अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिँदैन : खनाल
नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधान पुँजीवादी संविधान भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधानलाई पूर्ण रुपमा स्वीकार गर्न नसकिने पनि बताए ।
‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायाँै । त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्त्वपूर्ण कुरा राखेका छाँै,’ नेता खनालले भने, ‘यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौैं ।’
साथै, उनले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको जिकिर गरे ।
तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरूलाई जिताउनसके संसदमा गएर...










