Thursday, July 30

प्रशासन

नयाँ बसपार्कमा थपियो ५६ टिकट काउन्टर
प्रशासन, समाचार

नयाँ बसपार्कमा थपियो ५६ टिकट काउन्टर

नेपालअखबार, काठमाडौं। काठमाडौंबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६  टिकट काउण्टर थपिएको हो। यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो। काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो। काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा...
सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी
पत्रपत्रिका, प्रशासन, समाचार

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

नेपालअखबार, काठमाडौं । मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन। १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन्। सतर्कर्ता केन्द्रले  बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नौ जना कर्मचारी त खाजा खान तोकिएको समयमा भन्दा बाहिरको समयमा अनाधिकृत व्यक्ति फेला परेका छन्। यसरी विभिन्न वाहानामा हाजिर गरी तत्कालै बाहिर निस्कने कर्...
अवैधरूपमा औषधि पसल सञ्चालन गर्ने ८ भारतीय पक्राउ
प्रशासन, समाचार

अवैधरूपमा औषधि पसल सञ्चालन गर्ने ८ भारतीय पक्राउ

नेपालअखबार, कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो। दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरी औषधि बिक्री वितरण गर्दैआएका सूचना पाएपछी उनीहरूलाई पक्राउ गरिएको  कञ्चनपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर)  भरतराज गिरीले जानकारी दिए। पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्। उनीहरूमाथि थप अनुसन्धानका लागि स्वास्थ्य विभाग पठाइएको इन्सपेक्टर गिरीले जानकारी दिए।...
जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम
पत्रपत्रिका, प्रशासन, समाचार

जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम

नेपालअखबार, काठमाडौं । नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जिटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणाली) अन्तर्गत चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा सरकार जमानी बसेर खरिद गरिएको थियो।” पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत, नाफा दिन नसकेको लगायतका कारण निगमले यी जहाज बेच्ने प्रक्रियामा लगेको हो। ग्राउन्डेड गरिएका चिनियाँ जहाज बिक्री गर्न गत चैतको पहिलो सातामा अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि नेपाल आएर जहाजको मूल्याङ्कन गरेर फर्किसकेका छन्। मूल्याङ्कनको अन्तिम प्रतिवेदन आउन ...
नागरिकता विधेयकविरूद्धको रिट रेग्मी र फुयालको इजलासमा
प्रशासन, समाचार

नागरिकता विधेयकविरूद्धको रिट रेग्मी र फुयालको इजलासमा

नेपालअखबार, काठमाडाैं। नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार रेग्मी र फुयालको इजलासमा परेको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह रायत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो। साथै ‍प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय पनि झिकाउन आदेश दिएको थियो। यस विषयमा छलफल गर्न दुबै पक्षलाई मंगलबार बोलाएको थियो। आज दुबै पक्षले यस विषयमाथि बहस गर्नेछन्। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए।...
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने
प्रशासन, समाचार

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ । राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिए । त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ । त्यसपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।‘कुटनीतिक नियोगकै एक कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम नि...
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ
प्रशासन, समाचार

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता मधेस प्रदेशका ८ वटा जिल्लामा १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् । गृह मन्त्रालय दिएको तथ्यांकअनुसार मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउसमेत परेका हुन् । जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, पर्सामा १ हजार ३२१ वटा, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२० वटा, महोत्तरीमा २ हजार ३३६ वटा, धनुषामा २ हजार ६१५ वटा, सिरहामा २ हजार ९२० वटा तथा सप्तरीमा १ हजार ५७९ वटा मुद्दा दर्ता भएका छन् । कूल उजुरीमध्ये १३९ वटा छलफलमा रहेका छन् भने १२६ वटा मिलापत्र भएका छन् । धनुषा र सप्तरीमा २ जनाविरुद्ध मुद्दा दर्ता पनि गरिएको छ । यस्तै, ३ जना पुरुष र ४ जना महिला पक्राउ पनि परको छन् । अझै १५ हजार ९६१ मुद्दा फर्स्योट हुन बाँकी रहेको छ । ...
प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
प्रशासन, समाचार

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

नेपालअखबार, काठमाडाैं। सर्वोच्च अदालतले बाल सैनिक सम्बन्धी प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट दर्ता गर्न आदेश दिएको छ। माओवादीका पूर्वलडाकू लेनिन विष्टले आफूलाई बालसैनिकको रूपमा दुरूपयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। तर उक्त रिटमाथि जेठ १६ गते दरपीठ भएको थियो। दरपीठ भएको रिट निवेदन दर्ता गराउन शुक्रबार आदेश भएको हो। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उक्त आदेश दिएको हो। विष्टले प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोगलगायतविरूद्ध रिट दिएका थिए।...
समुदाय खोज तथा उद्दार प्रशिक्षण तथा सिमुलेशन सम्पन्न
प्रशासन, समाचार

समुदाय खोज तथा उद्दार प्रशिक्षण तथा सिमुलेशन सम्पन्न

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारको आयोजना तथागण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यबस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको ३ दिने समुदाय खोज तथा उद्दार ९ ऋयmmगलष्तथ कभबचअज बलम चभकअगभ ० सम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ ।उक्त प्रशिक्षण गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थको प्रमूख आतिथ्यतामा एक कार्यक्रमका विच समापन गरिएको छ । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुबाट भुकम्प, आगोलागी तथा खोचमा खसेका घाईते तथा मृतकहरुको खोज तथा उद्दार सम्बन्धी सिमुलेशन प्रदर्शन र सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण समेत गरिएको थियो । वर्षाको समयमा बाढी पहिरो लगायत अन्य प्रकारका विपद्माण परी खोचमा फस्ने घटनाहरु धेरै हुने गर्दछन, खोच तथा भिरको नजिक पुग्नु यो समयमा बढी खतरा हुन्छ । त्यस्तै घर तथा पसलहरुमा ग्यास तथा विद्युतिय सर्टबाटहुने आग...
किन गरिँदैछ मेलम्चीको वैकल्पिक पथान्तरण प्रणालीको गेट मर्मत?
प्रशासन, समाचार, समाज

किन गरिँदैछ मेलम्चीको वैकल्पिक पथान्तरण प्रणालीको गेट मर्मत?

नेपालअखबार, काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक पथान्तरण प्रणालीको ‘गेट’ मर्मत गरेको छ। मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ। प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने र गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। 'गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन,' उनले भने। आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो। पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ । गत मङ्गलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो। गेटको मर्मतका लागि बन्द गरिएको...