नेपालअखबार,विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २४औँ बैठकले प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ ।
बिहीबार बसेकाे बैठकले गरेका निर्णयहरूबारे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पाले जानकारी दिएका हुन् ।
उनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित भएकोमा सभामुख, उपसभामुख, सम्पूर्ण प्रदेश सभा सदस्यहरू, प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, विषयगत समिति र प्रदेश सभाका कर्मचारीहरूलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको बताए ।
यसैबीच प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशभित्रका थान संस्कृतिको संरक्षण, संवर्द्धन र विकास सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसले प्रदेशभित्र...