Wednesday, July 29

प्रशासन

विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण
प्रशासन, समाचार

विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण

नेपालअखबार, पोखरा  । नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य एवं नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । पोखरा ९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबार म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्बिर खिच्नेक्रममा प्रहरी हस्तक्षेपको निन्दा व्यक्त गरेको छ । युनियन कास्कीका तर्फबाट सचिव प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीको सो कदम प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्दै घटनामा संलग्नलाई कारबाही गरी पूणर् प्रेस स्वतन्त्रताको वातावरणको लागि माग गरिएको छ ।...
मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण
प्रशासन, समाचार

मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण

नेपालअखबार, काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरेको छ । आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचार प्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचार प्रसार गर्दा सरकारी साधन स्रोतक...
भोलिदेखि चुनावकेन्द्रित जुलुस र आमसभा गर्न पाउने
प्रशासन, समाचार

भोलिदेखि चुनावकेन्द्रित जुलुस र आमसभा गर्न पाउने

नेपालअखबार, काठमाडाैं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरुले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकार...
काँग्रेस उम्मेदवार जोशीलाई स्पष्टीकरण
प्रशासन, समाचार

काँग्रेस उम्मेदवार जोशीलाई स्पष्टीकरण

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ । कुश्मा नगरपालिका–१४ आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपि कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुद...
मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न
प्रशासन, समाचार

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

नेपालअखबार, पाेखरा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ । छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभात...
कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने
प्रशासन, समाचार

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्य...
दीपक मनाङेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
प्रशासन, समाचार

दीपक मनाङेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले मनाङ ‘ख’ का प्रदेशसभा उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) लाई स्पष्टीकरण सोधेको छ । उनले निर्वाचन खर्चको विषयमा गरेको टिप्पणीलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ३० लाखमा नेपालमा चुनाव जित्छ यार……मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनेको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले बताएको छ । गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा क्षेत्र नं. ‘ख’ को लागि तोकेको खर्चको सीमा २३ लाख रुपैयाँ रहेको छ । आयोगले मनाङेको अभिव्यक्ति प्रचलित निर्वाचन सम्बन्धी कानून र निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको हो र आयोगले मनाङेले दिएको अभिव्यक्ति सत्य हो भने मनोनयनपत्र दर्ता गर...
५१ जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ जिल्लामा ढुवानी सम्पन्न
प्रशासन, समाचार

५१ जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ जिल्लामा ढुवानी सम्पन्न

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएकाे छ । यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाइसकिएको छ । यद्यपी ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ । आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ ।...
महोत्तरी घटनाको छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
प्रशासन, समाचार, हाइलाइट-समाचार

महोत्तरी घटनाको छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

नेपालअखबार, काठमाडाैं । महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासेनी रहेका छन् । उक्त समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।...
मतदातालाई प्रलोभनमा पार्ने काम नहोस् : प्रमुख आयुक्त थपलिया
प्रशासन, समाचार

मतदातालाई प्रलोभनमा पार्ने काम नहोस् : प्रमुख आयुक्त थपलिया

नेपालअखबार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चाडपर्वको मौकामा मतदातालाई अवान्छित प्रलोभनमा नपार्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् । सोमबार तिहार र छठको शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन् । ‘चाडपर्वको मौका पारेर निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदाताहरुलाई अवान्छित रुपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधि नगर्न म सम्बन्धित सम्पूर्ण राजनीतिक दल, उम्मेवार र सबै मतदाताहरुमा हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावले राष्ट्रको जीवनमा सुशासन, समृद्धि र विकासको स्पष्ट मार्ग चित्र कोर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचन निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्ने बताएका छन् ।...