Friday, July 10

राजनीति

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्- राष्ट्रपति पौडेल
राजनीति, समाचार

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्- राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरेका छन्। उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गरेका छन्। 'प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्...
प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै
राजनीति, समाचार

प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर गर्ने भएका हुन् । दिउँसो १ बजेबाट सुरू हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देश–विदेशबाट प्रश्न लिँदै जवाफ दिने कांग्रेसले जनाएको छ । प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र सभापति थापाले प्रश्नको जवाफ दिने व्यवस्था गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए आगामी पाँच वर्षमा गर्ने कामहरूको खाका प्रतिज्ञापत्रमार्फत् सार्वजनिक गरेको छ । प्रत्यक्ष प्रश्नोत्तर कार्यक्र...
मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस
राजनीति, समाचार

मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज कांग्रेसले जनकपुरधाममा सभा गर्दैछ । ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् । सोही क्रममा उनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नेछन् । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ । कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा एक लाख मानिसहरुको सहभागी गराउने लक्ष्य रहेको बताए ।...
नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ
राजनीति, समाचार

नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

नेपालअखबार,काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । ‘उहाँ अहिले हाम्रो कस्टडीमा हुनुहुन्छ’ उनले भने । नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ ।...
दुई दशकपछि बंगलादेशमा बीएनपीको पुनरागमन : आज तारिक रहमान प्रधानमन्त्री बन्दै
राजनीति, विश्व, समाचार

दुई दशकपछि बंगलादेशमा बीएनपीको पुनरागमन : आज तारिक रहमान प्रधानमन्त्री बन्दै

नेपालअखबार, ढाका। बंगलादेश नेसनल पार्टी (बीएनपी) दुई दशकपछि मंगलबार औपचारिक रूपमा सत्तामा फर्कदैछ। फेब्रुअरी १२ मा सम्पन्न १३औँ राष्ट्रिय संसदीय निर्वाचनमा पार्टीले भारी मतका साथ विजय हासिल गरेपछि, बीएनपीका अध्यक्ष तथा पहिलो पटक सांसद बनेका तारिक रहमानले प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्। मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह संसद भवनको साउथ प्लाजामा आयोजना गरिनेछ। राष्ट्रपति भवनमा सपथ ग्रहण गराउने दशकौँ पुरानो परम्परा तोड्दै, साउथ प्लाजामा आयोजित यो कार्यक्रमले २०२४ को ‘मनसुन क्रान्ति’ का क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानलाई सम्मान गर्नेछ। सोही आन्दोलनले आवामी लिग सरकारको सबैभन्दा लामो कार्यकालको अन्त्य गरेको थियो। मंगलबार संसद भवनमा नयाँ संसदीय कार्यकाल र सरकार गठन प्रक्रियाको औपचारिक सुरुवात स्वरूप महत्त्वपूर्ण संवैधानिक कार्यक्रमहरू हुनेछन्। बिहान १०:०० बजे, नवनिर्वाचित २९७ सां...
नेपाली जनताका जननेता :पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेपाली जनताका जननेता :पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जनताको निम्ति तन समर्पित जननेता हुनु हुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, निष्ठा, त्याग र समर्पणका प्राय जनप्रिय नेता, मुलुकका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष र आदर्श नेता हुनुहुन्छ । उहाँको संघर्षपूर्ण र उत्प्रेरक जीवन वर्तमान नेपाली राजनीतिको निम्ति जिउँदो इतिहास र भविष्यका निम्ति महत्वपूर्ण दस्तावेज हो । उहाँ राष्ट्रको निम्ति जीवन समर्पित गर्नु भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट, क्षेत्र नं.१बाट प्रत्यक्ष उम्मेवार हुनु हुन्छ । उहाँको परिचय बाल्यकाल कमरेड माधवकुमार नेपालले आफ्नो जीवन नै देश, जनता र श्रमजीवि जनताको मुक्तिका लागि समर्पित गर्नु भएको छ । जसको संघर्षपूर्ण राजनीतिक जीवन अनुकरणीय र उत्प्रेरक छ । निजी जीवन र सुखला...
ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस
राजनीति, समाचार

