Sunday, May 31

प्रशासन

मतदाता नामावली संकलन उत्साहजनक: निर्वाचन आयोग
प्रशासन, समाचार

मतदाता नामावली संकलन उत्साहजनक: निर्वाचन आयोग

नेपालअखबार,काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ। यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन्। आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ। मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएक...
दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो
प्रशासन, समाचार

दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको छ । आज मात्रै चार वटा दल दर्ताको निवेदन आयोगमा पुगेको छ। ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन पनि पुगेको छ । यसको नेतृत्वमा योगेन्द्र मण्डल रहने भनिएको छ । चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी र रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल नाम दल दर्ताको निवेदन पुगेको छ। खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको लागि पुगेको छ । यो पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्तावित छ । यसअगाडि नवराज सुवेदीको नेतृत्वमा जनयुग पार्टी दर्ताको निवेदन पुगेको छ । यो पार्टीले केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण,...
दलहरूलाई निर्वाचन आयोगले भन्यो– मतदाता नामावली दर्ताको प्रचार गरिदिनू
प्रशासन, समाचार

दलहरूलाई निर्वाचन आयोगले भन्यो– मतदाता नामावली दर्ताको प्रचार गरिदिनू

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सूचना निकालेर आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई समेत यस्तो आग्रह गरेका छन् । ‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ’ सूचनामा उल्लेख छ । मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले मात्र मतदान गर्न पाउँछन् । हालसम्म पनि नामावलीमा नाम दर्ता गर्न छुट भएको भए आफ्नो नागरिकता सहित आयोगको वेभ ठेगानामा गएर प्रि–रजिष्ट्रेसन प्रणाली मार्फत आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको दिन, समय र स्थानमा गई फोटो र बायोमेट्...
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
प्रशासन, समाचार

सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य

नेपालअखबार,काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई बाहिरी भेटघाटमा कडाइ गरिएको जनाएको छ । अबदेखि सशस्त्र प्रहरीका कुनै पनि दर्जाका कर्मचारीले उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि वा सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । बिहीबार मातहतका सबै कार्यालयमा परिपत्र गर्दै भेटघाटसम्बन्धी आचरण नियमावली (स्थायी आदेश) लागू गरेको सशस्त्र प्रहरीका डिएसपी तथा प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी कर्मचारीहरूले अधिकारिक अनुमति बिना हुने भेटघाट वा छलफलले संगठनको मर्यादा र राष्ट्रिय सुरक्षामा असर पार्ने भन्दै निषेध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राज्यप्रदत्त जिम्मेवारीमध्ये आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्ता संवेदनशील कार...
थपिए १ लाख ३६ हजार ६० जना नयाँ मतदाता
प्रशासन, समाचार

थपिए १ लाख ३६ हजार ६० जना नयाँ मतदाता

नेपालअखबार,काठमाडौं । एक लाख ३६ हजार ६० जना थपिए नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार आज साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार थपिने मतदाताको संख्या एक लाख ३६ हजार ६० जना रहेको छ । आज मात्रै ११ हजार १९७ जना नयाँ मतदाता थपिएका छन् । हालसम्म थपिएका नयाँ मतदातामा ८१ हजार ८६४ र महिलाको संख्या ५४ हजार १७८ र अन्य १८ जना रहेका छन् । निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । जारी मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहनेछ । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ । आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्ने...
राहदानी वितरण चाँडै नै सहज हुन्छ : परराष्ट्र मन्त्रालय
प्रशासन, समाचार

राहदानी वितरण चाँडै नै सहज हुन्छ : परराष्ट्र मन्त्रालय

नेपालअखबार,काठमाडौँ । परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी केही न्यून संख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । बाहिर प्रचारमा आएजस्तो राहदानीको अभाव नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी कार्य तीव्र रूपमा भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, 'हामी अहिले नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ‘हेण्डओभर–टेकओभर’को संक्रमणकालीन अवस्थामा छौँ । नयाँ खरिद सम्झौताबमोजिम नयाँ सेवा प्रदायकले आगामी फागुन ११ गतेदेखि राहदानी उत्पादन प्रारम्भ गर्ने निश्चित भएको छ ।' ...
आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने
प्रशासन, समाचार

आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने

नेपालअखबार,काठमाडौं । आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने भएको छ । निर्वाचन आयोगले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आचारसंहिता तर्जुमा गरिरहेको छ । जसमा कडाइ गरिने प्रावधानहरू राख्न खोजिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतको भन्दा यो पटकको निर्वाचन विशेष परिस्थितिमा भइरहेको कारण निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने बताउँछन् । उनी भन्छन्, ‘२०७९ सालमा भएको निर्वाचन र २०८२ सालमा हुने निर्वाचनमा थोरै भिन्नता रहेको छ । ०७९ सालका आवधिक निर्वाचन भएको थियो । अहिले आन्दोलनको जगमा हुन लागेको निर्वाचन हो ।’ आन्दोलनको जगमा निर्वाचन भइरहेको कारण आचारसंहिता कार्यान्वयन आयोगले गम्भीरताका साथ काम गर्ने उनको प्रतिवद्धता छ । उनी थप्छन्, ‘गत ०७९ मा भएको निर्वाचनमा आचारसंहिता कार्यान्वयन गराउने भूमिका मैले नै निर्वाह गरेको थिएँ ।...
बहुविवाहका दोषी एमाले नेता पासाङ शेर्पा पक्राउ
प्रशासन, राजनीति, समाचार

बहुविवाहका दोषी एमाले नेता पासाङ शेर्पा पक्राउ

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् । अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् ।अशोक राईसँग छुटेर पछि उनी डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए । पछि माओवादी केन्द्र हुँदै एमालेमै लागेका थिए ।...
प्रहरीको केन्द्रीय प्रवक्तामा अविनारायण काफ्ले
प्रशासन, समाचार

प्रहरीको केन्द्रीय प्रवक्तामा अविनारायण काफ्ले

नेपालअखबार, काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेलाई दिइएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी काफ्लेलाई मंगलबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो । यसअघिका डीआईजी विनोद घिमिरेको सरुवा भएपछि डीआईजी काफ्लेलाई उक्त जिम्मेवारी दिइएको हो । सरकारले सोमबार मात्रै पाँच जना डीआईजी बढुवा गरेको थियो भने अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए ।...
निर्वाचन आयोगलाई प्रतिनिधि सभा सदस्य चुनावको लागि चाहिन्छ ७९ प्रकारका सामग्री
प्रशासन, समाचार

निर्वाचन आयोगलाई प्रतिनिधि सभा सदस्य चुनावको लागि चाहिन्छ ७९ प्रकारका सामग्री

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कुल ७९ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूची बनाएको छ। त्यसमध्ये नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। निर्वाचनमा मतपेटिका, औंलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारमलगायत सामग्री आवश्यक पर्ने उनको भनाइ छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री स्थानीयस्तरमै किन्न सकिने साम...