Saturday, May 30

मनोरञ्जन

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
मनोरञ्जन, समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी माघ १४ गतेदेखि सुरु हुने पार्टीको दसौँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठकले रिक्त स्थानमा केही नेताहरूलाई जिम्मेवारी समेत तोक्ने तयारी गरेको छ । गत भदौ ७ गते सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।...
मैले कथा भन्ने कोशिस गरेको हुँ : खनाल
मनोरञ्जन, समाचार

मैले कथा भन्ने कोशिस गरेको हुँ : खनाल

नेपालअखखबार, काठमाडौँ । चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बने । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पुर्याउनुपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले भने, “यसलाई कथामार्फत नै दर्शकसामु पुर्याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।” आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा वरिष्ठ कलाकारलाई स्थान दिएका छन् । उनीहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त हुने भएकाले चलचित्रमा अधिकांश पुराना कलाकारलाई स्थान दिए...
महिला फिल्मकर्मीको मर्यादित रोजगारीको लागि नीति बनाउन जोड
मनोरञ्जन, समाचार, समाज

महिला फिल्मकर्मीको मर्यादित रोजगारीको लागि नीति बनाउन जोड

नेपालअखबार, काठमाडौँ । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरूका लागि मर्यादित रोजगारी सिर्जना गर्न नीति बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन वुमनले फिल्म उद्योगमा काम गरिरहेको महलाहरुको अवस्था र उनीहरु मर्यादित पेशाबारे एक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले नीति निर्माणमा जोड दिएका हुन् । म्यारियट होटलमा आयोजित कार्यक्रममा फिल्म उद्योगमाथि अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जसमा नेपाली फिल्मको अवस्था, महिलाहरूको अवस्था, महिलाहरूको मर्यादित पेशा र श्रमको उचित मूल्य तथा महिलाहरूको रोजगारीको सुनिश्चितताबारे विषयहरु समावेश भएको थियो । फिल्म उद्योगका महिलाहरुलाई मर्यादित पेशाबारे सजग बनाउँदै दिगो रोजगारीको सिर्जनाका लागि आईएलओ नेपाल र युएन वुमनले सरकारबाटै नीति निर्माण गरी कार्यक्रम ल्य...
बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न
मनोरञ्जन, समाचार, समाज

बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न

नेपालअखबार, काठमाडौँ । नेपालकै सर्वाधिक बिधामा बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न भएको छ । चलचित्र बिकास बोर्ड चाबहिल, काठमाडौँमा शनिबार ६९ बिधामा ९३ जनालाई अवार्ड वितरण गरिएको हो । पुर्व युवा तथा खेलकुदमन्त्री एंव संघिय सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी, कलाकार, साहित्यकार गरी २७ जनालाई सम्मान प्रदान गरिएको थियो । पुर्वमन्त्री तामाङले कलाकारहरुको पेशालाई अझ हौसला बढाउन आयोजना गरेको अवार्ड कार्यक्रम प्रशंसानीय रहेको र आगामी दिनमा पनि निरन्तरताको शुभकामना दिए । त्यसैगरी वरिष्ठ कलाकार लय संग्रौलाले सबै कलाकारहरुको प्रतिनिधित्व गरी आफुले म्युजिक अवार्डलाई थप आगामी संस्करण भव्य पार्न शुभकामना दिए । त्यसैगरी युवा नेता अबिरल जिम्बाले फरक प्रसंगमा नेताहरुलाई पनि अवार्ड प्रदान गर्न व्यंग्यात्मक ढंगले ...
पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस
मनोरञ्जन, समाचार

पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस

नेपालअखबार,  पोखरा । पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस भएको छ । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा वक्ताहरु गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, गुरुङ चलचित्र निर्देशक कृष्ण कुमार गुरुङ, मगर चलचित्र निर्देशक मेजन पुन मगर र गुरुङ चलचित्र निर्देशक जसमाया गुरुङ(जशु) थिए । उनीहरुलाई चलचित्र पत्रकार संघ कास्कीका सह—सचिव शंकर तिवारीले सहजीकरण गरे । कार्यक्रममा बोल्दै निर्देशक कृष्ण कुमार गुरुङले २०५२ सालबाट गुरुङ चलचित्र निर्माण को थालनी भएको जानकारी गराए । हालसम्म १ सय ६० चलचित्र निर्माण भएको भनाई उनको छ । उनले २०७४ सम्मको अवधि गुरुङ चलचित्रका लागि समस्या जनक रहेको उल्लेख गरे । २०७५ पछि केही समय सन्तोष जनक अवस्था रहेता पनि कोभिड पछि भने भाषाभाषीका चलचित्र निर्माणमा फितल...
अमिताभ बच्चन र अनुष्का शर्माको बाइक राइड पछि मुम्बई प्रहरीले यस कारण लगायो जरिवाना
मनोरञ्जन, समाचार

अमिताभ बच्चन र अनुष्का शर्माको बाइक राइड पछि मुम्बई प्रहरीले यस कारण लगायो जरिवाना

