Wednesday, July 22

राजनीति

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि भारत जाने
राजनीति, समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि भारत जाने

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत भ्रमणमा जाने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल बिहीबार भारतको पटना जान लागेका हुन् । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रण अनुसार पार्टी प्रतिनिधित्व गर्दै नेता खनाल त्यसतर्फ जान लागेका हुन् । ‘बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नुभएको हो’, नेता खनालको सचिवालयले जनाएको छ । त्यस क्रममा नेता खनालले राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ । उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । नेपालमा राष्ट्रपति निर्वाचन पेचिलो बनिरहेका बेला राष्ट्रपतिका आकांक्षी समेत रहेका खनालको भारत भ्रमणलाई विशेष अर्थका रुपमा हेरिएको छ ।...
प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी फागुन १० गते बुधवारसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा सांसदहरूले शून्य तथा विशेष समयमा आफ्ना धारणा तथा जनताका समस्या प्रस्तुत गरेका छन् ।  साथै आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गरेका छन् । संसद्मा प्रारम्भिक छलफलपछि यो विधेयक संसदीय समितिमा दफावार छलफलका लागि जानेछ ।  यस्तै राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७८ विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्व सहमतिले स्वीकृत भएको छ । सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदहरूका लागि ७२ घण्टाको समय दिइएको छ ।...
गोंगबु घटनाको छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति, समाचार

गोंगबु घटनाको छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालअखबार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्रीले घटनाको छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्या...
राष्ट्रपतिका बारेमा आधिकारिक निर्णय गर्दै माओवादी केन्द्र
राजनीति, समाचार

राष्ट्रपतिका बारेमा आधिकारिक निर्णय गर्दै माओवादी केन्द्र

नेपालअखबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । यही साताभित्र माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने बताउँदै उनले यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको समेत जानकारी दिए यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल हुने उनले बताए । ‘कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको छ तर आधिकारिक निर्णय भएको होइन’ उनले भने, ‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा माओवादीले ल्याउँछ ।’ नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाब...
मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री
राजनीति, समाचार

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सवल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ ? भन्ने कुरा मापन हुन्छ। तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ।” “राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ,” प्रधानमन्त्रीले भने, “यो सरकार मानवअधिकारप्रति सम्वेदनशील छ। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने क...
राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् मदन भण्डारीको स्मरण
राजनीति, समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् मदन भण्डारीको स्मरण

नेपालअखबार, दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. नेता मदन भण्डारीको स्मरण गरेकी छन् । दाङ तुलसीपुरको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न समारोहमा मदन भण्डारीको स्मरण गर्दै उनले भनिन्, ‘जननेता मदन भण्डारी संस्कृत क्षेत्रको उत्पादन हुनुहुन्थ्यो ।संस्कृत बाङमयको गहन अध्यन गरेको हुनाले उहाँमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता र गहन स‌ांस्कृतिक बोध, स्वच्छ राष्ट्र प्रेम जस्ता विशेष गुणहरु थियो ।’ आफ्नो जीवनकालमा थुप्रै पटक दाङ आएका मदन भण्डारीले यहाँको सामाजिक र प्राकृतिक विशेषताहरुबारे आफूलाई सुनाउने गरेको उनले स्मरण गरिन् । शिक्षण भवन उट्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद विद्यापिठ संस्कृत विश्वविद्यालयको ठूलो उपलब्धि भएको बताइन् । उनले विद्यापिठबाट आयुर्वेदको सयौं स्नातक तहका उत्पादनहरु तयार हुने...
७० नम्बर ल्याउनेलाई लाइसेन्स दिनु गलत हो : सांसद पाण्डे
राजनीति, समाचार

७० नम्बर ल्याउनेलाई लाइसेन्स दिनु गलत हो : सांसद पाण्डे

नेपालअखबार, काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका-२०७७ गलत भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिकाअनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गरेका हुन् । निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्यांकर, एक्स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाइ छ ।यो कुराले सरकार गलत बाटोमा छ । यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ । ७० नम्बर ल्याउनेलाई नै लाइसेन्स दिन मन भए पनि रातो बत्ती बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनुहु...
एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल

नेपालअखबार, पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताएका हुन् । उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने । अर्को एक प्रसंगमा उनले मेची किनारबाट  प्रतिगमनकाे यात्रा सुरू हुन लागेकाे संकेत मिलेकाे जिकिर  समेत गरे । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताए ।...
तीन तहका सरकारबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री गिरी
प्रदेश ५, राजनीति, समाचार

तीन तहका सरकारबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री गिरी

नेपालअखबार, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन्। उनले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको समेत औँल्याए । प्रदेश स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री गिरीले बितेका पाँच वर्षमा सङ्घीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’को लक्ष्यलाई कार्यान्वयन गर्न लागेको बताए। उनले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट शून्यदेखि व्यवस्थापनको कार्य थालनी गरिएको बताए । “पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ यतिबेला स्थायी राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनक...
लोसपा निकट विद्यार्थी सङ्गठनको ५४ सदस्यीय केन्द्रीय समिति गठन
राजनीति, समाचार

लोसपा निकट विद्यार्थी सङ्गठनको ५४ सदस्यीय केन्द्रीय समिति गठन

नेपालअखबार, काठमाडौँ ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक विद्यार्थी सङ्गठनको केन्द्रीय समिति बिस्तार भएको छ । हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रीय समिति बिस्तार गरेको हो । तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी सङ्गठनलाई विस्तार गरेको हो ।...