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

नेपालअखबार, ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । ललितपुर क्षेत्र नं १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ स्वतन्त्र उम्मेदवार रहेका छन्, भने २५ पुरुष र तीन जना महिला उम्मेदवार छन् । ललितपुर क्षेत्र नं २ मा ...
चीनको सीमासम्म पिच सडक बनाउने सपना छ : प्रचण्ड
राजनीति, समाचार

चीनको सीमासम्म पिच सडक बनाउने सपना छ : प्रचण्ड

नेपालअखबार, रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने सपना रहेको बताएका हुन् । त्यसपछि मैकोटलगायतका क्षेत्र पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनको अनुमान छ । सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरुको सम्झनामा ‘शहीद मार्ग’ बनाउन सुरु गरिएको उनले बताए । प्रचण्डले भने, ‘मैले नै प्रस्ताव गरेको मार्ग हो यो शहीद मार्ग । जनयुद्धकै बेलामा अब शहीदहरूको नाममा एउटा बाटो दक्षिणदेखि उत्तरसम्म जाने मार्ग सुरु गर्नुपर्छ भनेर प्रस्ताव गयौँ । पार्टीबाट निर्णय भयो, जनतालाई आह्वान गरियो र जनताले स्वेच्छिक रूपमा खन्न सुरु गर्नुभ...
जनमत संग्रह ‘धोका र नाटकको चुनाव’ : शेख हसिना
राजनीति, विश्व, समाचार

जनमत संग्रह ‘धोका र नाटकको चुनाव’ : शेख हसिना

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा सम्पन्न जनमत संग्रहलाई ‘धोका र नाटकको चुनाव’ भनेकी छन् । उनको पार्टी अवामी लिगले सामाजिक सञ्जालमा बयान जारी गर्दै शुक्रबार सम्पन्न आमनिर्वाचनलाई ‘धोका र नाटकको चुनाव’ को संज्ञा दिएको हो । जारी बयानअनुसार हसिनाले निर्वाचनबारे मतदान केन्द्रहरूमा मतदाता नभएका र मतगणना (काउन्टिङ) टेबलमा मतहरू देखिएको बताएकी छन् । ‘१२ फेब्रुअरीमा देशले पहिले नै तय भएको धोका र नाटक रचिएको चुनाव देख्यो’, हसिनाले भनेकी छन्, ‘यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा एक लज्जास्पद अध्यायको रूपमा दर्ज हुनेछ ।’ उनले चुनावी आंकडमाथि सवाल उठाउँदै गम्भीर अनियमितताको आरोप पनि लगाएको बीबीसीले जनाएको छ । उनले मत परिणामका आंकडाहरू एकदमै असम्भव र विरोधाभाषी लागेको पनि जिकिर गरेकी छन् । ‘मतदानको गति सामान्यतया बिहान ११ बजेभन्दा अघि तीब्र हुन्छ...
७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने
प्रशासन, राजनीति, समाचार

७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने

नेपालअखबार,काठमाडौं । निर्वाचन खर्चका लागि राजनीतिक दल र उम्मेदवारले आर्थिक सहयोग (चन्दा) लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार, सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा लिन पाउँदैनन् । पहिलो : नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, दोस्रो : सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी तेस्रो : कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था चौथो :  नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय पाचौं : राष्ट्रिय तथा अन्तर गैरसरकारी संस्था छैठौं : नाम नखुलेको व्यक्ति वा संस्था सातौं : विदेशी सरकार, संस्था वा व्यक्ति यसबाहेक पनि आयोगले चन्दा लिन नपाउने भनेर अन्य संस्था तोक्न सक्दछ । निर्वाचन आचारसंहिता २०८२ को बुँदा नम्बर १६ मा न...