गालीबेइज्जती मुद्दामा दुईदुई, कुटपिट मुद्दामा तीन तथा सम्बन्धविच्छेद मुद्दामा चार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पक्राउ परेकाहरूलाई ७० हजार १०४ र...
वडा अध्यक्षको मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ
प्रशासन, समाचार

वडा अध्यक्षको मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

नेपालअखबार, रौतहट । तीनदिन अघि चोरी भएएको रौतहटको कटहरिया नगरपालिकाका एकजना वडा अध्यक्षको मोटरसाइकलसहित दुईजना चोर पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा उनीहरु पक्राउ परेका हुन्। कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको गत २३ गते चोरी भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कटहरिया–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारको छोरा १८ का जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको छोरा २० का सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले बताएका छन । उनीहरुमाथि चोरी सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धानको लागि जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाएको डिएसपी रावलले जानकारी दिए । वि...
बागलुङ नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द
प्रशासन, समाचार, स्वास्थ्य

बागलुङ नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

नेपालअखबार, बागलुङ। नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारीयुक्तप्रसाद सुवेदीले जानकारी दिए । नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुिष्ट भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उनले बताए । बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ । नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्...
कर्मचारीमा कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय बन्द, सेवाग्राहीलाई सचेत रहन आग्रह
प्रशासन, समाचार, स्वास्थ्य

कर्मचारीमा कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय बन्द, सेवाग्राहीलाई सचेत रहन आग्रह

नेपाल अखबार, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीमा कोरोना संक्रमण भएपछि अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको छ । सो कार्यालयका ५ जना कर्मचारीमा पीसीआर परीक्षण गर्दा ४ जना कर्मचारीमा संक्रमण देखिएकोले अर्को सूचना जारी नहुञ्जेलका लागि आइतबारबाट सेवा प्रवाह बन्द गरिएको कार्यालय प्रमुख शम्बरबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए । कार्यालयको गेटमा बस्ने सुरक्षा गार्ड, पैसा तिर्ने ठाउँमा रसिद काट्ने, लाइसेन्स वितरण गर्ने कर्मचारीमा संक्रमण देखिएको हो । ३ दिनअघि स्वाव दिएर काम गरिरहेका उनीहरुको शनिवार कोरोना पोजिटिभ रिर्पोट आएपछि कार्यालय बन्द गरिएको कार्कीले जानकारी दिए । यस्तै यातायात व्यवस्था कार्यालय सानो भ¥याङ, भक्तपुरको जगतेमा रहेको कार्यालयका कर्मचारीमा पनि संक्रमण देखिएपछि बन्द रहेका छन् । कार्यालय प्रमुख कार्कीले शनिवारअघिसम्म सेवा लिन आएका सेवाग्राहीलाई आफूम...