Monday, June 1

प्रशासन

डा .निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट
प्रशासन, समाचार

डा .निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट

नेपालअखबार, काठमाडौँ । आफूलाई अभियन्ता र देशको प्रधानमन्त्रीकै दाबेदारको रूपमा प्रस्तुत गर्दै आएका डा निकोलश भुसालको स्वास्थ्य जाँच हुँदा लागू औषध गाँजा सेवन गरेको पुष्टि भएको छ । बिहीबार राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनको स्वास्थ्य जाँच गर्दा लागु औषध गाँजा सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । उनले लागू औषध सेवन गरेको पुष्टि भएसँगै सुधार गृहमा राख्ने सर्तमा दाइको जिम्मा रिहा गरिएको भट्टराईले बताए । आजै माइतीघरबाट पक्राउ परेका उनीसहित सबै ४४ जनालाई रिहा गरिएको छ ।...
राहत सामग्रीको गुणस्तरीयता कायम नगरे महामारी फैलिनसक्छ : स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार, समाज

राहत सामग्रीको गुणस्तरीयता कायम नगरे महामारी फैलिनसक्छ : स्वास्थ्य मन्त्रालय

नेपालअखबार,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दूषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहीन भए विपद्‍ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् । ‘मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुएन भने अबको एक/दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मा...
डेरामा बस्नेले परिचय खुल्ने कागजात घरधनीलाई देखाउनुपर्ने
प्रशासन, समाचार, समाज

डेरामा बस्नेले परिचय खुल्ने कागजात घरधनीलाई देखाउनुपर्ने

नेपालअखबार,काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ। मेयर प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगरक्षेत्रको शान्ति सुरक्षासम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध गर्ने निर्णय गरेको हो। बैठकले टोखाभित्रका प्रत्येक घरधनीले आफ्नो घरमा बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात संलग्न गर्ने र बहालमा बस्ने व्यक्तिले कुनै शङ्कास्पद गतिविधि गरिरहेको देखिएमा नजिकको सुरक्षा निकायलाई खबर गर्ने निर्णयसमेत गरेको छ। यसैगरी स्थिति सामान्य नहुञ्जेल अत्यावश्यक अवस्थामा बाहेक राति ९ बजेपछि घरबाहिर ननिस्कन, व्यापार–व्यवसाय पनि रातिको ९ बजेपछि बन्द गर्नका लागि अनुरोध गर्ने निर्णय बैठकले ...
दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
प्रशासन, राजनीति, समाचार

दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

नेपालअखबार, काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो । गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ । त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर भएको छ । अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ । २८ असार, २०८२ मा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो । कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गरिदिने आश्वा...
नेपाल र जर्मन सरकारबिच विभिन्न सम्झौतामा हस्ताक्षर
प्रशासन, समाचार

नेपाल र जर्मन सरकारबिच विभिन्न सम्झौतामा हस्ताक्षर

नेपालअखबार, काठमाडौँ । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबिच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका छन् । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोग स्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय विवरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ । यो परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्व...
साइबर ब्युरोले लियो महेश बस्नेतको बयान
प्रशासन, समाचार

साइबर ब्युरोले लियो महेश बस्नेतको बयान

नेपालअखबार, काठमाडौं । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले बतायो । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो । त्यसैले उनी बयानका लागि बुधबार बिहान ब्युरो पुगेका हुन् । उनको बयानको काम भइरहेको स्रोतले जनायो...
सामाजिक सञ्जालमा प्रहरीविरुद्ध जथाभाबी लेख्ने पक्राउ
प्रशासन, समाचार, समाज

सामाजिक सञ्जालमा प्रहरीविरुद्ध जथाभाबी लेख्ने पक्राउ

नेपालअखबार, स्याङ्जा । सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार 'पुष्पक' नामको फेसबुक पेज सञ्चालन गरी फोटोसहित आपत्तिजनक विवरण पोस्ट गर्ने पुष्पक थापालाई पक्राउ गरिएको हो। ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ को बासिन्दा रहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक कमल नेपालीले थापालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए।...
५७०० कैदीबन्दी अझ फरार छन्
प्रशासन, समाचार, समाज

५७०० कैदीबन्दी अझ फरार छन्

नेपालअखबार,काठमाडौं ।  जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन्। मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए। त्यसमध्ये सोमबार अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन्। गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो। ठूलो संख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर...
असारयता १८ प्रहरी आफूखुशी गैरहाजिर, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
प्रशासन, समाचार

असारयता १८ प्रहरी आफूखुशी गैरहाजिर, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। आफूखुशी गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन्। मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत प्रहरी सहायक हवलदार निजामुद्दिन पठान साउन १ गतेदेखि गैरहाजिर छन्। अर्का सहायक हवलदार देवराम लावड साउन ११ गतेदेखि गैरहाजिर छन्। उनी इलाका प्रहरी कार्यालय चिसापानी कैलालीमा कार्यरत थिए। इलाका प्रहरी कार्यालय यदुकुवा, धनुषामा कार्यरत प्रहरी जवान रोहल्ला राय भाट असार २ गतेदेखि सम्पर्कविहीन छन्। अरू प्रहरी जवानहरू साउनको विभिन्न मितियता गैरहाजिर छन्। प्रहरी प्रधान कार्यालयले...
वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग
प्रशासन, समाचार, समाज

वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग

नेपालअखबार,काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आइतबार अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि आइतबार बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको छ ।-रासस  ...