Monday, December 22

राजनीति

तोकिएकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

तोकिएकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुबिधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन्। उनले भनिन्,  ‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ। अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।’ नेम्वाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिए । ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने, ‘चुनाव गराउन सफल हुनुहोस्।’  प्...
प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा कांग्रेसबाट थप ५७ जनाको हस्ताक्षर
राजनीति, समाचार

प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा कांग्रेसबाट थप ५७ जनाको हस्ताक्षर

नेपालअखबार, काठमाडौँ । अदालतमा विचाराधिन प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी रिटमा तत्कालीन प्रतिनिधिसभाका बहुमत सांसदहरुको हस्ताक्षरसहित पुरक निवेदन दिने प्रयोजनका लागि कांग्रेसका ५७ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । यसअघि कांग्रेसका तत्कालीन प्रमुख सचेतक र सचेतकसहित सात सांसद र एमालेबाट तत्कालीन मुख्य सचेतक र सचेतकका तर्फबाट प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी छुट्टाछुट्टै रिट दायर भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने संस्थागत निर्णय गरे पनि पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको परामर्शपछि प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दालाई पनि सँगै अघि बढाउन लागिएको हो । तर, पार्टीभित्र यस मुद्दामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षको भने सहमति छैन । हस्ताक्षर गर्नेमा संस्थापन र इतरपक्षका नेता शेखर कोइराला पक्षका सांसदहरु छन् । महामन्त्रीद्...
राष्ट्रिय सभाको एक सिटका लागि कांग्रेस कोशीबाट मात्रै १२० भन्दा बढीको नाम सिफारिस
राजनीति, समाचार

राष्ट्रिय सभाको एक सिटका लागि कांग्रेस कोशीबाट मात्रै १२० भन्दा बढीको नाम सिफारिस

नेपालअखबार, काठमाडौं।  राष्ट्रिय सभाको एक सिटका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले १२० जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रलाई सिफारिस गरेको छ। ‘खुलाबाट १०८ जना, महिलाबाट ९ जना र दलितबाट ७ जना जतिको नाम हामीले केन्द्रलाई सिफारिस गरेर पठाएका छौं,’ कांग्रेस कोशीका सभापति उद्धव थापाले भने, ‘जिल्लाहरूबाट सिफारिस भएर आएका नाम सबै पठाएका छौं।’ केन्द्रीय समितिले राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका लागि प्रदेशबाट सिफारिस भएका नामहरू गोप्य राख्न भनेकाले अहिले नै नामहरू भन्न नसक्ने उनले बताए। ‘राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको नाम सिफारिस गरेर पठाएका छौं, नाम चाहिँ अहिले कसैको पनि भन्न मिल्दैन,’ थापाले भने। कांग्रेस प्रदेश समितिका अर्का एक पदाधिकारीका अनुसार राष्ट्रियसभाको उम्मेदवारका लागि धनकुटाका सुनिलबहादुर थापा, झापाका सुधीरकुमार शिवाकोटी सहित १२० भन्दा बढीको नाम सिफारिस भएको ...
सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच बिदाई भेट
राजनीति, समाचार

सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच बिदाई भेट

नेपालअखबार, काठमाडौँ ।  सभामुख देवराज घिमिरेसँग आइतबार नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङले बिदाई भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । सभामुखले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरे । भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द...
वित्तीय स्रोत अभावमा जनअपेक्षा पूरा गर्न सकिएन : राष्ट्रिय सभा अध्यक्ष
राजनीति, समाचार

वित्तीय स्रोत अभावमा जनअपेक्षा पूरा गर्न सकिएन : राष्ट्रिय सभा अध्यक्ष

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले वित्तीय स्रोतका अभावमा स्थानीय तहहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आयोजना गरेको वित्तीय संघीयता दर्पण, २०८२ को विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालमा जनअपेक्षा अनगिन्ती रहे पनि बजेट अभावमा पूरा हुन नसकेको उनले बताए । ‘जनअपेक्षा अनगिन्ती छन्, प्रदेश र स्थानीय निकायका प्रतिनिधिहरूले वित्तीय स्रोतका अभावमा जनअपेक्षा पूरा गर्न नसकेको गुनासो गरेको सुनिन्छ,’ उनले भने । उनले संघीय सरकारले प्रदेश र स्थानिय तहलाई वित्तीय हस्तान्तरमा कन्जुस्याइँ गर्ने गरेको बताए । मुलुकको सबै क्षेत्रको आर्थिक, सामाजिक विकास र भौतिक पूर्वाधारको प्रगति संघीयताले हुने उल्लेख गर्दै उनले त्यसका लागी वित्तीय स्रोत बाँडफाँट आवश्यकता र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय प्राकृत...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय
राजनीति, विदेश, समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

