प्रचण्डले भने : कूटतीतिक र राजनीतिक सम्वादमातर्फ यो समस्या सदाका लागि समाधान गर्न चाहेका छाैं
नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको उनले बताए ।
लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको बताए । तर यो व्यक्ति विशेषको मुद्धा नभई सामूहिक विषय भएको बताए ।
पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्तामार्फत समाधान गर्न चाहेको बताए । तर नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको उनले बताए । ‘हामीलाई इतिहासको जिम्मेवारी पुरा...
