अब भारतले भन्सारमा सामान पुग्नुअघि नै सूचना पठाउने
नेपालअखबार,काठमाडौँ । नेपाल र भारतबिच निकासी गरिने वस्तु भन्सारमा आइपुग्नुअघि नै त्यससम्बन्धी सूचना आदान–प्रदान गर्ने समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
जोखिम व्यवस्थापनमार्फत भन्सार नियन्त्रण प्रभावकारी बनाउँदै व्यापार सहजीकरण गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो ।
बुधबार भारतको नयाँ दिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट सीबीआईसीका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका छन् । यसले नेपाल–भारत व्यापार सहकार्यमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रमुख व्यापारिक साझेदार मुलुकहरूबिच निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदान–प्रदान गर्ने व्यवस्था हुँदै आएको छ ।
यही अभ्यासलाई आत्मसात् गर्दै भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) र नेपाल भ...









