Sunday, October 4

राजनीति

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
राजनीति, समाचार

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएकाे छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे । नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा उनीहरूले विचार आदानप्रदान गरेका थिए ।उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए ।...
देउवा समूहको मोरङ संयोजकमा पौडेल
राजनीति, समाचार

देउवा समूहको मोरङ संयोजकमा पौडेल

नेपालअखबार, काठमाडौँ । डा शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिको मोरङ जिल्ला संयोजक सुभाष पौडेल भएका छन् । पौडेललाई संयोजक डा कोइरालाले आज नेपाली कांग्रेसको १५ औँ महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन् । विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अन्तरगत वडा अधिवेशन सुरु गर्दा डा कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तीव्र पारेको हो । सोही क्रम अन्तरगत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्नेगरी  नेताहरूलाई जिम्मा दिइएको छ । यो पक्षले मङ्सिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरी यही असोज १५ गते वडा अधिवेशनको तयारी गरेको छ ।...
मिडियाले बहिस्कार गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा बोलेको टिभीमा आवाजै सुनिएन
राजनीति, विश्व, समाचार

मिडियाले बहिस्कार गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा बोलेको टिभीमा आवाजै सुनिएन

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसको नयाँ हेलिप्याड उद्घाटन कार्यक्रममा सहभागी भए। उनले रिबन काटेर हेलिप्याडको उद्घाटन गरे। तर पत्रकार सम्मेलनमा उनले बोलेका भनाइ भने टेलिभिजन दर्शकले स्पष्ट रूपमा सुन्न पाएनन्। ट्रम्पको कार्यक्रमको भिडियो ह्वाइट हाउसले उपलब्ध गराएको थियो। तर त्यसमा प्रयोग गर्न मिल्ने स्पष्ट अडियो थिएन। पृष्ठभूमिमा रहेको हेलिकोप्टरको आवाजले ट्रम्पका भनाइ ढाकिएका थिए। सामान्य अवस्थामा यस्तो कार्यक्रमको स्पष्ट भिडियो र अडियो टेलिभिजन नेटवर्कहरूको प्रेस पूलले उपलब्ध गराउँछ। सोमबारको घटना अमेरिकी राष्ट्रपतिका कार्यक्रमको टेलिभिजन कभरेजसँग जोडिएको एउटा असाधारण विवादका बीच भएको हो। कसरी सुरू भयो विवाद? ट्रम्पले शुक्रबार सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। उनले ती सञ्चारमाध...
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
राजनीति, विश्व, समाचार

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

नेपालअखबार,न्युयोर्क । इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्यूयोर्क आइपुगेका छन् । इरानको विदेश मन्त्रालयका अनुसार उनले महासभामा सहभागी हुने इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । न्यूयोर्क आगमनपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गरेका छन् । सो अवसरमा महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघको महासभालाई इरानी जनताको अधिकार र हितसँग सम्बन्धित विषयमा आफ्नो देशको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताइएको छ । यसअघि इरानी सञ्चारमाध्यमहरूले राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जानकारी द...
एमाले बैठकको दोस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्न थाले
राजनीति, समाचार

एमाले बैठकको दोस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्न थाले

नेपालअखबार,काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डल स्थित रामवाग पार्टी प्यालेसमा सोमबारदेखि जारी बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन् । हरेक केन्द्रीय सदस्यलाई धारणा राख्न बढीमा तीन मिनेटको समय छुट्टयाइएको छ । अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जनाएका छन् । बैठकले केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय,विभागहरुको गठन,पोलिटव्यूरो गठन,स्थायी कमिटीको गठन समेत गर्ने छ । पोलिटव्यूरो,स्थायी कमिटी लगायत नेताहरुको जिम्मेवारी बाँडफाँड मंगलबारको बैठकले गर्ने तयारी रहेको एमाले नेताहरुले बताएका छन् ।...
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन
राजनीति, समाचार

मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन

नेपालअखबार, सिरहा । मधेश प्रदेशमा सञ्चालित पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत मधेश प्रदेश उपसमिति गठन गरिएको छ। उपसमितिमा सांसद तपेश्वर यादव,  डा. मो. फिरदोश आलम, यशोदा कुमारी, राजकिशोर महतो कोइरी र रामाकान्त प्रसाद चौरसिया सदस्य रहेका छन्। उपसमितिले मधेश प्रदेशभित्र समितिको कार्यक्षेत्रमा पर्ने मन्त्रालय, सरकारी निकाय तथा विभिन्न आयोजनाको व्यवस्थापन, कार्यसम्पादन र गतिविधिको अध्ययन तथा मूल्यांकन गर्नेछ। अनुगमनका क्रममा देखिएका विषयमा आवश्यक टिप्पणी र सिफारिससहित पूर्वाधार विकास समितिसमक्ष प्रतिवेदन पेस गरिने यादवले बताए । त्यस्तै, आयोजनामा सार्वजनिक सम्पत्तिको हिनामिना भए-नभएको, प्रचलित ऐन, नियम तथा सम्झौताअनुसार काम भए-नभएकोसमेत अध्ययन गरिनेछ । सम्बन्धित आयोजनाका प...
प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका जाँदै
राजनीति, समाचार

प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका जाँदै

नेपालअखबार,काठमाडाैँ । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह मंगलबार अमेरिका प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन उनी अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ। यसैबिच परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार बेलुकी अमेरिकाको न्युयोर्क शहर प्रस्थान गरिसकेको छ। परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत ...
वन बढाएकोमा अब अर्ब होइन, खर्ब क्षतिपूर्ति पाउनुपर्छ : माधव नेपाल
राजनीति, समाचार

वन बढाएकोमा अब अर्ब होइन, खर्ब क्षतिपूर्ति पाउनुपर्छ : माधव नेपाल

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायु न्याय र उचित क्षतिपूर्तिका लागि तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पार्ने असरले नेपालमा पार्ने जोखिम र जलवायु न्याय विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्। जलवायु परिवर्तन न्यूनीकरणमा नेपालले पुर्‍याएको योगदानको व्यापक प्रचारप्रसार गर्दै क्षतिपूर्तिका लागि बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। ‘वन बढाएकोमा अब अर्ब होइन, खर्ब क्षतिपूर्ति पाउनुपर्छ’ नेपालले वन संरक्षण र विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनले यसलाई विश्वसामु बार्गेनिङ टुलका रूपमा पेस गर्नुपर्ने बताए। ‘नेपालमा ३६ प्रतिशत मात्र रहेको जंगल अहिले ४६ प्रतिशत पुगेको छ। विभिन्न १३ ...
देश गम्भीर अस्थिरता र अनिश्चयमा फस्याे, नीति र सिद्धान्तमा आधारित वामपन्थी एकताको आवश्यकता : झलनाथ खनाल
राजनीति, विचार, समाचार

देश गम्भीर अस्थिरता र अनिश्चयमा फस्याे, नीति र सिद्धान्तमा आधारित वामपन्थी एकताको आवश्यकता : झलनाथ खनाल

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देश गम्भीर अस्थिरता र अनिश्चयमा फसेको भन्दै नीति र सिद्धान्तमा आधारित वामपन्थी एकताको आवश्यकता औँल्याएका छन्। नेताहरूको टाउको मात्र जोडेर गरिने प्राविधिक एकता दिगो नहुने उनको भनाइ छ। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै नेता खनालले वामपन्थी आन्दोलन कमजोर हुँदा देशमा संकट बढेको बताए। वाम शक्तिहरूबीच न्यूनतम रूपमा एकताबद्ध भएर अघि बढ्ने संस्कृतिको समेत अभाव देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘कम्युनिस्ट आन्दोलनले सुरुदेखि नै आफूलाई सबैभन्दा बढी देशभक्तिपूर्ण आन्दोलन दाबी गर्दै आएको छ, तर हामी आफैँले गरेका गलत कार्य र सम्झौताका कारण राष्ट्रियता गम्भीर मोडमा पुगेको छ,’ खनालले भने। उनले एकताको स्पष्ट आधार तय गर्नुपर्नेमा ज...
रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रस्ताव
राजनीति, समाचार

रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रस्ताव

नेपालअखबार,ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्। ललितपुरमा आयोजित काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौँ उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रस्ताव गरे । त्यसमा काठमाडौँ र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठुलो हिस्सा व्यहोर्न तयार रहेको उनको भनाइ छ । महर्जनले अहिलेका लागि रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई यथास्थितिमै राखेर निश्चित ‘कटअफ डेट’ तोक्नुपर्ने बताए । आगामी वैशाख १ गते वा उपयुक्त कुनै दिनदेखि रात्रिकालीन बस सेवा निःशुल्क ग...