Thursday, July 30

प्रशासन

पाल्पाको रिब्दीकोटमा २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार
प्रशासन, समाचार, समाज

पाल्पाको रिब्दीकोटमा २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

नेपालअखबार, बुटवल । पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ । वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले यस्तेा व्यवस्था गरेको जनाएको छ । यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले १२ जनाले अहिले पुरस्कार प्राप्त गर्ने भन्दै वडा कार्यालयले आउँदो वर्ष कार्यक्रमलाई थप बजेट छुट्याउने जनाएको छ । दुईभन्दा बढी सन्तान जन्माएर वडामा जन्मदर्ता गर्न आउनेलाई पुरस्कार स्वरूप पाँच हजार रुपैयाँ दिने वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए । जनसंख्या बढी भएको देशमामात्रै विकास भएको भन्दै जनसंख्या कम भएकाले पनि गाउँका खेतबारी बाँझै भएको उनको दाबी छ । व...
निर्वाचन आयोगको निर्णय : समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने
प्रशासन, समाचार

निर्वाचन आयोगको निर्णय : समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ ।...
मध्यपहाडी राजमार्ग : बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द
प्रशासन, समाचार

मध्यपहाडी राजमार्ग : बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द

नेपालअखबार, बागलुङ । ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक पाँचपटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ । पाँचपटक म्याद थप भइसक्दासमेत असार मसान्तसम्म सडक कालोपत्र गर्नुको सट्टा सडक अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरिएको हो । लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये बागलुङ जिल्ला सदरमुकाम खण्डतर्फको जम्मा २५ किलोमिटर सडकखण्डमात्रै कालोपत्र गर्न बाँकी छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्डको १२ किमी सडक कालोपत्रको जिम्मा...
लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न
प्रशासन, समाचार

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

नेपालअखबार, पाेखरा । पाेखरामा लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएकाे छ ।  लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा लागू औषध विरुद्धको ऐक्यवद्दतास् व्यक्ति समाज र राष्ट्रको प्रतिवद्दता” भन्ने मूल नाराका साथ प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा कास्की जिल्लाका प्रमुख जिल्लाअधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्यता तथा  विभिन्न आमा समूह, संघ संस्था, विद्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक सेवा केन्द्र तथा सरोकारवाला निकायहरुको सहभागितामा विभिन्न नारा सहितको प्लेकार्ड, व्यानर तथा पर्चा पम्प्लेटको साथमा पोखरा म।न।पा। वडा नं।९ पृथ्वीचोक स्थितबाट सभागृह चोक सम्म र्‍याली निकाली एक कार्यक्रमका वीच समापन गरिएको ।...
काठमाडौँका युवालाई रोजगार दिन ‘श्रम बैंक’
अर्थ, प्रशासन, समाचार

काठमाडौँका युवालाई रोजगार दिन ‘श्रम बैंक’

नेपालअखबार, काठमाडौँ । काठमाडौं महानगर भित्रका युवालाई रोजगारी दिन श्रम बैंक स्थापना गरिने भएको छ । काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ‘श्रम बैंक’मार्फत स्थानीय युवालाई रोजगारीको प्रबन्ध गर्ने योजना बनाएको हो । यस योजनाका लागि महानगरले १० करोड रुपैयाँ विनियोजन गरेको छ । र, यो योजना अन्तर्गत महानगर क्षेत्रभित्रका युवालाई स्वर्णिम योजनामा आबद्ध गराएर सिप तथा क्षमता विकास गरेर रोजगारीको अवसर सृजना गर्ने योजना बजेटमा समेटिएको छ ।...
वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क
प्रशासन, राजनीति, समाचार

वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

नेपालअखबार, काठमाडौं । शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय रुपयाँ लिने गरिएको थियो । ‘वीर अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । दुई सय रुपैयाँ तिर्नका लागि उनीहरुलाई सहज हुँदैन’ न्याम्सका रेक्टर डा. लोचन कार्कीले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय गरेका हौं ।’ तर, ब्याबिन र आइसियू बेडको भने शुल्क लाग्नेछ । रेक्टर डा. कार्कीका अनुसार जनरल बेड सबै निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुन्छ । शल्यक्रिया, सिटी स्क्यान लगायतका सेवा बढाउने तथा खर्चको मितव्ययिता गरेर जनरल बेड निःशुल्क गर्न लागिएको डा. कार्कीले बताए...
जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार
प्रशासन, समाचार

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

नेपालअखबार, काठमाडाैं। आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखरापुरका नरेश श्रेष्ठ भन्छन्, 'यही बर्खामा काम नसके ठेकेदारको हिसाब विग्रन्छ ।' शंखरापुरको जस्तै कथा गोकर्णेश्वरमा पनि देखिन्छ । मनसुन सुरु भएसँगै गोकर्णेश्वर नगरपालिका १ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ । शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हाल्यो तर त्यही रात ठुलो पानी परेपछि अलकत्रा बग्यो । जोरपाटी गोकर्ण सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्रेको काम सुरु गरिए पनि बर्खा लागिसकेकाले स्थानीय दुःखी छन् । 'आठ वर्षदेखि अलपत्र काम बल्ल सुरु भएको छ,...
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि नागरिकता पाउने बाटो खुल्यो
प्रशासन, समाचार, हाइलाइट-समाचार

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि नागरिकता पाउने बाटो खुल्यो

नेपालअबार, काठमाडाैं। सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  बिहीबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । यससँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको विधेयक कार्यन्वयनमा यसअघि लागेको रोक हटेको छ । अघिल्लो संसदबाट पास भएर प्रमाणीकरणका लागि पठाएको विधेयक पछिल्लो संसद र त्यसबाट निर्वाचति राष्ट्रपतिले प्रमाणीकरण गरेको कारण त्यो कानुनसँग बाझिएको भन्दै सर्वोच्चमा रिट पुगेको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने तथा डा.सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ र अ...
चिनियाँ जहाज पोखरा विमानस्थलमा सफल अवतरण
पर्यटन, प्रशासन, समाचार, हाइलाइट-समाचार

चिनियाँ जहाज पोखरा विमानस्थलमा सफल अवतरण

नेपालअखबार, पोखरा । अङ्ग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट बुधबार पहिलो उडान भएको हो । चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झरेका हुन् । जेठ २७ गते अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो चीन भ्रमणमा गएका थिए ।  चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थ...
‘आदिपुरुष’को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक
प्रशासन, समाचार

‘आदिपुरुष’को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक

नेपालअखबार, काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ विवाद दिन प्रतिदिन बढ्दो छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक्न एकपछि अर्काे गर्दै नेपाल महानगरपालिका अगाडि आउन थालेका छन् । यस्तैमा पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो । आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । फिल्म निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका पठाउँदै फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ । तर फिल्ममा समावेश विवादित सम्वाद हटाउने बिषयमा भने केही बताए...