७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन
नेपालअखबार, काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका स्थानीय तहहरूलाई तीन महिनाका लागि 'विपद् सङ्कटग्रस्त क्षेत्र' घोषणा गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै रसुवा र नुवाकोट लगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको जानकारी दिएका हुन्।
मन्त्री खनालका अनुसार बुधबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्प र त्यसपश्चात् झरेको हिमपहिरोका कारण भोटेकोशी नदीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान छ। बाढीले रसुवा र नुवाकोटका टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, बट्टार र देवीघाट लगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको छ।
बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको र उनीहरूको सनाखत हुन बाँकी रहेको छ। विपद्मा परी टिमुरे र मैलुङ पोस्टका ४४ जना नेपाली सेना, २६ जना नेपाल प्रहरी र ९ जना सशस्त्र प्रहर...