नेपालअखबार, काठमाडौं। पाकिस्तानको अदालतले  पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १७/१७ वर्षको जेल सजाय सजाय सुनाएको छ। शनिबार इस्लामाबादको विशेष अदालतले सरकारी उपहार आफ्नो फाइदाका लागि दुरूपयोग गरेको मुद्दामा पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमति बुशरालाई १७/१७ वर्षको जेल सजाय सुनाएको हो। यो मुद्दा सन् २०२१ मा साउदी युवराजले दिएको महँगो गहनासेटसँग जोडिएको भनेर पाकिस्तानी अनलाइन डनले लेखेको छ। करिब ८० करोड रुपैयाँ पर्ने गहना इमरानले २ करोड ९० लाखमा किनेको आरोप प्रमाणित भएको अदालतको ठहर छ। अदालतले यसलाई सरकारी उपहार आफ्नो फाइदामा दुरुपयोग गरेको मानेको छ। फैसला रावलपिन्डोको अदियाला जेलमै सुनाइयो, जहाँ इमरान पहिले नै अर्को  भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय काटिरहेका छन्। नयाँ १७ वर्षको सजाय पुरानो सजाय सकिएपछि मात्रै सुरु हुने  पनि पाकिस्तानका सञ्चारमन्त्री अत...
भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई
राजनीति, समाचार

भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि उनको यो पहिलो औपचारिक  भारत भ्रमण हो । भारत बसाइको क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा लेखिए अनुसार भट्टराईले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँदिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन् । उनी पुस ९ गते नेपाल फर्किने तालिका छ । डा. भट्टराईको यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक सम्वादलाई थप सुदृढ बनाउने स्वकीय सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।...
उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने
प्रशासन, राजनीति, समाचार

उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ। अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ। ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय  तथा यात्रिक शक्...
बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ
राजनीति, विदेश, समाचार

बङ्गलादेशमा हिन्दु युवाको हत्या प्रकरणमा १० जना पक्राउ

नेपालअखबार, ढाका । बङ्गलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवा दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरिएको घटनामा सुरक्षा निकायहरूले ठुलो कारबाही गर्दै १० जना अभियुक्तलाई पक्राउ गरेका छन्। यो जानकारी बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गरेका छन्। यस घटनामा र्‍यापिड एक्सन बटालियनले सात जना संदिग्धहरूलाई पक्राउ गरेको मुहम्मद युनुसले बताएका छन् । स्थानीय प्रहरीले तीन जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ। यि गिरफ्तारी विभिन्न क्षेत्रमा गरिएको विशेष अपरेशनको भागको रूपमा गरिएको थियो। भीडले कुटपिट गरी हत्या गरेर दिपु चन्द्र दासको शरीरमा आगो लगाएको थियो । दिपु चन्द्र दासलाई ईश्वरनिन्दाको आरोपमा भीडले क्रूर रूपमा कुटपिट गरेर उनको शरीरलाई रूखमा झुण्ड्याएर आगो लगाइएको समाचार आएका छन् । पक्राउ परेका अभियुक्तहरूको नाम सार...
देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने : हर्क साम्पाङ
राजनीति, समाचार

देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने : हर्क साम्पाङ

नेपालअखबार, काठमाडौं । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले देश विकासको लागि श्रम संस्कृतिको विकास गर्नुपर्ने बताएका छन्। विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने भन्दै उनले कम्तीमा हप्ताको एकदिन श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। श्रम संस्कृति पार्टी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक साम्पाङले भने, ‘विदेशबाट ऋण लिएर देश बन्दैन देशको विकासको लागि हप्तामा एकदिन श्रम गर्ने बानीको विकास गरौं, बाँकी ६ दिन आफ्नो लागि गरौँ, अनि मात्रै देशको विकास हुन्छ।’ साम्पाङले चीन जापान कोरिया श्रमबाट नै समृद्ध बनेको उल्लेख गर्दै देश समृद्ध बनाउन सबैले काम गर्नुपर्ने बताए। एक जनाको कमाइले घर परिवार र देश कसैको विकास नहुने भन्दै गफ होइन काम गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। श्रमको सम्मान गर्दै देशको विकास गर्न भनेर नै श्रम संस्कृति पार्टी...