Sunday, August 23

राजनीति

इरानसँग सबै कारोबार बन्द गर्ने यूएईको निर्णय
राजनीति, विश्व, समाचार

इरानसँग सबै कारोबार बन्द गर्ने यूएईको निर्णय

नेपालअखबार,काठमाडौं । संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले यूएईको उक्त दाबीलाई अस्वीकार गरेका थिए । यूएईका अनुसार, तीमध्ये एउटा मिसाइल यूएईको क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर खसेको थियो भने अर्को मिसाइल यूएईको जलक्षेत्रभित्र आएर खसेको थियो ।अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि यूएई इरानको आक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूमध्ये एक हो ।...
प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबिच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले मङ्गलबार शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका थिए। सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। नेपाल र भारतबिच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ। सोमबार नै प्रधान सेनापति सिग्द...
कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै
राजनीति, समाचार

कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ । समितिले १५औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको हो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार दिउँसो २ बजे सानेपामा प्रशिक्षण कार्यक्रम राखिएको छ । उनका अनुसार प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा पनि उपस्थित हुनेछन् ।कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी १६ देखि १९ असोजमा १५औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।...
इरानले सम्झौता नगर्ने ट्रम्पको ठहर
राजनीति, शिक्षा, समाचार

इरानले सम्झौता नगर्ने ट्रम्पको ठहर

नेपालअखबार,काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आवश्यक सम्झौता इरानले गर्छ भन्ने आफूलाई नलागेको बताएका छन्। ओभल अफिसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै इरानले आत्मसमर्पण गर्नुपर्नेमा पनि उनले जोड दिए। ‘उनीहरूले मैले आवश्यक ठानेजस्तो सम्झौता गर्ने छैनन्। हेर्नुहोस्, हामी त्यहाँ एउटै कारणले छौं: इरानले आणविक हतियार राख्न पाउँदैन,’ उनले भने। के अमेरिकाले इरान सँगको अन्तरिम सम्झौता लम्ब्याउन खोजिरहेको हो भनी सोधिएको प्रश्नमा ट्रम्पले ‘होइन’ भनेका थिए। जुन महिनामा भएको अन्तरिम सम्झौताले ‘सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्य’ घोषणा गरेको थियो। तर अन्तरिम सम्झौता असफल भयो। ट्रम्पले जुलाई ७ मा नै सो अन्तरिम सम्झौता समाप्त भयो भनेका थिए। इरानको परराष्ट्र मन्त्रालयले भने त्यसको एक साता पछि यसलाई निलम्बन गरिएको घोषणा गर्‍यो। उक्त समझदारी पत्र...
प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेनाप्रमुख
राजनीति, समाचार

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेनाप्रमुख

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ता आज दिउँसो साढे २ बजे सिंहदरबारमा हुने छ । भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए । प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् ।आज प्रधानमन्त्री शाहलाई भेटेर उनी भोलि बुधबार स्वदेश फर्किने छन् ।...
पाँच वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

पाँच वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक आज बस्दै छ । कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । मंगलबार बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ । छलफलमा उठेका विषयवस्तुमाथि जवाफ  दिन समितिले कृषिमन्त्री, मन्त्रालयका सचिवलगायतलाई डाकेको छ । यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरूबारे छलफल गर्ने कार्यसूची छ । यस्तै बिहान साढे १० बजे बस्ने स...
कोशीमा नेकपाबाट ४ जना मन्त्री
राजनीति, समाचार

कोशीमा नेकपाबाट ४ जना मन्त्री

नेपालअखबार,काठमाडौँ ।  कोशी प्रदेश सरकार सोमबार पुनर्गठन हुँदैछ। नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहभागी हुन लागेको हो। नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। नेकपाका अनुसार मोरङका जीवन आचार्यलाई भौतिक पूर्वाधार, इलामकी खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र मोरङकै गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री बनाइने भएको छ। मोरङका आचार्य नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' का ज्वाइँ हुन्। सुनसरीकी सपना परियारलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ। नवनियुक्त मन्त्रीहरूको सोमबार अपराह्न ३ बजे शपथ हुने तयारी छ। नेकपामा मन्त्री बन्न चाहने सांसदको संख्या धेरै भएपछि नाम छनोटमा ढिलाइ भएको थियो। नेकपा कोशीका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, ...
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
राजनीति, समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

नेपालअखबार,काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छिन्। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा साेमबार भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहयोग र सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको थियो। त्यस अवसरमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत काम अघि बढाइरहेको जानकारी दिए। उनले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा शिक्षा ऐन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन अघि बढाइएको र सुधार गर्नुपर्ने विषयलाई पनि समेटिएको बताए। मन्त्री पोखरेलका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको छ। प्राविधिक तथा व्यावसायिक ...
कोशीमा मन्त्री छान्दै नेकपा
राजनीति, समाचार

कोशीमा मन्त्री छान्दै नेकपा

नेपालअखबार, विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिपछि आज नेकपा प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको हो । ९ मन्त्रालय रहेको प्रदेशमा नेकपाबाट ४ जना मन्त्री सहभागी हुनेछन् । मुख्यमन्त्रीसहित ५ मन्त्रालयको नेतृत्व एमालेले गर्नेछ। नेकपाभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्नका लागि नेकपाका नेताहरू छलफलमा छन् । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार दलले आजै सरकारमा पठाउने मन्त्री छान्नेछ । नेकपाले मन्त्री छानेपछि  आज दिउँसो ३ बजेपछि शपथ कार्यक्रमको तयारी गरिएको छ ।...
हर्मुजमा आफ्नो जहाजमाथि इरानले आक्रमण गरेको युएईको आरोप
राजनीति, विश्व, समाचार

हर्मुजमा आफ्नो जहाजमाथि इरानले आक्रमण गरेको युएईको आरोप

नेपालअखबार,काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनी अबु धाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को एक जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। शुक्रबार हर्मुज जलमार्गबाट पार हुँदै गरेको एडीएनओसीको जहाजमाथि इरानले आक्रमण गरेको युएईले आरोप लगाएको हो। एडीएनओसीले घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र अवस्था नियन्त्रणमा रहेको जनाएको छ। यूएईको विदेश मन्त्रालयले तेहरानलाई जहाजहरूमाथि आक्रमण तत्काल रोक्न तथा शत्रुता अन्त्य गरी र हर्मुज जलमार्ग पूर्ण रूपमा पुनः खोल्न आग्रह गरेको छ। घटनाबारे इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। इरानको रिभोलुसनरी गार्ड्सले यसअघि हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरू तेहरानका विरोधी देशसँग सम्बन्धित भए वा इरानका निर्देशन पालना नगरे कारबाही गर्ने चेतावनी दिँदै आएको छ। यो एक साताभन्दा कम अवधिमा एडीएनओसीका जहाज...