Thursday, July 23

राजनीति

माधव नेपाललाई  समवेदना दिन पुगे ओली
राजनीति, समाचार

माधव नेपाललाई समवेदना दिन पुगे ओली

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन पुगेका छन्। अध्यक्ष नेपालका भाइसमेत रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको थियो। अध्यक्ष ओली अध्यक्ष नेपाललाई समवेदना दिन बुधबार शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्। गत शनिबार सरोजकुमारको निधन भएको थियो। शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर गम्भीर घाइते भएका सरोजकुमारको उपचारका क्रममा निधन भएको थियो।...
महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता : मन्त्री खान
राजनीति, समाचार

महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता : मन्त्री खान

नेपालअखबार, काठमाडाैं ।  खानेपानी मन्त्री अब्दुल खानले  महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताए। ‘सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो’,  मन्त्री खानले भने। हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरेका छन्। सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका ...
सातै प्रदेशमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री
राजनीति, समाचार

सातै प्रदेशमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले भने, “यसैगरी सात वटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ।” साथै प्रधानमन्त्री प्रचण्डले “करिब ३४ प्रतिशत महिलाहरूमा प्रजनन उमेर समूहका महिला...
सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना भेदभाव समान अवसर दिनु पर्छ : अध्यक्ष नेपाल
राजनीति, समाचार

सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना भेदभाव समान अवसर दिनु पर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं ।  नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्  ।  अध्यक्ष  नेपालले महिला हक, अधिकार स्थापित गर्न तथा महिला सशक्तिकरण र समानताका लागि जीवन समर्पण गर्नुहुने सम्पुर्ण महिला योद्धाहरूमा हार्दिक सम्मान व्यक्त गरेकाछन्  । महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको नेपालले बताएका छन्  । महिला श्रमिकमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ । नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दो...
महिला विभेदविरुद्ध जागरण आवश्यक छ: देउवा
राजनीति, समाचार

महिला विभेदविरुद्ध जागरण आवश्यक छ: देउवा

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताए। ‘सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्। महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो’, उनले भने। हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरेका छन्। कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसाको ...
आज राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
राजनीति, समाचार

आज राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राष्ट्रपति निर्वाचनमा के गर्ने भन्नेबारे अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति बैठकमा नेताहरूको धारणा लिने तयारी गरेका छन्। राप्रपामा राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने र मतदान गर्न नहुने भन्नेमा नेताहरू विभाजित छन्। आफूहरू 'राजावादी' भएकोले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने तर्कसमेत केही नेताले उठाउने गरेका छन्। राप्रपा राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसैको पनि प्रस्तावक र समर्थक बसेको छैन। गत फागुन १३ गते राष्ट्रपतिका दुई उम्मेदवारले मनोनयन दर्ता गरेका थिए। राष्ट्रपतिका उम्मेदवारहरू नेपाली कांग्रेसका नेता रामचन्द्र पौड...
नेपालले पायो अतिकम विकसित राष्ट्रहरुको कोअर्डिनेसन व्युरोको जिम्मा
राजनीति, समाचार

नेपालले पायो अतिकम विकसित राष्ट्रहरुको कोअर्डिनेसन व्युरोको जिम्मा

नेपालअखबार, काठमाडौं । नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) को ‘कोअर्डिनेसन व्युरो’को अध्यक्षको जिम्मेवारी पाएको छ । कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई कोअर्डिनेसन व्युरोको नेतृत्व प्रदान गरेको हो । एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारी औपचारिक हस्तान्तरण हुनेछ । मार्च ५ देखि दोहामा सुरु भएको उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।सम्मेलनमा दाता वा साझेदारहरूले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्नेबारे ठोस आवाज उठाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभि...
महिला उद्यमशीलता र स्वरोजगार विकासलाई घनिभूत बनाउन जरुरी छ– प्रधानमन्त्री
राजनीति, समाचार

महिला उद्यमशीलता र स्वरोजगार विकासलाई घनिभूत बनाउन जरुरी छ– प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन् । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गरिएको छ । “राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “महिलाक...
मुस्ताङमा विश्वविद्यालय होइन कलेज खोल्ने चर्चा रहेछ: प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

मुस्ताङमा विश्वविद्यालय होइन कलेज खोल्ने चर्चा रहेछ: प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा युनिभर्सिटी (विश्वविद्यालय ) नभएर कलेज खोल्ने चर्चा पहिलेदेखि नै भएपनि सरकारले स्वीकृति नदिएको प्रस्ट पारेका छन् । मंगलबार काठमाडौँमा सोलुखोला दुधकोशी जलविद्युत परियोजना शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङको चर्चा परिचर्चा हुनुमा त्यहाँ भएको खनिज पदार्थ कारण रहेको बताए । ‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चापरिर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे ! मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताङको बारेमा धेरै पहिलेदेखिनै चर्चा पनि हुने गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मुस्ताङमा अमूल्य खनिज पदार्थहरू छन् र त्यो खनिज पदार्थ उत्खनन र प्रोसेशनमात्रै ठिक ढंगले गर्न सक्यौ भने नेपालहरूको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि भएका छन् ।’ प्रधानमन्त्री प्रचण्डले नेप...
राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण
राजनीति, समाचार

राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

नेपालअखबार, काठमाडाैं । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ। नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्र व्यवस्था गरिएको हो। राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा सदस्य ५५० मतदाता छन्। निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ। निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन्। राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धन तर्फ...