Thursday, July 23

राजनीति

काठमाडाैंमा खानेपानीकाे वितरण समानुपातिक प्रणालीबाट हुनु पर्ने निर्देशन :  मन्त्री खान
राजनीति, समाचार

काठमाडाैंमा खानेपानीकाे वितरण समानुपातिक प्रणालीबाट हुनु पर्ने निर्देशन : मन्त्री खान

नेपालअखबार, काठमाडाैं । मेलम्ची खानेपानी विकास समितिले निर्माण सुन्दरीजलमा अयाेजना गरेकाे कार्यत्रकममा प्रमुख अतिथि         खानेपानी मन्त्री अब्दुल खानले अब छिटै मेलमची खानेपानीकाे दाेस्राे फेज सुरु गर्नु पर्ने  बताएका छन् । जनताकाे आवश्यकता अनुसार खानेपानी उपभाेग गर्न पाउनु जनताकाे अधिकार रहेकाे मन्त्री खानले बताए ।  काठमाडाैं उपत्यकामा खानेपानीकाे वितरण गर्दा  समानुपातिक प्रणालीबाट हुनु पर्ने मन्त्री खानले निर्देशन दिएका छन् । मेलमची खानेपानी विकास समिति द्वारा सम्पन्न मेलमची खानेपानी प्रथम चरणकाे याेजना आज विधिवत रुपमा काठमाडौं उपत्यका खानेपानी बाेर्डलाई हस्तनान्तरण गरेकाे छ । सुन्दरीजलमा मेलम्ची खानेपानी विकास समितिले निर्माण  गरेकाे १७ करोड लिटर क्षमता पानीकाे प्रथम चरणकाे याेजनालाई रहेकाे बताएकाे छ । काठमाडौँ उपत्यकाका खानेपानी बोर्डले काठमाडौँ खानेपानी लिमिटेडलाई आज नै  हस्तना...
महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ : सभामुख घिमिरे
राजनीति, समाचार

महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ : सभामुख घिमिरे

नेपालअखबार, काठमाडौं । सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताएका छन् । मंगलबार ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ अहिलेको हाम्रो व्यवहारमा हामी मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्था नै गरेर मात्रै प्रयोग गर्दा त्यसलाई ठिक ढंगबाट प्रयोग गर्ने व्यवहारिक कठिनाइ दखापरेका छन् ।’ उनले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको भएपनि अझै पनि मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्थाअनुसार कार्यान्वयन हुन भने कठिनाइ देखिएको बताए । उनले भने, ‘‘जुन किसिमको महिलाको नेतृत्वमा महिला स...
द्वन्द्वकालका मुद्दाबारे सर्वोच्च अदालतले यसअघि नै बोलिसकेको छ: रमेश लेखक
राजनीति

द्वन्द्वकालका मुद्दाबारे सर्वोच्च अदालतले यसअघि नै बोलिसकेको छ: रमेश लेखक

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायका विषय सम्बोधन गर्न त्यससम्बन्धी विधेयक संसदमा लैजानुपर्ने र छिटो पास गरेर कानूनअनुसार आयोग गठन गरिनुपर्ने बताएका छन्। संसदीय दलको कार्यालयमा आज पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले यसबारे सर्वोच्च अदालतको भूमिका पनि सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्। ‘अदालतमा रिट पर्ने परिराख्छन्। स्वभाविक हो। सर्वोच्च अदालतले योभन्दा पहिलेकै फैसलामा पनि द्वन्द्वकालका मुद्दाहरू संक्रमणकालीन न्याय पद्दतीबाटै टुंग्याउने हो भनेर बोलिसकेको छ,’ लेखकले भने, ‘हामीले छिटोभन्दा छिटो संक्रमणकालीन न्यायको प्रबन्धलाई क्रियाशील गर्नुपर्‍यो। पहिलो कुरा- सम्बन्धित कानून बनाउनुपर्‍यो। विधेयक यसै सदनमा ल्याउनुपर्छ। छिटो पास गरेर आयोगहरू गठन गर्नुपर्छ। त्यो विधेयकले जुन कानून बन्छ त्यसअनुसार संक्रमणकालीन न्यायको विषय ...
मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षडयन्त्र अन्तर्गत प्रचण्डविरुद्ध मुद्दा हालियोः बाबुराम
राजनीति, समाचार

मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षडयन्त्र अन्तर्गत प्रचण्डविरुद्ध मुद्दा हालियोः बाबुराम

नेपालअखबार, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई उचालेर मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्चमा मुद्दा हाल्ने काम भएको बताएका छन् । अध्यक्ष भट्टराईले सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरूको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने गम्भीर षडयन्त्र भइरहेको उल्लेख गरे । उनले त्यसका विरुद्ध आवाज उठाउन पनि सबैलाई आह्वान गरे । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्य...
प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल हो : पूर्व मन्त्री चौधरी
राजनीति, समाचार

