Sunday, March 29

राजनीति

यमनबाट हुथी पनि होमियो अमेरिका र इसराइलसँग युद्धमा
राजनीति, विश्व, समाचार

यमनबाट हुथी पनि होमियो अमेरिका र इसराइलसँग युद्धमा

नेपालअखबार, काठमाडौं । अमेरिका र इसराइलविरूद्ध इरानको युद्धमा यमनबाट हुथी पनि होमिएको छ। इरान समर्थित लडाकू समूह हुथीले शनिबार पहिलोपटक इसराइलमा आक्रमण गरी युद्धमा होमिएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले लेखेको छ। अमेरिका-इसराइल र इरानबीचको युद्धको एक महिनामा हुथीले पनि इसराइलमा आक्रमण गरेको हो। यसले मध्यपूर्वको युद्ध थप विस्तार हुने खतरा पैदा भएको भनेर वासिङ्टन पोस्टले जनाएको छ। इरानले इसराइललाई घेर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी र प्यालेस्टाइनमा हमास परिचालन गर्छ। अरबी मुलुकमा अरू स-साना समूह परिचालित गर्छ। यसलाई 'एक्सिस् अफ रेसिस्टेन्ट' भनिन्छ। लेबननबाट हिजबुल्लाह अगाडिदेखि नै युद्धमा सामेल भइसकेको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएपछि हिजबुल्लाहले लेबननबाट इसराइलमा मिसाइल र ड्रोन हमला गरेको थियो। युद्धमा लेबननमा पनि ठूलो संख्यामा भौति...
रमेश लेखकलाई अदालत उपस्थित गराइयो
राजनीति, समाचार

रमेश लेखकलाई अदालत उपस्थित गराइयो

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो । आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ । गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो । सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जि...
हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम
राजनीति, विश्व, समाचार

हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँघुरो जलमार्ग 'स्ट्रेट अफ हर्मुज' खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्। आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला गर्न इरानलाई चेतावनी दिएका हुन्। इरानले त्यसो नगरे उसका प्रमुख विद्युत उत्पादन केन्द्र ध्वस्त बनाउने ट्रम्पले धम्की दिएका छन्। '४८ घन्टाभित्र इरानले यदी हर्मुज पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न विद्युत केन्द्रहरू ध्वस्त पार्नेछ। र त्यसको सुरूवात सबैभन्दा ठूलो केन्द्रबाट सुरू हुनेछ,' ट्रम्पले लेखेका छन्। हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ। इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इसराइली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरिरह...
संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने
राजनीति, समाचार

संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने

नेपालअखबार,  काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ । संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । एक मन्त्रीले सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी आफूलाई आएको बताए । ‘सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक आज बोलाइएको छ,’ ती मन्त्रीले भने– ‘खासमा संसद्को अधिवेशन आह्वान नयाँ सरकारले गर्नुपर्ने हो तर चैत १६ गते अधिवेशन आह्वान गर्नुपर्ने दलहरूको अडान छ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि निश्चित भएको छ । अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्छ । त्यसैले यो सरकारले अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता आइलाग्यो ।’ ती मन्त्रीले चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने ...
इरानसँग युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलरभन्दा बढी बजेट
राजनीति, विश्व, समाचार

इरानसँग युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलरभन्दा बढी बजेट

नेपालअखबार,काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ। इरानसँगको युद्ध सुरू भएको तेस्रो साता बित्नै लाग्दा रक्षा मन्त्रालयले २०० अर्ब डलरभन्दा बढी बजेट माग गर्दै ह्वाइट हाउसलाई प्रस्ताव पठाएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले जनाएको छ। ह्वाइट हाउसले उक्त प्रस्तावलाई कांग्रेसमा पठाउने तयारी गरेको छ। पेन्टागनले माग गरेको रकम हालसम्म सैन्य कारबाहीमा भएको खर्चभन्दा धेरै ठूलो रहेको बताइएको छ। अमेरिका र इसराइल मिलेर गत फेब्रुअरी २८ यता इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा प्रयोग भएका हतियार र सैन्य सामग्रीको पुनः उत्पादन र मर्मतका लागि सो बराबरको बजेट आवश्यक परेको पेन्टागनले जनाएको छ। यद्यपि ह्वाइट हाउसले कांग्रेसमा बजेट प्रस्ताव पठाउँदा पेन्टागनले भने अनुसारकै परिमाणमा पठाउँछ कि पठाउँदैन भन्ने निश्चित हुन...
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
राजनीति, विश्व, समाचार

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान

नेपालअखबार, काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् । उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने धम्की दिएका हुन् । हातामीले भने, ‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई एक निर्णायक र यस्तो जवाब दिनेछौं, जुन अरूका लागि सबक बनोस् । उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो होस् ।’ इरानले मंगलवार सचिव लारिजानीको मत्युको पुष्टि गरेको थियो । त्यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो ।समाचार एजेन्सी एएफपीका अनुसार इरानको रिभोल्युशनरी गाड्र्स (आईआरजीसी) ले लारिजानीको मृत्युको बदलामा मध्य इजरायलमा पहिले नै मिसाइल प्रहार गरिएको बताएको छ । आईआरजीसी इरानको सेनाभन्दा अलग्गै संगठन हो ।...
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
राजनीति, समाचार

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

नेपालअखबार,काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनको भनाइ छ । ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’ उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै  जनताको सेवामा रहने नै छु ।’ सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो । त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थि...
इरानले भन्यो– स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द
राजनीति, विश्व, समाचार

इरानले भन्यो– स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द

नेपालअखबार, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द नभएको बताएका छन् । उनका अनुसार ओमानको खाडी र फारसको खाडीको बीचमा पर्ने यो समुद्री मार्ग अमेरिका र इजरायलका लागि जहाजका लागि मात्र बन्द गरिएको हो । अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई पनि आउ–जाउ गर्न दिइएको उनको भनाइ छ । एक अन्तर्वार्तामा इरानका विदेशमन्त्री अरघचीले यो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘स्ट्रेट अफ होर्मुज खुला छ । तर जुन देशले इरानमाथि हमला गरिरहेका छन् वा इरानका दुश्मन हुन्, ती देशका जहाजलाई रोक लगाइने छ । बाँकी देशका जहाज सामान्य रुपमा आउजाउ गर्न सक्नेछन् ।’ उनले यस्तो भने पनि स्ट्रेट अफ होर्मुजको अवस्था अलि फरक छ । मिडिया रिपोर्टस्का अनुसार आक्रमणको डरले सयौं जहाज रोकिएका छन् । जसका कारण विश्वभर इन्धन आपूर्त...
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
राजनीति, समाचार

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांगे्रसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनौटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपमा बस्ने छ । कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको बताइएको छ ।...
अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : चालिसे
राजनीति, समाचार

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : चालिसे

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर सङ्गठन सुदृढ बनाउन आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई आत्मसमिक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएका हुन् । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे। “एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ। एउटा हारले नेपाली कांग्रेस कहिल्यै हार्ने छैन,” चालिसेले लेखेका छन् । उनका अनुसार अहिलेको चुनौतीपूर्ण अवस्थाले पार्टीलाई थप परिपक्व र सङ्गठित बन्ने अवसर दिएको छ। चालिसेले पार्टीलाई अझ मजबुत बनाउन कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै रूखलाई मलिलो जमिनमा सारेर हुर्काउने कामजस्तै सङ...