नेपालअखबार, एजेन्सि। मुम्बई ट्राफिक प्रहरीले अमिताभ बच्चन र अनुष्का शर्मालाई मोटरसाइकल चढाउने चालकलाई जरिवाना ताेकेको छ । वास्तवमा केही दिन अघि मात्र अमिताभ बच्चनले एउटा तस्बिर शेयर गरेका थिए जसमा उनी एक बाइक चालकसँग लिफ्ट लिएर कतै जाँदै गरेको देखिन्छ । यो तस्बिरमा अमिताभ र बाइक चालक दुवैले हेलमेट लगाएका थिएनन् । त्यसपछि सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्माको एउटा भिडियो पनि शेयर भएको थियो, जसमा उनी बाइकमा सवारसँग बसेको देखिएकी थिइन् । दुवैमा समानता यो थियो कि दुवैले हेलमेट लगाएका थिएनन् । जसका कारण दुवै स्टार सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परे । मानिसहरूले मुम्बई पुलिसलाई ट्याग गरेर यो कुरा उठाएका थिए । एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले भन्यो, ‘अमिताभ र अनुष्का दुई जनामाथि हेलमेट बिना मुम्बईको सडकमा घुमेका कारण, उनीहरूलाई बाइक...
सलमान खान खराब सपनाजस्तै थिए : जब सलमानविरुद्ध खुलेर बोलिन् ऐश्वर्या
मनोरञ्जन, समाचार

सलमान खान खराब सपनाजस्तै थिए : जब सलमानविरुद्ध खुलेर बोलिन् ऐश्वर्या

नेपालअखबार, एजेन्सि। सलमान खान र ऐश्वर्या कुनै समय सम्बन्धमा थिए । उनीहरूको ब्रेकअपको कहानी पनि कसैबाट लुकेको छैन । सन् २००२ मा ब्रेकअपको समयमा ऐश्वर्याले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी थिइन् । ऐश्वर्याका अनुसार सलमानले उनलाई शारीरिक र मानसिक दुवै खालको टर्चर दिन्थे । उनले अबको समयमा सलमानसँग कहिल्यै काम नगर्ने बताएकी पनि थिइन् । यद्यपि, सलमानले सधैँ यो कुरा खारेज गरे । सन् २००१ मा भयो सलमान–ऐश्वर्याको ब्रेकअप ९० को दशकको अन्त्यमा सलमान खान र ऐश्वर्या राय एक–अर्कासँग नजिकिए । फिल्म हम दिल दे चुके सनमको सेटमा यी दुईबिच निकटता बढ्यो । फिल्ममा उनीहरूको केमेस्ट्रीलाई निकै रुचाइएको थियो । यद्यपि, यो सम्बन्ध धेरै दिनसम्म टिक्न सकेन र यी दुई सन् २००१ मा अलग्गिए । यद्यपि, उनीहरूको ब्रेकअप सामान्य थिएन । ब्रेकअपका बेला सलमान र ऐश्वर्याबीच निकै झगडा भएको खबर आएको थियो । नराम्रो स...
मिस नेपाल-२०२३ को आवेदन खुला
मनोरञ्जन, समाचार

मिस नेपाल-२०२३ को आवेदन खुला

नेपालअखबार, काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ । यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन् सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी समेत छ । काठमाडौंको अडिसन मार्च १८ मा हुने भएको छ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ । पोखरामा मिस नेपालक...
कालीगण्डकीको देवशिला अयोध्यामा
धर्म/संस्कृति, मनोरञ्जन, समाचार

कालीगण्डकीको देवशिला अयोध्यामा

नेपालअखबार, अयोध्या (भारत) । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरे । ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस...
गायक नितेश जंग कुँबरको माघ २० मा पोखरा लाइभ कन्सर्ट
मनोरञ्जन, समाचार

गायक नितेश जंग कुँबरको माघ २० मा पोखरा लाइभ कन्सर्ट

नेपालअखबार, पोखरा  । गायक नितेश जंग कुँवर फेरि सांगीतिक क्षेत्रमा फर्किएपछि पोखरामा सांगीतिक कार्यक्रम गर्ने भएको छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा माघ २० गते साँझ लाइभ कन्सर्टमा उनी सहभागी हुदैछन् । उनले केही सिक्नकै लागि आफु सांगीतिक क्षेत्रबाट केही समय टाढिएको र अहिले भने फेरी सांगीतिक कार्याक्रम मार्फत पोखरामा आउनका लागेको बताएका छन् । नेपाली युवा पुस्ता माझ चर्चित गायक हुन् । उनले यस्तै रैछ जिन्दगी, हाम्रो नेपालमा, खोला खोली तिरैतिर, फ्लर्टी माया, आस्मा, निस्ठुरी मोरी, बुझेउ हैन कुरा, ‘ओम नव शिवाय’, ‘रिबर्थ’, लगाएतका चर्चित गीतहरु गाउने छन् । साझँ ८ बजे देखी मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्ट नचाउने छन् । कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै बुकिङ गर्न सकिने प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए ...