राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च
नेपालअखबार, मुम्बई । बलिउडकी आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित छिन् । अहिले उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन् । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका थिए । उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए ।
राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए । आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिएकी थिइन् ।
अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ । उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ । ‘जुन काम राखीले गरेकी थिइन्, त्यो गलत थियो । जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन, त्यो गलत भएको अदालतको ठहर छ ।
राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै पेन्डिङ छ । यसकारण उनको जमानत याचिका खारेज गरिएको छ । यो मुद्दामा कसै...