प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल हो : पूर्व मन्त्री चौधरी

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले  राष्ट्रपतिको चुनाव अघि गरिएको प्रोक्सि वार भएको बताएका छन् । तत्कालीन सरकार र संयुक्त राष्ट्र संघको रोहबरमा टुंगोमा लगाएको विषयमा अनावश्यक रूपमा नछाल्न चौधरीले आग्रह गरे । शान्ति प्रक्रियाका बाँकी काम समेत केही दिनभित्रै टुंगोमा पु¥याइने बताए । सर्वोच्चको रिटलाई लिएर अनावश्यक त्रसित र खुसी जरुरी नरहेको बताए ।...
सांसदहरूलाई आन्तरिक रूपमा प्रशिक्षण दिने ८ दलको निर्णय
राजनीति, समाचार

सांसदहरूलाई आन्तरिक रूपमा प्रशिक्षण दिने ८ दलको निर्णय

नेपालअखबार, काठमाडाैं । ८ दलले संघीय तथा प्रदेश सभा सांसदहरूलाई आ-आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेका छन्। आज सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको ८ दलले गठन गरेको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय गरेको हो। राष्ट्रपति चुनावका लागि मौन अवधि रहेकोले आन्तरिक रूपमा सांसदहरूलाई प्रशिक्षण दिन लागिएको बैठकमा सहभागी नेताहरूले बताएका छन्। ‘सबै मतदातालाई प्रशिक्षित गर्ने कुरा भएको छ। मौन अवधि रहेकोले आ-आफ्नो पार्टीभित्र सांसदहरूलाई राष्ट्रपति चुनावमा कसरी मतदान गर्नेलगायतबारे जानकारी गराइन्छ,’ बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘सांसदहरूलाई मतदान गर्न सिकाइरहनु त पर्दैन। तर यसपटक मतपत्रमा स्वस्तिक छाप लगाउने हो भन्ने कुरा आन्तरिक रूपमा भन्ने न हो।’ कांग्र...
शान्ति सम्झौता बिथोल्ने षडयन्त्र भइरहेको छ : मन्त्री रेखा शर्मा
राजनीति, समाचार

शान्ति सम्झौता बिथोल्ने षडयन्त्र भइरहेको छ : मन्त्री रेखा शर्मा

नेपालअखबार, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उनको आशंका छ । धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरु स्वाभाविक ढंगले भएका छन् ।’ उनले अगाडि भनिन्, ‘अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ? म सरकारको तर्फबाट के भन्न चाहान्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौं ।’ शान्ति प...
म राष्ट्रपतिमा निर्वाचित भए शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : वरिष्ठ नेता पौडेल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

म राष्ट्रपतिमा निर्वाचित भए शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : वरिष्ठ नेता पौडेल

नेपालअखबार, काठमाडैँ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राज्य प्रमुखको उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे । पूर्वसभामुख पौडेलले भने, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।” पूर्वउप...
कोशी प्रदेश नामकरणप्रति जसपाको विरोध, सङ्घर्षमा होमिने चेतावनी
राजनीति, समाचार

कोशी प्रदेश नामकरणप्रति जसपाको विरोध, सङ्घर्षमा होमिने चेतावनी

नेपालअखबार, । जनता समाजवादी पार्टी, नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् । प्रदेश अध्यक्ष दीपक याक्खा र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोसी प्रदेश नामकरणको विरोध गरेका हुन् । ‘कोशी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन । कहीँ कतैबाट नमागेको नाम जवर्जस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ ? प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने जसपा, नेपालले राख्दै आएको छ । ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म बलिदानपूर्ण सङ्घर्षका लागि होमिन बाध्य हुने छौँ,  अध्यक्ष याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शुक्रबार पार्टी सम्बद्ध पहिचानमा आधारित राष्ट्रिय समितिले विज्ञप्ति ज...
राष्ट्रपति चुनावमा जातजाति हेरेर मत हाल्नुहुन्न : राजेन्द्र पाण्डे
राजनीति, समाचार

राष्ट्रपति चुनावमा जातजाति हेरेर मत हाल्नुहुन्न : राजेन्द्र पाण्डे

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जातजाति हेरेर मतदान गर्न नहुने बताएका छन् । शुक्रबार ८ दलीय गठबन्धनले बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रपति पदका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति उम्मेदवार भनेर प्रचार गरिएको टिप्पणी गरे । एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको तपाई हामीलाई पनि भ्रम सिर्जना गर्ने टाइपका कुरा आएका छन्’ उनले भने, ‘भुलवश कुनै पनि साथीले यस्ता कुरालाई आधार बनाएर भोट हाल्ने कुरा हुन दिन हुँदैन ।’ उनले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै रहेकाले सो पार्टीका संघीय र प्रदेश सांसदले अन्य उम्मेदवारलाई मत द...